Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • बारामा प्रहरी सहयोगीको हत्या : अनुसन्धान विभागका अधिकृत अनुसन्धानको घेरामा
बारामा प्रहरी सहयोगीको हत्या : अनुसन्धान विभागका अधिकृत अनुसन्धानको घेरामा
Terai Report
Terai Report बुधबार, पुस १०, २०८१

बारा ।  पाँच दिनअघि जितपुर सिमरा उपमहानगरपालिका–११ आमाडारमा मृत अवस्थामा फेला परेका प्रहरीको कार्यालय सहयोगी ४० वर्षीय राजकुमार रुम्बाको गोली हानी हत्या भएको पुष्टिसँगै प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत (निरीक्षक) श्रीकान्त तिवारीलाई निगरानीमा राखेर सोधपुछ गर्दै अनुसन्धान अघि बढाएको हो । सिमरा विमानस्थलको प्रहरी युनिटमा कार्यरत प्रहरीको कार्यालय सहगोगी रुम्बा गत शनिबार (पुस ६) गते बिहान वाग्मती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कारमा आमाडार गाउँको सडक पेटीमा फेला परेका थिए । 

जितपुर सिमरा १७ का रुम्बा वडा नम्बर–१ को सिमरा सुकुम्बासी बस्तीमा बस्दै आएका थिए । शुक्रबार राति ९ः३० बजे उनी कार लिएर निस्केका थिए । उक्त निजी कार सिमरा विमानस्थलमै एक वर्षदेखि कार्यरत राष्ट्रिय अनुसन्धानका अधिकृत तिवारीको हो । त्यसैले पहिलो चरणको अनुसन्धान प्रहरीले तिवारीबाटै सुरु गरेको हो । रुम्बा भान्छेको काम गर्दै थिए । उनका दुई श्रीमती र ३ सन्तान छन् । उनी सुकुम्बासीका अगुवा पनि थिए ।

‘कार्यालय सहयोगी रुम्बा र अनुसन्धान अधिकृत तिवारीबीच हिमचिम थियो,’ सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले भने, ‘त्यसैले तिवारीबाटै अनुसन्धान सुरु गरिएको हो । सोधपुछका क्रममा तिवारीले आफूसित कारको साँचो लिएर रुम्बाले कलैया जान्छु भन्दै गएको बताएका छन् ।’ तिवारी प्रहरी हिरासतमा नभए पनि इलाका प्रहरी कार्यालय सिमराकै प्रहरी परिसरभित्रै सम्पर्क र निगरानीमा रहेको उनले बताए । अरु कोही पक्राउ नपरेको उनले बताए । ‘घटना रहस्यमय छ, विस्तृत अनुसन्धान हुँदैछ,’ उनले भने, ‘केही दिनमै सबै खुल्छ ।’ 

रुम्बा मृत अवस्थामा फेला परेको चौथो दिन वीरगन्ज नारायणी अस्पतालमा पोस्टमार्टम भएपछि टाउकोमा नजिकैबाट एक गोली हानी हत्या गरिएको पुष्टि भएको ती उनले बताए । रुम्बाको मृत्यु रहस्यमय भएको भन्दै घटनाको विस्तृत अनुसन्धान गर्न मृतकका परिवार, आफन्त र गाउँलेले प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्दै धर्नामा बस्दै आएका थिए । प्रहरी र मृतक पक्षबीच वार्ता भएर पोस्टमार्टम भएको थियो । प्रहरीले हत्यामा संलग्न भएकालाई पक्राउ नगरेको भन्दै मृतक पक्षबाट अझै विरोध भइरहेको छ । साभार : इकान्तिपुर


प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्