Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Chhat Banner Chhat Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • वीरगन्ज महानगरले अग्रसरता लिएपछि नदी प्रदुषित गर्ने उद्योगहरुको अनुगमन सुरु
वीरगन्ज महानगरले अग्रसरता लिएपछि नदी प्रदुषित गर्ने उद्योगहरुको अनुगमन सुरु
Terai Report
Terai Report मंगलबार, मंसिर २७, २०७९

वीरगन्ज । सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाले अग्रसरता लिएपछि नदी प्रदुषित गर्ने उद्योगहरुको अनुगमन सुरु   गरिएको छ । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको सक्रियतामा आइतबार बसेको बैठकले नदी प्रदुषण नियन्त्रणका लागि उद्योगको अनुगमन गर्ने निर्णय गरेको थियो । त्यही अनुरुप मङगलबार देखि उद्योगहरुको अनुगमन सुरु गरिएको हो । नदीमा फोहोर र रसायनयुक्त पानी सिधै मिसाउदै आएका उद्योगहरुको मङगलबार देखि अगुमन थालिएको हो । 

सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियानले मङगलबार वीरगन्ज महानगरपालिका वडा नम्वर २१ सिर्सिया आसपास रहेका ४ वटा उद्योगहरुको अनुगमन गरेको छ । महानगरका उपमेयर इम्तियाज आलम नेतृत्वको अनुगमन टोलीले मङगलबार श्री निधी टेक्सटाइल्स प्रालि, ब्रिटानीया नेपाल प्रालि , शक्ति दाल मिल र शक्ति वायरमा पुगेर अनुगमन गरेको हो । अनुगमनका क्रममा ती उद्योगले उद्योगबाट निस्कने फोहोर पानी सोझै नदीमा मिसाउने गरेको भेटिएको अनुगमनमा खटिएका पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए । 

अनुगमनका क्रममा निधी टेक्सटाइल्सले दैनिक करिब डेढ लाख लिटर केमिकल सहितको फोहोर पानी उद्योगबाट सोझै सिर्सिया नदीमा मिसाउने गरेको पाइएको वीरगन्ज महानगरपालिका वातावरण शाखाका प्रमुख देवेन्द्र चौधरीले बताए । उद्योगले अहिलेसम्म पनि वाटर ट्रिटमेण्ट प्लाण्ट जडान नगरेको र फोहोर पानी सिधै नदीमा फाल्ने गरेको पाइएको उनले बताए । यो उद्योगले फोहोर पानीका साथै नदी दुर्गन्धित बनाउने छाइँ (खरानी) पनि नदीमै फाल्ने गरेको भेटिएको उनले बताए ।अनुगमन टोलीले तत्काल ट्रिटमेण्ट राख्न र फोहोर पानी सोझै नदीमा नमिसाउन चेतावनी उद्योग व्यवस्थापन पक्षलाई दिएको जानकारी पनि उनले दिए ।

यस्तै विस्कुट उत्पादन गर्दै आएको ब्रिटानीयाले ट्रिटमेण्ट प्लाण्ट हुँदाहुँदै पनि पानी प्रशोधन नगरी फोहोर पानी सोझै नदीमा मिसाइदिने गरेको अवस्थामा भेटिएको अनुगमन टोलीले जनाएको छ । शक्ति वायर उद्योगले भने उद्योगबाट निस्केको पानी जम्मा गर्न पोखरी बनाएको भएपनि त्यो प्रभावकारी नहुँदा फोहोर पानी नदीमा नै मिसिन पुगेको भेटिएको चौधरीले बताए । अनुगमनामा सहभागी महानगरका उपमेयर आलमले नदीलाई दुर्गन्धित बनाउने गरी लेदो सहितको फोहोर पानी फाल्ने उद्योगलाई पहिलो पटक चेतावनी दिइएको र आउँदा दिनमा यस्तो कार्य दोहोरिए सोझै कारवाही गरिने बताए । 

