Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Chhat Banner Chhat Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • काठमाडौं–केरुङ रेलमार्गको भौगर्भिक अध्ययन अन्तिम चरणमा
काठमाडौं–केरुङ रेलमार्गको भौगर्भिक अध्ययन अन्तिम चरणमा
Terai Report
Terai Report मंगलबार, वैशाख २, २०८२

काठमाडौँ । काठमाडौं–केरुङ रेलमार्गको भौगर्भिक अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । चीन सरकारको प्राविधिक र आर्थिक सहयोगमा यसको अध्ययन थालिएको हो ।

रेलमार्गले छुने जिल्ला काठमाडौं, नुवाकोट र रसुवामा सम्भाव्यता अध्ययन भइरहेको छ । तीन जिल्लामा ८० मध्ये ७५ स्थानमा ड्रिलिङ गरेर माटो निकालिसकिएको छ । ९० प्रतिशत माटो परीक्षणको काम सकिसकेको रेल विभाग स्रोतले जनाएको छ ।

आठ स्थानमा चार सय मिटरसम्म गहिरो बनाएर माटो निकाल्नुपर्नेमा ७ स्थानको निकालिसकिएको छ । तीन वटै जिल्लामा रेलमार्गले छुने सम्भावित स्थान छानेर त्यहाँबाट माटो, ढुंगा, पानी, चट्टानको नमुना संकलन गरिएको रेल विभागका प्रवक्ता तथा सिनियर डिभिजनल इन्जिनियर कमलकुमार साहले बताए ।

पहिलो चरणको प्रारम्भिक अध्ययन सकेर अहिले दोस्रो चरणअन्तर्गत रेल गुड्ने सम्भावित ठाउँमा ड्रिल मेसिनमार्फत माटो परीक्षणको काम अघि बढाइएको हो । ‘तर ड्रिलिङको काम अझै बाँकी छ,’ उनले भने, ‘यसरी ड्रिल गरेर निकालिएको माटो, ढुंगा, पानी र चट्टानको नमुना परीक्षण नेपालमै र केहीको भने चीनमा लगेर गरिएको छ ।’

नेपालमा नहुने नमुनाको परीक्षणका लागि मात्र चीन पठाइएको साहको भनाइ छ । ‘नेपालकै प्रयोगशालामा सम्भव भएसम्मको परीक्षण गरिएको छ, गर्नैपर्ने तर यहाँ सम्भव नभएकोलाई मात्र परीक्षण गर्न चीन पठाउने गरिएको छ,’ उनले भने, ‘त्यसका लागि हामीले चिठी लेखेर सहजीकरण गर्दै आएका छौं ।’ नमुना परीक्षणका लागि रसुवागढी हुँदै माटो, ढुंगा, पानी र चट्टान चीन पठाउने गरिएको छ । स्थानीयको अवरोधले गर्दा भने बेला–बेला काम प्रभावित हुँदै आएको साहले सुनाए । ‘ड्रिल गर्ने क्रममा स्थानीयले आफूहरूको जग्गामा किन खाल्डो खनेको भन्दै अवरोध गरेका थिए,’ उनले भने, ‘रेलमार्गको रेखांकनमा जे छ, त्यसअनुसार मात्र काम भएको छ, त्यसबाहेकको जग्गामा काम गरिएको छैन ।’

भूबनोटले गर्दा पनि अध्ययनमा बेला–बेलामा समस्या हुने गरेको साहको भनाइ छ । ‘अध्ययन गर्ने ठाउँमा बाटोको समस्या हुने गरेको छ, त्यसैले त्यो ठाउँसम्म पुग्न सडक पनि बनाउनुपर्दा केही ढिलाइ भएको हो,’ उनले भने, ‘अहिले समस्या छैन ।’ केही–केही ठाउँमा पानी परेर पहिरो जाँदा त्यस्तो अवस्थामा काम पनि रोकिने गरेको उनले सुनाए ।

