Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • राजनीतिक स्थायित्व बिना आर्थिक समृद्धि र विकास हुन सक्दैन: अध्यक्ष दाहाल
राजनीतिक स्थायित्व बिना आर्थिक समृद्धि र विकास हुन सक्दैन: अध्यक्ष दाहाल
Terai Report
Terai Report शुक्रबार, चैत ८, २०८१

बीरगंज । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नीतिको मुल नीति राजनीति भएको हुँदा राजनीतिक स्थायित्व बिना आर्थिक समृद्धि र विकास हुन नसक्ने कुरामा जोड दिनुभएको छ । 

जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत आज वीरगंजमा आम नागरिक समाज, उद्योगी व्यवसायी,बुद्धिजीवी, समाजसेवी, युवा विद्यार्थी सँगको बृहत् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक स्थायित्वका निम्ती अपनाउनु पर्ने विधि, पद्धतिमा त्रुटि हुँदा अहिले समस्या भएको बताउनुभयो । 

उहाँले देशमा लामो सङ्घर्ष पछि आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास नहुँदा जनतामा निराशा छाएको बताउँदै राजनीतिक परिवर्तन पछि हासिल गर्नुपर्ने आर्थिक समृद्धि तर्फ मुलुक अगाडी बढ्न नसकेकोमा दुख व्यक्त गर्नुभयो । 

पूर्व प्रधानमन्त्री प्रचण्डले जनताको जीवनस्तरमा सोचे अनुरुप परिवर्तन आउन नसकेको र राजनीतिक परिवर्तनको समुचित फल जनताले अझै प्राप्त गर्न नसकेको बताउनुहुँदै अब राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था संविधानमा गरिनुपर्ने कुरामा जोड्दिनुभयो । 

उहाँले संविधानमा के राम्रा के नराम्रा भए ?  भ्रष्टाचार, बेरोजगार कसरी बढ्यो त्यसको समीक्षा हुन आवश्यक रहेको कुरामा जोड दिँदै वर्तमान निर्वाचन प्रणाली नै अहिले मुलुकको भ्रष्टाचारको प्रमुख जड रहेको बताउनुभयो । 

अध्यक्ष प्रचण्डले वीरगंज नेपालकै आर्थिक राजधानी बन्ने प्रक्रियामा रहेको महानगर हो भन्नुहुँदै वीरगंजको आर्थिक विकास र औद्योगिकीकरणका लागि आफूले सडक देखि सदन सम्म आवाज उठाउने बताउनुभयो । 

उहाँले सीमा क्षेत्रका बासिन्दाले सधैँ विभेद र अन्याय, अत्याचार भोग्दै आएको हुँदा त्यसको अन्त्यका लागि उत्पीडित समुदायसँग जोडिन माओवादीले तराई मधेस जागरण अभियान सुरु गरेको बताउनुभयो । 

पूर्व प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि राजनीतिक दलहरूले कुरा गरेर नथाक्ने बताउँदै भ्रष्ट, दलाल र बिचौलियाहरूलाई कारबाही गरेमात्र सुशासन स्थापित हुने दाबी गर्नुभयो । 

उहाँले राजा महाराजाले २ सय ३० बर्ष शासन गरी मुलुकमा परिवारवाद बाहेक जनताको लागि केही पनि नगरेको बताउँदै केही प्रतिगमनकारीले धमिलो पानीमा माछा मार्न खोजेको र राजसंस्था फर्किने कुनै सम्भावना नरहेको समेत दाबी गर्नुभयो । 

अध्यक्ष प्रचण्डले नहुने बेला बुद्धि उल्टो उल्टो जान्छ भने झैँ पञ्चायती भूतहरूले चाहँदैमा मुलुकमा राजसंस्था नआउने र यदि राजा बढी चलमलाए दलहरू चुप लागेर नबस्ने चेतावनी समेत दिनुभयो । 

यसैगरी अध्यक्ष प्रचण्डले प्रेस सेन्टर पर्साद्वारा आजै आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आफु २०८४ सम्म जनतासँगै हुने र प्रधानमन्त्री हुने रेसमा नरहेको बताउनुभयो । 

उहाँले आउँदो निर्वाचनमा न्याय दिने ठुलो निकाय भनेको जनता भएको र जनताको पिर मर्का बुझ्दै माओवादी घरदैलोमा पुगिरहेको समेत दाबी गर्नुभयो । 

प्राधिकरणका कुलमान घिसिङलाई सरकारले दुख दिएको आरोप लगाउँदै वर्तमान सरकार राम्रो काम गर्ने व्यक्तिको खेदो गर्ने काममा जुटेको दाबी गर्नुभयो । 

कार्यक्रममा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, अग्नि सापकोटा, महासचिव देव गुरुङ, सह महासचिव एवं मधेस विभाग इन्चार्ज मातृका यादव, गिरिराजमणि पोख्रेल, उर्मिला अर्याल लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।  साभार : रोडियो नेपाल


प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय बिहीबार, जेठ ७, २०८३
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित बिहीबार, जेठ ७, २०८३
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र बिहीबार, जेठ ७, २०८३
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्