सिर्सिया नदी सफा बनाउने अभियनमा उद्योगीले आफ्ना उद्योगमा ट्रिटमेण्ट प्लाण्ट राखेर सहयोग गर्नु पर्नेमा जिम्मेवारीबाट पन्छिँदै आफ्नो स्वार्थ मात्रै नहेर्न उद्योगीहरुलाई उनले आग्रह पनि गरे । उपमेयर आलमको नेतृत्वमा खटिएको अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी पौडेल, महानगरको वातावरण शाखाका देवेन्द्र चौधरी, नेपाल प्रहरी लगायतको सहभागिता रहेको थियो ।

बाराको सीमरा भन्दा पश्चिम पर्ने रामवनस्थित वनबाट बग्न शुरु गरेको र्सिसिया नदी पर्साको वीरगन्ज शहर हुदै भारतको रक्सौल सम्म पुगेको छ । पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगबाट उत्सर्जित हुने रसायनयुक्त प्रदुषित पानी र फोहोर पर्दाथ सिधै नदीमैं उत्सर्जन हुदै आएका कारण सिर्सिया नदी विगत ३ दशक यता देखि प्रदुषित बनेको हो । छाला,डिस्टीलरी, टेक्सटाइल, घ्यू, साबुन लगायतका उद्योगहरुबाट निस्कने रसायनयुक्त पानी खोलामा बगाइन्छ ।जीवजन्तुका सडेगलेका छाला, रौं , खरानी, लेदो लगायतका विकारहरू प्रशोधन नगरी नदीमा सिधै बगाउने र फालिन्छ । जसले गर्दा सिर्सिया नदि प्रदुषित र दुर्गन्धित बनेको हो ।

सिर्सिया नदि आसपासका स्थानीयले प्रदुषण रोक्न माग गर्दैै घेराउ गरेपछि २०६७ सालमा जिल्ला प्रशासन कार्यालयले सिर्सिया नदी अनुगमन समिति गठन गरेको थियो । समितिले नदिको स्थलगत अनुगमन गरि तयार पारेको प्रतिवेदनमा नदीको प्रदुषणको कारक उद्योगहरु नै रहेको उल्लेख छ । प्रतिवेदनमा नदी प्रदुषण गर्ने र अविलम्ब कारबाही गर्नुपर्ने ४० भन्द्या बढि उद्योगहरुको नामै किटान गरिएको छ । अनुगमन समितिले जिल्ला प्रशासन कार्यालयमा त्यति बेला नै बुझाएको प्रतिवेदन अहिले सम्म कार्यान्वयन हुन सकेको छैन ।


प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  २२:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन” आइतबार, वैशाख २०, २०८३
विमानस्थलबाट स्रोत नखुलेको २७ लाख नगद बरामद
विमानस्थलबाट स्रोत नखुलेको २७ लाख नगद बरामद आइतबार, वैशाख २०, २०८३
नेशनल मेडिकल कलेजमा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ सम्पन्न
नेशनल मेडिकल कलेजमा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ सम्पन्न आइतबार, वैशाख २०, २०८३
विश्व प्रेस स्वतन्त्रता दिवसमा पर्सामा प्रभातफेरी, प्रेस स्वतन्त्रता रक्षामा एकजुट हुन आग्रह
विश्व प्रेस स्वतन्त्रता दिवसमा पर्सामा प्रभातफेरी, प्रेस स्वतन्त्रता रक्षामा एकजुट हुन आग्रह आइतबार, वैशाख २०, २०८३
वन कार्यालयकै योजनामा अबैद्ध खोला दोहन, वन र उपभोक्ता समिति कानुन उल्लङ्घन गर्दै
वन कार्यालयकै योजनामा अबैद्ध खोला दोहन, वन र उपभोक्ता समिति कानुन उल्लङ्घन गर्दै शनिबार, वैशाख १९, २०८३
सीमामा कडाइपछि रक्सौल सुनसान, वीरगञ्जमा चहलपहल
सीमामा कडाइपछि रक्सौल सुनसान, वीरगञ्जमा चहलपहल शुक्रबार, वैशाख १८, २०८३
चार वर्षे कार्यकाल पूरा गरी बिदा भए सशस्त्रका महानिरीक्षक अर्याल
चार वर्षे कार्यकाल पूरा गरी बिदा भए सशस्त्रका महानिरीक्षक अर्याल शुक्रबार, वैशाख १८, २०८३
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्