पहिलो चरणको प्रारम्भिक अध्ययन सक्न एक वर्ष लागेको थियो । अर्थात् रेलमार्गको सम्भाव्यता अध्ययनका लागि २०७९ पुसमा नेपाल आएको चिनियाँ प्राविधिक टोलीले २०८० माघ पहिलो साता पहिलो चरणको अध्ययन सकेको थियो । यसको अध्ययन सुरु भएको मितिबाट ४२ महिनाभित्र सक्नुपर्नेछ । तर अध्ययन थालेको अहिलेसम्म २७ महिना बितिसकेको छ । अहिले २०८३ असारसम्म अध्ययन गर्ने समय छ । उक्त समयभित्र अध्ययनको काम सकिने साहको दाबी छ । यो सम्भाव्यता अध्ययन भएकाले यसबाट निर्माणमा लाग्ने लागत, समय र रेलमार्गको कुल दूरी थाहा हुनेछ । सम्भाव्यता अध्ययनबाट रेलमार्गमा कति वटा सुरुङ, पुल र स्टेसन आवश्यक पर्छन्, त्यो पनि थाहा हुनेछ । अन्तिम रिपोर्ट तयार भएपछि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारेर निर्माणको काम अघि बढाइनेछ ।

‘दोस्रो चरणको काम पनि अन्तिम चरणमा पुग्न लागेको छ,’ विभागका एक इन्जिनियरले भने, ‘त्यसपछि अन्तिम चरणमा यसको फाइनल रिपोर्ट तयार पार्ने काम हुन्छ ।’ अहिलेसम्म हेर्दा तोकिएको समयमा काम सकिने देखिएको ती इन्जिनियरले बताए । अध्ययनमा चिनियाँ प्राविधिक टोलीलाई रेल विभागले सहयोग गर्दै आएको छ । अध्ययनमा विभागका इन्जिनियर टोलीले सघाउने गरेका छन् ।

रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्मको रेलमार्गको दूरी ७२ किमि रहनेछ । यो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन २०७५ मंसिरमा भएको थियो । २०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति भएको थियो ।

त्यस्तै २०७८ चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला सम्भाव्यता अध्ययन गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । पूर्वसम्भाव्यता अध्ययनमा प्रारम्भिक विषय मात्र आएका र अब वास्तविक दूरी, सुरुङ, लागत, पुलको उचाइ, स्टेसनलगायत विषय टुंगिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अध्ययनमा अप्ठ्यारो पर्दा रेल विभाग र मन्त्रालयले सहजीकरण गर्दै आएको छ । साभार : इकान्तिपुर


प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १४:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सही सूचनाको अधिकार सुनिश्चित गरौँ : अध्यक्ष शर्मा
सही सूचनाको अधिकार सुनिश्चित गरौँ : अध्यक्ष शर्मा सोमबार, चैत १६, २०८२
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै सोमबार, चैत १६, २०८२
पूर्वमन्त्री खड्का पक्राउको विरोधमा कांग्रेस संखुवासभा आक्रामक, ‘विधिको शासनमाथि हस्तक्षेप अस्वीकार्य’
पूर्वमन्त्री खड्का पक्राउको विरोधमा कांग्रेस संखुवासभा आक्रामक, ‘विधिको शासनमाथि हस्तक्षेप अस्वीकार्य’ आइतबार, चैत १५, २०८२
गङ्गासागर क्षेत्रबाट अतिक्रमित संरचना हटाउने अभियान तीव्र
गङ्गासागर क्षेत्रबाट अतिक्रमित संरचना हटाउने अभियान तीव्र आइतबार, चैत १५, २०८२
प्रदेशलाई अधिकार सम्पन्न र संघीयता बलियो बनाउने अपेक्षा
प्रदेशलाई अधिकार सम्पन्न र संघीयता बलियो बनाउने अपेक्षा आइतबार, चैत १५, २०८२
विपद्‍ पूर्वतयारीमा जुट्न गृहमन्त्रीको निर्देशन
विपद्‍ पूर्वतयारीमा जुट्न गृहमन्त्रीको निर्देशन आइतबार, चैत १५, २०८२
पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ
पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ आइतबार, चैत १५, २०८२
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्