Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • आफूखुसी डिजाइन फेरिँदा कोलेनिका भवन निर्माण अलपत्र
आफूखुसी डिजाइन फेरिँदा कोलेनिका भवन निर्माण अलपत्र
Terai Report
Terai Report शनिबार, चैत ३०, २०८१

रौतहट । कोष तथा लेखा नियन्त्रक कार्यालय गौरको निर्माण अलपत्र परेको छ । भवन निर्माणको प्रक्रिया पुरा गरी काम अन्तिम चरणमा पुगेपछि फेरी डिजाइन परिवर्तन गरिँदा भवन निर्माण अलपत्र परेको हो । 

भवन  निर्माण कम्पनी सिनर्जी राजदेवी भक्त  जेभीका अरविन्द जयसवालले परिवर्तित डिजाइनको भेरिएसन नहुँदा काम सम्पन्न गर्न नसकिएको बताउनु भयो  ।  नयाँ डिजाइन पनि  स्वीकृत भएको छैन , डिजाइन स्वीकृत नहुँदा   भेरिएसन  पनि नभएको ,”निर्माण कम्पनीका जयसवालले भन्नु भयो , “डिजाइन स्वीकृत तथा भेरिएसनका लागि पटक पटक ताकेता गर्दा पनि हुन सकेको छैन ।” 

 भौगोलिक वनावट अन्य अवस्थालाई ख्याल नगरी कोठे डिजाइनका कारण पटक पटक यस्ता घटनाहरू हुने गरेको र करोडौँ राज्य कोस दुरुपयोग हुने गरेकाले संलग्न डिजाइनर इन्जिनियरलाई कारबाही गर्नु पर्ने माग समेत स्थानीयको छ । 

कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख कोष नियन्त्रक देवी प्रसाद गौतमका अनुसार “कार्यालयले आवश्यकता अनुसार  डिजाइन आंशिक रूपमा संशोधन गरेर   काम गराएको देखियो , महालेखा नियन्त्रक कार्यालयले परिवर्तित   डिजाइन स्वीकृत गरी भेरिएसन नगरिदिँदा निर्माण कम्पनीले पाउनु पर्ने करिब ५० लाख भुक्तानी रोकिएको छ , भुक्तानी रोकिएको कारण सम्पन्न गर्नु पर्ने काम निर्माण कम्पनीले गर्न मानेका छैनन्  ।”

सके सम्म भेरिएसन नगर्नु पर्ने गरी काम गरेको राम्रो भए पनि स्थानीय आवश्यकता अनुसार डिजाइन आंशिक रूपमा परिवर्तन गरेर काम गरी सकेकोले कानुनको परिधि भित्र रही यसलाई टुङ्गो लगाउनु पर्ने सघन सहरी तथा भवन निर्माण आयोजना पर्साका कार्यालय प्रमुख सञ्जीव साहले बताउनु भयो ।

भेरिएसन स्वीकृत गर्न बारम्बारको  ताकेता पछि  महालेखा नियन्त्रक कार्यालयले पुलचोक इन्जिनियरिङ क्याम्पसलाई कामको गुणस्तर जाँच लगायतको कुराको लागि  राय माग गरे पछि  क्याम्पसका डाक्टर प्रदीप कुमार श्रेष्ठले प्रतिवेदन दिए पनि परिवर्तित डिजाइन तथा भेरिएसन स्वीकृत गर्न कोही तयार भएको देखिदिन ।

महालेखा नियन्त्रक कार्यालयका उप महालेखा नियन्त्रक ओम प्रसाद रिजालका अनुसार डिजाइन परिवर्तन अघि स्वीकृत गराउन कोलेनिका रौतहट पछि परेकोले यस्तो समस्या आएको बताउनु भयो । 

इन्जिनियरले डिजाइन गर्दा फिल्डको अवस्था नहेरी कोठामा बसेर गर्नुले यस्तो समस्या हुने गरेको स्थानीयको आरोप छ । भौगोलिक वनावट अन्य अवस्थालाई ख्याल नगरी कोठे डिजाइनका कारण पटक पटक यस्ता घटनाहरू हुने गरेको र करोडौँ राज्य कोस दुरुपयोग हुने गरेकाले संलग्न डिजाइनर इन्जिनियरलाई कारबाही गर्नु पर्ने माग समेत स्थानीयको छ । 

स्वीकृत डिजाइनमा ५ देखि १५ प्रतिशत सम्म परिवर्तन देखिए महालेखा नियन्त्रक कार्यालयले डिजाइन तथा भेरिएसन स्वीकृत गर्ने कानुनी व्यवस्था छ , त्यही व्यवस्थाका कारण  १ वर्ष देखि फाइल अकडिएको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले जनाएको छ ।

५ करोड ९९ लाखको लागत अनुमानको टेन्डरमा ३ करोड ६३ लाख २४ हजार ८ सय बहत्तर रुपैयाँमा ठेक्का साकार गरेको सिनर्जी राजदेवी भक्त जेभीले करिब ९० प्रतिशत कार्य सम्पन्न गरेको  छ । भेरिएसन स्वीकृत नभएकै कारण ठेकेदारले १० प्रतिशत काम अकडाएको छ ।

निर्माण कम्पनीका जयसवालका अनुसार भवन फिनिसिङ , बत्ती, पानीको काम मात्र बाँकी रहेकोले भेरिएसन स्वीकृत भएको २ महिना भित्र काम सम्पन्न हुने बताउनु भयो ।

महालेखा नियन्त्रक डाक्टर गणेश प्रसाद पाण्डेका अनुसार निर्माण कम्पनीको म्याद तीन चोटि थप भई सकेको तथा आगामी वर्षमा यो भवन निर्माणका लागि बजेट समेत नछुट्ट्याइएकोले कानुनी प्रक्रिया पुरा गरेर यसै आर्थिक वर्षमा भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताउनु भयो । साभार : गोरखापत्र अनलाइन


प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्