Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाज
  • Home
  • समाज
  • दुग्धेश्वरनाथको धर्मशाला निर्माण १५ वर्षदेखि अधुरो
दुग्धेश्वरनाथको धर्मशाला निर्माण १५ वर्षदेखि अधुरो
Terai Report
Terai Report बिहीबार, साउन २२, २०८२

वीरगञ्ज । पर्सा यहाँको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुग्धेश्वरनाथ महादेव मन्दिरको धर्मशाला निर्माण बजेट अभाव र प्रक्रियागत झन्झटका कारण वर्षौँ देखि अधुरो बनेको छ ।

विगत १५ वर्षदेखि चन्दा सङ्कलन गरेर धर्मशाला निर्माण गरे पनि पर्याप्त बजेट अभावका कारण निर्माण सम्पन्न हुन सकेको छैन । दुग्धेश्वरनाथ महादेव मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले धर्मशालामा एक हजार बढी भक्तजन बस्न मिल्ने भए पनि आधारभूत पूर्वाधार तयार भइनसकेको बताउनुभयो ।

“हामीले चन्दा सङ्कलन गरेर जेनतेन धर्मशालामा दुई तले ढलान गरेका छौँ”, उहाँले भन्नुभयो, “धर्मशालाका लागि आवश्यक झ्याल, ढोका, शौचालय, प्लाष्टरलगायतका संरचना अहिलेसम्म अधुरै छ ।” राष्ट्रिय निकुञ्जभित्र भएकाले अत्यावश्यक संरचना निर्माण गर्न विभिन्न प्रक्रियागत झन्झटले थप समस्या हुने गरेको उहाँको भनाइ छ ।

दुग्धेश्वरनाथ महादेव मेला व्यवस्थापन समितिका अध्यक्ष गेनालाल पटेलले हालसम्म चन्दा सङ्कलन गरेरै धर्मशाला निर्माणमा करिब रु एक करोड ५० लाख भन्दा धेरै रकम खर्च भएको बताउनुभयो । “धर्मशाला निर्माणमा सरकारी निकायबाट सहयोग पाएका छैनौँ”, उहाँले भन्नुभयो, “पर्सामा केही समयअघिसम्म सङ्घीय र प्रदेशका पाँच जना मन्त्री भए पनि यहाँको चर्चित धार्मिकस्थलको लागि आवश्यक बजेट प्राप्त भएको छैन ।” अध्यक्ष पटेलले धर्मशाला निर्माण सम्पन्न गर्न अझै करिब रु दुई करोड लाग्ने बताउनुभयो ।

पर्सा राष्ट्रिय निकुञ्जभित्रको जङ्गलभित्र चुरेपहाडको डाँडामा दुग्धेश्वरनाथ महादेव र भगवती पार्वतीको मन्दिर छ । मन्दिरमा साउनभरि मेला लाग्ने गर्छ । यहाँ आउने दशनार्थीमध्ये ७५ प्रतिशत भारतीय र २५ प्रतिशत स्वदेशी हुने गर्छन् । राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले जङ्गली जनावरको जोखिम हुने भएकाले बेलुका ७ः०० बजेपछि मन्दिर जाने सडक बन्द गरिन्छ । बिहान ६ः०० बजेपछि सडक खुलाउने गरिन्छ । अन्य सिजनमा यहाँ जान रोक लगाइने गरिन्छ ।


प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  २१:१६
प्रतिक्रिया दिनुहोस्
थप समाज
चार दिनदेखि अवरुद्ध वीरगन्ज–पथलैया सडक खुल्यो
चार दिनदेखि अवरुद्ध वीरगन्ज–पथलैया सडक खुल्यो आइतबार, भदौ ७, २०८३
गरिमाका अभिभावकसँग सहमति, न्यायका लागि तीन बुँदे प्रतिबद्धता (भिडियोसहित)
गरिमाका अभिभावकसँग सहमति, न्यायका लागि तीन बुँदे प्रतिबद्धता (भिडियोसहित) आइतबार, भदौ ७, २०८३
गरिमालाई न्याय दिलाउनु सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
गरिमालाई न्याय दिलाउनु सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ शनिबार, भदौ ६, २०८३
सर्पदंशबाट बढ्दो मानवीय क्षति
सर्पदंशबाट बढ्दो मानवीय क्षति शनिबार, भदौ ६, २०८३
गैँडा धपाउने क्रममा रेन्जर बस्नेत घाइते, स्थानीयलाई सतर्क रहन वन प्रमुख मन्जुर अहमदले गरे आग्रह
गैँडा धपाउने क्रममा रेन्जर बस्नेत घाइते, स्थानीयलाई सतर्क रहन वन प्रमुख मन्जुर अहमदले गरे आग्रह बिहीबार, भदौ ४, २०८३
फेरिँदै अपराधको शैली
फेरिँदै अपराधको शैली शनिबार, साउन ३०, २०८३
कलश यात्रामा मुस्लिम समुदायको सेवाभाव : पानी र जुस वितरण गर्दै धार्मिक सद्भावको सन्देश
कलश यात्रामा मुस्लिम समुदायको सेवाभाव : पानी र जुस वितरण गर्दै धार्मिक सद्भावको सन्देश शुक्रबार, साउन २९, २०८३
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्