Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • लोकमार्ग स्तरोन्नतीमा समस्या
लोकमार्ग स्तरोन्नतीमा समस्या
Terai Report
Terai Report सोमबार, वैशाख २२, २०८२

बर्दीबास । सडका मार्गमा व्याप्त एकपछि अर्को समस्याले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमला–ढल्केबर–पथलैया सडक आयोजना (पूर्वी खण्ड) को कामले अपेक्षित गति लिन सकेको छैन । 

धनुषाको कमलादेखि सर्लाहीको बागमतीसम्म ७४.७५ किलोमिटर लम्बाइको पूर्वी खण्ड सन् २०२५ को जनवरी १ तारिखदेखि स्तरोन्नतिको चरणमा प्रवेश गरिसकेको छ । विश्व बैँकको १८ अर्ब ६० करोड ऋण सहयोगमा निर्माणाधीन यस खण्डका लागि कमला पुलदेखि बडहरीसम्म इकेके इन्फ्रास्ट्रकचर लिमिटेड इन्डियाले तथा दोश्रो र तेश्रोमा पर्ने बडहरी–फूलजोर र फूलजोर–बागमती खण्ड चाइनिज कम्पनी एसडब्ल्यु इजे र रखुवा कन्सट्रकसन कम्पनी आरसिसी ज्वाइन्ट भेन्चरले ठेक्का सम्झौता गरिसकेको छ ।

यी ठेकेदार कम्पनीहरूले कमला पुल पश्चिम, धनुषा जिल्लाको बडहरी र सर्लाहीको फूलजोर गरी ३ ठाउँबाट एकै साथ स्तरोन्नतीका काम सुरु गरि सकेका छन् । काम सुरु गरे पनि पाइलैपिच्छे आइलागेका बाधाअवरोध र भद्रगोल अवस्थाले ठेकेदार कम्पनीहरूले पूर्ण क्षमतामा काम गर्ने अवस्था नभएको दुखेसो गर्दै आएका छन् । अहिले २ लेनको पूर्वपश्चिम राजमागलाई एशियाली मापदण्ड अनुसार सहरी तथा बजार क्षेत्रमा ६ लेनसहित ५० मिटर फराकिलो पार्ने र त्यसबाहेकका ठाउँमा ‘मेडियन’ सहित २७ मिटर चौडाईको ४ लेनमा स्तारोन्नती गर्नु पर्ने भएकोले सडक क्षेत्राधिकारमा अनेकन बाधा अडचन देखा परेको हो । 

गौरीडाँडास्थित कमला–ढल्केबर–पथलैया सडक आयोजना (पूर्वी खण्ड) का अनुसार यस खण्डमा सडक अतिक्रमण गरि बनाइएका संरचना विस्तापित गर्नु टाउको दुखाई बनेको छ । अर्कोतर्फ सडक दायाँबायाँ रहेका रुखबिरुवा र विद्युत् पोल व्यवस्थापन उत्तिकै झन्झटिलो र पेंचिलो बनेको छ । 

पूर्वी खण्डका आयोजना प्रमुख छविलाल पौडेलका अनुसार कमलादेखि पश्चिम बाराको पथलैयासम्म सडक दायाँबायाँ र पर्सा राष्ट्रिय निकुञ्जसम्मका गरी पैंतीस हजार ७१२ थान त विभिन्न प्रजातिका रुखहरू नै हटाउनु पर्छ । अर्कोतर्फ यही खण्डमा दुई हजार २२ वटा विद्युत् पोल विस्थापन विस्थापन अर्को समस्या छ । 

वन र विद्युतले रुख काटने र पोल सार्ने प्रक्रिया सुरु गरी सकिएकोे दाबी गर्दै आएका छन् । तथापि पेंचिलो कानुनी प्रक्रियाले यी समस्या कहिलेसम्म समाधान भइसक्ने हो ? अनिश्चित छ । मधेश प्रदेशका प्रदेश वन मन्त्रालयका सचिव उद्धव घिमिरेले राजमार्ग छेउका रुख कटानको प्रक्रिया डिभिजन वन कार्यालय हुँदै वन तथा वातावरण मन्त्रालयमा पुगि सकेको बताउनुभयो । 

