Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • ठेकेदारले बुझाएनन् तीन करोड राजश्व
ठेकेदारले बुझाएनन् तीन करोड राजश्व
Terai Report
Terai Report शनिबार, चैत २३, २०८१

सर्लाही । सर्लाहीको चन्द्र नगर गाउँपालिकामा नाढीमन ताल र पोखरी ठेक्का लिएका ठेकेदारले ठेक्का अवधि गुज्रिएको लामो समय भइसक्दा समेत ठेक्का रकम बुझाउन अटेरी गरेका छन् । 

गाउँपालिकाको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको नाढीमन ताल र ११ वटा पोखरी ठेक्काको रकम नउठ्दा विकासको काम प्रभावित भएको गाउँपालिकाले जनाएको छ । ताल र पोखरी ठेक्का लिएका ठेकेदारले त्यहाँ उत्पादन भएको माछा बिक्री गरिसके पनि ठेक्काको रकम बुझाउन भने बेवास्ता गरेका छन् । 

नाढीमन तालको ठेक्का लिएका दुलार मुखियाबाट मात्रै करसहित एक करोड ८९ लाख रुपियाँ उठ्न बाँकी रहेको गाउँपालिकाले दाबी गरेको छ । मुखियालाई गाउँपालिकाले पाँच वर्षका लागि छ करोड १९ लाख रुपियाँमा नाढीमन ताल ठेक्का दिएको थियो । 

उहाँको ठेक्का अवधि दुई वर्षअघि अर्थात् २०८० वैशाख ६ गते नै सम्पन्न भइसकेको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले सबैभन्दा बढी ठेक्का रकम बुझाउन बाँकी मुखियालाई बाँकी रहेको ठेक्का रकम बुझाउन १५ पटक लिखित ताकेता नै गरिएको बताउनुभयो । 

सम्झौता अनुसार ठेक्का रकम बुझाउन आउनुको साटो ठेकेदारको तर्फबाट अदालतमा विभिन्न मुद्दा मामला गरेर उल्टै गाउँपालिकालाई नै अनेक अल्झनमा पार्ने काम भएको गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो । ठेक्काको रकम उठाइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा समेत कुनै उपाय नलागेको गाउँपालिकाले जनाएको छ । 

पाँच वर्षका लागि ताल ठेक्कामा लिनुभएका मुखियाले २०८० वैशाख ६ गतेअघि नै ताल नै सुकाएर सबै माछा निकालेर लगेको गाउँपालिका अध्यक्ष महतोले बताउनुभएको छ । माछा निकाल्दा पानी सुकाइएको ताल दुई वर्षपछि पुनः अहिले पानी भरेर पहिलेकै अवस्थामा फर्काउने प्रयास गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार यादवले बताउनुभयो । 

ठेकेदार मुखियाले भने आफूले ताल ठेक्का लिएकै पहिलो वर्ष बाढी आएर माछा बगाएको र दोस्रो वर्ष कोरोना सङ्क्रमणको कहरका कारण माछा बिक्री गर्न नपाएर समस्या परेको बताउनुभयो । चार किस्ता सरासर बुझाएको, अन्तिम किस्तामा समेत १५ लाख रुपियाँ बुझाएको र धरौटीमा ३४ लाख रुपियाँ रहेकाले पालिकालाई बुझाउन बाँकी रकम छुट गरिदिन माग गरेको बताउनुभएको छ । 

गाउँपालिकाले छुट दिन इन्कार गरेपछि आफू अन्यायमा परेको भन्दै अदालतको शरणमा गएको मुखियाले बताउनुभयो । नाढीमन तालबाहेक अन्य ११ वटा पोखरी ठेक्का लिएका ठेकेदारबाट पनि ठुलो रकम उठ्न बाँकी रहेको र यसै गरी ताकेता गरिरहे पनि अटेर गरिएको गाउँपालिकाले जनाएको छ । 

चतुरभुजी दहका ठेकेदार रामेश्वर मुखियासँग २९ लाख २१ हजार, गोपीवाला पोखरीका ठेकेदार राम केवल मुखियासँग चार लाख ७८ हजार, महुअवा पोखरीका ठेकेदार दुलार मुखियासँग २२ लाख ३३ हजार, लकरिया गोसाई पोखरीका ठेकेदार राज किशोर राउतसँग तीन लाख सात हजार र मोहनपुर (क) का ठेकेदार रामनारायण महतोसँग १२ लाख ७८ हजार रुपियाँ उठ्न बाँकी रहेको चन्द्र नगर गाउँपालिकाले जनाएको छ । 

यस्तै मोहनपुर (ख) पोखरीका ठेकेदार गङ्गीराम महतोसँग ११ लाख १६ हजार, मोहनपुर (ग) पोखरीका ठेकेदार राम विश्वास रायसँग पाँच लाख २९ हजार, लोदवा पोखरीका ठेकेदार रामेश्वर मुखियासँग चार लाख १५ हजार, मङ्गल सहनीवाला पोखरीका ठेकेदार हृदय मुखियासँग १३ लाख ९२ हजार, चतुुर्भूजी दहका ठेकेदार खेमराज रायसँग ४४ लाख ५० हजार र पकडवा दहका ठेकेदार सुमिना देवीसँग ३४ लाख सात हजार रुपियाँ उठ्न बाँकी रहेको गाउँपालिकाले जानकारी दिएको छ । 

सम्झौता अवधि गुज्रिसकेका नाढीमन ताल र अन्य ११ वटा पोखरीका ठेकेदारसँग कूल तीन करोड ४१ लाख १४ हजार ६१५ रुपियाँ उठ्न बाँकी रहेको गाउँपालिका अध्यक्ष महतोले बताउनुभएको छ । गाउँपालिकाले नाढीमन तालसहितका पोखरी पुनः नयाँ ठेक्का लगाउने प्रक्रिया अघि बढाउने तयारी गरेको छ । साभार : गोरखापत्र अनलाइन


प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन शनिबार, मंसिर १४, २०८२
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई शुक्रबार, मंसिर १३, २०८२
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित बिहीबार, मंसिर १२, २०८२
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ बिहीबार, मंसिर १२, २०८२
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर बिहीबार, मंसिर ५, २०८२
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु बुधबार, मंसिर ४, २०८२
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी बुधबार, मंसिर ४, २०८२
Dibhijan Ban karyaly parsa Add Dibhijan Ban karyaly parsa Add
लोकप्रीय
  • Week
  • Month
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्