Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • कर्मचारी अभाव झेल्दै राजविराज भन्सार कार्यालय
कर्मचारी अभाव झेल्दै राजविराज भन्सार कार्यालय
Terai Report
Terai Report सोमबार, पुस २९, २०८१

राजविराज । नेपाल-भारत सीमामा राखिएका छोटी भन्सार कार्यालयहरू कर्मचारी अभावमा सञ्चालनमा आउन नसकेपछि सप्तरी जिल्लासँग जोडिएको भारतीय नाकाहरूबाट राजश्व संकलन प्रभावित भएको छ । मुख्य भन्सार कार्यालय रहेको राजविराज भन्सार कार्यालय पनि कर्मचारीको अभावमा झेलिरहेको छ । 

सप्तरी जिल्लाको ७८ किलोमिटर भारतीय सीमासँग जोडिएको छ । ती सीमा जोडिएको क्षेत्रफल भित्र बेल्ही तिलाठी मुख्य नाकाबाहेक पश्चिमको बेल्ही, कुसहा पातो, गोविन्दपुर, कोदरकटी, बनैनिया, हनुमाननगर र स्वर्णपट्टी गरी ७ स्थानमा तोकिएको नाकाहरू रहेको छ । यसका अतिरिक्त खुल्ला सिमानाका कारण अन्य कयौँ बाटोबाट आवतजावत हुने गरेको छ ।

२०१३ सालमा राजविराज भन्सार कार्यालय स्थापना भएपछि आवश्यकता महसुस हुँदै पञ्चायतकालदेखि बहुदलकालसम्म ती अन्य नाकाहरू तोकी छोटी भन्सारहरू स्थापना गरिएको थियो । तर ती छोटी भन्सार कार्यालयहरू मध्ये अधिकांश वर्षौंदेखि सञ्चालनमा आउन सकेको छैन । द्वन्द्वकालमा त झन् स्थापना हुने अवस्था नै थिएन । शान्ति प्रक्रियापछि फेरिएको अवस्थामा पनि यी छोटी भन्सार कार्यालयहरू स्थापना हुन सकेन ।

राजविराज भन्सार कार्यालय बेल्ही तिलाठीका प्रमुख सत्यनारायण सिंहका अनुसार सप्तरीमा रहेका कुल ७ वटा छोटी भन्सार कार्यालयमध्ये कुसहा पातो र पश्चिम बेल्हीको छोटी भन्सार सञ्चालनमा छ । ती दुवै छोटी भन्सारमा कार्यालय सहयोगी मात्र बस्छन् ।

अन्य छोटी भन्सार कार्यालयहरू लामो समयदेखि सञ्चालनमा आउन सकेको छैन । गोविन्दपुरमा रहेको छोटी भन्सार कार्यालयमा सशस्त्र प्रहरीको बीओपी छ । भन्सारको बोर्ड बोर्डरमा एक घरमा झुन्डिएको छ । हनुमाननगरमा भन्सारको जग्गा र भवन प्रहरीले प्रयोग गर्दै आएको छ भने रम्पुरा मल्हनियाको बाँधमा रहेको छोटी भन्सारको भवनमा सशस्त्र प्रहरी बस्छन् ।

‘कर्मचारी अभावका कारण मूल भन्सार सञ्चालनमै समस्या छ कहाँबाट छोटी भन्सार कार्यालयहरू सञ्चालनमा ल्याउनु ?,’ भन्सार कार्यालय प्रमुख सिंहले भने, ‘कर्मचारी अभावमा धेरै स्थानका छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याउन सकेका छैनौं, सञ्चालनमा रहेको पातो र पश्चिम बेल्ही पनि कार्यालय सहयोगीले रुँग्ने गरेका छन् ।’

कुल २२ जना कर्मचारीको दरबन्दी रहेको राजविराज भन्सार कार्यालयमा ६ जना स्थायी दरबन्दीका कर्मचारी मात्र छन् । ‘८ वटा नायब सुब्बाको दरबन्दी छ,दुई जना मात्र छन्,’ भन्सार प्रमुख सिंहले भने, ‘मूल भन्सार चलाउनै समस्या भयो,छोटी भन्सार कसरी सञ्चालन गर्नु ?’

कर्मचारी अभावमा राजविराज भन्सार कार्यालयको राजश्व संकलन प्रभावित भएको छ । ‘आवश्यकता अनुसार त छोडौँ, दरबन्दी अनुसार पनि कर्मचारी नभएपछि राजश्व संकलन पूर्ण रूपले प्रभावित छ,’ भन्सार प्रमुख सिंहले भने,‘राजश्व चुहावटको परिमाण बढ्दै गएको छ ।’

कर्मचारी अभावमा सवारी लिलामी, गोदाम व्यवस्थापन, जाँचपास,गस्ती र कार्यालयको फाँटको कामसँगै मुद्दाका कामहरू प्रभावित भएको उनले बताए । ‘कर्मचारी अभावमा हामीले गस्ती बढाउन नसक्दा राजश्व चुहावट भएर बजारमा सामान पुगिरहेको छ,’ उनले भने ।

कर्मचारी अभावमा भन्सार कार्यालयमा राजश्व संकलन प्रभावित भइरहँदा राजविराज भन्सार कार्यालयको मूल गेट भन्दा केही पूर्व भन्सार–हनुमाननगर सडकमा पुल भासिँदा आवागमनमा समस्या भईसमेत राजश्व संकलन प्रभावित भएको छ । सडकमा रहेको पुल लामो समयदेखि भासिएर बाटो बिग्रेको भए पनि पुन निर्माण वा मर्मततर्फ सरकारी निकायको ध्यान जान सकेको छैन ।

‘पहिला मोटर्स पार्ट्स, कस्मेटिक समानहरू भारतबाट ट्रकमा लोड भएर भन्सारसम्म आई राजश्व बुझाएर नेपाल प्रवेश हुन्थ्यो,’ भन्सार प्रमुख सिंहले भने, ‘अहिले भन्सारसम्म आउने सडकको पुल नै लामो समयदेखि भत्किएका कारण ठूला सवारीसाधन नआउँदा आयात पनि प्रभावित भई राजश्व संकलनमा ह्रास आएको छ ।’  अवधेशकुमार झा / इकान्तिपुर


प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १५:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्