रुख कटानको प्रकृया २ वर्षअघिदेखि सुरु भए पनि अन्तिम अवस्थामा आएर वातावरणीय प्रभाव मूल्याङ्ककन र प्रदेशबाट पठाइएका रेकर्डमा रुख सङ्ख्या फरक पर्दा मन्त्रालयले अझै कटान आदेश सदर गरेको छैन । वातावरणीय प्रभाव मूल्याङ्कनले गरेको गणनाअनुसार २ वर्षअघि राजमार्गको यो खण्डमा रुखको सङ्ख्या २८ हजार १२० वटा रुख मात्र कटान गर्नु पर्ने उल्लेख छ । यता वन डिभिजनहरुले गरेको पछिल्लो गणनाअनुसार कटान गर्नु पर्ने रुखको सङ्ख्या पैतीस हजार ७१५ थान रहेको छ । 

वातावरण र डिभिजन वनको गणनामा सात हजार ५९५ रुख सङ्ख्या फरक परेपछि कटान आदेश आउन केही विलम्ब हुन गएको प्रदेश वन सचिव घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेशले सवै दायित्व पूरा गरी फाइल विभागसम्म पुर्‍याइसकेको छ । कानुनी प्रक्रिया पूरा गर्न सडक आयोजना पनि सक्रिय रूपमा लागेकोले वर्षा अगावै कटान आदेश आउनेमा हामी आशावादी छौं ।’

अर्कोतर्फ मधेश विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख शम्भु कुशियत यादवले सडक आयोजनासँगको सहकार्यमा कमला पथलैया खण्डको राजमार्ग दायावायाँका विद्युत् पोल सार्न टेन्डर समेत लागि सकेको बताउनुभयो । उहाँका अनुसार रुख व्यवस्थापन गरे जस्तो एकभरले विद्युत् पोल सार्न प्राविधिक रूपले गाहृो छ । सडक निर्माण र पुल स्थानातरण ‘साइड वाई साइड’ काम गर्नु पर्ने उहाँको भनाइ छ । 

यादवले भन्नुभयो, ‘फेरि पनि हामीले पुल भएका ठाउँमा पोल सार्ने काम सकिएको छ । सडक छेउका पोल तत्काल सार्दा पछि सडक अग्लो र पोल होचो भएर दुर्घटनाका कारण बन्न सक्छ । नाला लगायतका संरचनामा पोल पर्न सक्ने हुँदा पछि विवाद र झन्झट नपरोरस भनेर सडक निर्माण र पोल सार्ने काम ‘साइड वाई साइड’ गरौं भन्ने हाम्रो आग्रह हो ।’

ठेकेदार कम्पनी इकेके इन्फ्रास्ट्रकचर लिमिटेड इन्डियाका सचिन सुवेदी र चाइनिज कम्पनी एसडब्ल्यु इजे र रखुवा कन्सट्रकसन कम्पनी आरसिसी ज्वाईन्ट भेन्चरका सुवोध रिजालले अहिले पुल र कजवैका काम भइरहेकाले यी नसार्दा पनि तत्काल खासै समस्या नदेखिएको बताउनुभयो । सडक छेउका रुखहरू ठेकेदार कम्पनीले नै कटान गरि डिभिजन वनले देखाएको ठाँउमा घाटगद्दी पनि गरी दिनुपर्छ । मनसुन लाग्न केही समय मात्र बाँकी छ । वर्षाको बेला कटान आदेश आयो भने के गर्ने ? त्यो पनि समस्या छ । 

उहाँहरूले भन्नुभयो, ‘अहिले त हामी पुल निर्माणमा लागेका छौं । आगामी सन् २०२७ सम्म निर्माण सम्पन्न भई सक्नु पर्ने यस आयोजनाको उल्टो गन्ती (काउन्ट डाउन) सुरु भइसकेको छ । रुख, पोल र सडक छेउका संरचनाहरू व्यवस्थापन नगरे वर्षापछि निर्माण कामलाई कसरी निरंतरता दिने ? असमञ्जसमा पारेको छ ।’  साभार : गोरखापत्र अनलाइन


प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  २१:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्