Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • गौतम स्कुलमा शिक्षकले कुट्दा बालकको कानको जाली फुट्यो,कारबाही गर्न अभिभावकको माग
गौतम स्कुलमा शिक्षकले कुट्दा बालकको कानको जाली फुट्यो,कारबाही गर्न अभिभावकको माग
Terai Report
Terai Report शनिबार, असोज ५, २०८१

वीरगन्ज । वीरगन्जको गौतम स्कुलमा अध्ययनरत एक बालकलाई शिक्षकले पिट्दा उनको कानको जाली फुटेको घटना प्रकाशमा आएको छ ।

गौतम स्कूलको कक्षा ६ मा अध्ययनरत १२ वर्षिय बालक आर्जन राउत कुर्मीलाई गत बुधबार कक्षाकोठामै शिक्षिका निधी गुप्ताले कपीको पाना च्यातिएको निहुमा पिट्दा आर्जनको देब्रे कानको जाली फुटेको हो । शिक्षिका गुप्ताले गालामा जोडले तीन थप्पड हिर्काउदाँ देब्रे कानको जाली फुटेर रगत बगेको आर्जनका बुबा रामबाबु राउत कुर्मीले बताए ।

वीरगन्ज महानगरपालिका वडाा नम्बर १५ लक्ष्मणको नयाँ टोलका बासिन्दा रामबाबुका अनुसार, बुधबार शिक्षिकको कुटाइबाट घाइते भएका आर्जनले घरमा आएर घटनाबारे जानकारी गराएका थिए । त्यसपछि उनलाई त्यहि दिन आर्जनलाई आँफुले नेशनल मेडिकल कलेजमा लगेर उपचार गराउने क्रममा चिकित्सकले कानको जाली फुटेको बताएको बुबा रामबाबुले जानकारी दिए । त्यसपछि शुक्रबारफेरि थप उपचारका लागि वीरगन्जकै डाक्टर बिके झाको क्लीनकमा लग्दा डाक्टर झालेपनि आर्जनको कानको जाली फुटेको बताएको रामबाबुले बताए ।

उनले भने,‘घटना भएको दिन बुधबार मेडिकल कलेजमा लगेर उपचार गराए। त्यहाँको डाक्टरले कानको जाली फुटेको भनेर भने । स्कुललाई त्यसमा विश्वास नभएपछि शुक्रबार फेरि डाक्टर बिके झाको क्लीनिकमा स्कुलकै शिक्षक र कर्मचारीहरुले लगेर देखाए । डाक्टर झालेपनि परक्षिण गर्दा कानको जाली फुटेको भने।’ मेडिकल कलेजमा लागेको उपचार खर्च १ हजार ४ सय ३४ रुपैयाँ स्कुल व्यवस्थापनले नै तिरेको उनले बताए ।

तर डाक्टरले जाली फुटेको कान निको हुन कम्तिमापनि तीन चार महिना लाग्ने भनेकाले अब यसपछि लाग्ने उपचार खर्च स्कुलले व्यहोर्न आलटाल गरेको बुबा रामबाबु कुर्मीले बतााए ।

छोरा आर्जनलाई पिट्ने शिक्षिकालाई कारबाही हुनु पर्ने र त्यसका लागि पहल गरिदिन आग्रह गर्दै बुबा रामबाबुले अभिभावक संघ पर्सामा निवेदन हालेकोपनि उनले जानकारी दिए । अब आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामापनि उजुरी दिने उनले बताए ।

स्कुल व्यवस्थापनले यो घटना बाहिर सार्वजनिक नगर्न दबाब दिएकोपनि उनले बताए । उनले भने,‘ घटना भएकै दिन स्कुलबाट मलाई कुनै जानकारी दिइएन ।त्यसदिन छोराको कानबाट रगत बगेपछि स्कुलमै त्यहाका कर्मचारीले कानमा ड्रप हालेर घटना सामसुम पार्न खोजिएको रहेछ । तर घर आएपछि छोराले सबै कुरा बताएपछि मात्रै मैले थाहा पाए ।त्यसपछि म आँफैले स्कुलमा शिक्षिका गुप्तालाई फोन गरेर जानकारी लिए।’

उनले थपे,‘मेरो माग भनेको पहिलो छोरालाई यसरी कुट्ने शिक्षिकालाई कानुन अनुसार कारबाही होस् । दोस्रो छोराको कान पूर्ण रुपमा निको नभएसम्म त्यसमा लाग्ने सबै उपचार खर्च स्कुलले व्यहोर्ने गरि अभिभावक संघको रोहबरमा लिखित कागज गरिदिओस् ।’

यता अभिभावक संघ पर्साका अध्यक्ष सन्दीप साहले स्कुललाई शिक्षा ऐन र नेपालको कानुन अनुसार कारबाहीको लागि संघलेपनि आइतबार वीरगन्ज महानगरपालिका र जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिने बताए ।

स्कुलका सञ्चालक सोनाम लामाले भने अभिभावकको शर्त मान्न स्कुल व्यवस्थापन तयार रहेको बताए ।उनले भने,‘उपचारमा लाग्ने उपचारको व्यवस्थापन र त्यसमा लाग्ने खर्च स्कुलले व्यवहोर्न तयार छ । यदि अभिभावकले लिखित रुपमै कागज गर्नुपर्छ भन्नुहुन्छ भने हामी त्योपनि गर्न तयार छौं । तर यो अभिभाकव र स्कूलबिचको आपसी कुरा भएकाले यसमा अभिभावक संघ वा अरु कुनै समुहको हस्तक्षेप हामीलाई स्वीकार्य हुदैन।’

उनले अभिभावकले चाहेमा घाइते बालक आर्जनलाई थप उपचारको आवश्यकता परेमा काठमाडौं लगेरपनि उपचार गराउन आँफु तयार रहेको बताए । लामाले घटनामा संलग्न शिक्षीकाले नैतिक जिम्मेवारी लिएर आँफै राजिनामा दिएर गइसकेकोपनि बताए । साथै घटना भएको दिन स्कुलमै प्राथमिक उपचार दिने स्कुलमा कार्यरत महिला स्वास्थ्यकर्मीलेपनि राजिनामा दिएको लामाले जानकारी दिए। मधेस खबरबाट


प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्