Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘डिजिटल मधेश बनाउन अनेक समस्या’
‘डिजिटल मधेश बनाउन अनेक समस्या’
Terai Report
Terai Report बिहीबार, जेठ १, २०८२

बर्दीबास । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सूचना प्रविधिको वर्तमान युगमा एकातिर दक्ष जनशक्ति अभाव र अर्कातिर सेवाप्रदायक निकायको स्तरहीन सञ्चार सेवाले डिजिटल मधेश बनाउने अभियानमा चुनौती थपेको बताउनुभएको छ । यस्ता समस्याले सरकारी कामकाजलाई प्रविधिमैत्री बनाउन पनि कठिन बनाएको उहाँको भनाइ छ । 

मधेश प्रदेश गृह सञ्चार तथा कानुन मन्त्रालयले क्यान महासङ्घ र आइसिटी फाउन्डेसनसँगको सहकार्यमा बर्दीबासमा आयोजना गरेको ‘डिजिटल मधेश कन्क्लेभ २०२५’ लाई बुधबार सम्बोधन गर्दै यस्तो समस्या औँल्याउनुभएको हो । उहाँले युवा जनशक्तिलाई दक्ष बनाउनुको साटो विप्रेषण बढाउन मात्र सीमित पारिएकाले जनशक्ति खेर गइरहेको उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले आइटी क्षेत्रलाई सदुपयोग गरी एकै थलोबाट हजाराैँ युवाका लागि रोजगारी सिर्जना गरेर मुलुकलाई समृद्धितर्फ डोर्‍याउन सकिने धारणा व्यक्त गर्नुभयो । 

एकातर्फ एकीकृत सफ्टवेयरको अभाव र अर्कातर्फ त्यसलाई सञ्चालन गर्ने दक्ष कर्मचारी नहुँदा ‘पेपरलेस प्रशासन’ को नारालाई साकार बनाउन पनि कठिन भएको बताउनुभयो । चुनौती यतिमै सीमित छैन । उहाँका अनुसार यी सेवा प्रसारण गर्ने नेटवर्कको समस्या पनि उत्तिकै टड्कारो छ । एनटिसी, एनसेल, वल्र्ड लिङ्क जस्ता अनेक मोबाइल र इन्टरनेट सेवाप्रदायक निकायका सेवा स्तरीय छैनन् । महसुल लिन्छन् तर मधेश प्रदेशको सबै ठाउँमा यिनका नेटवर्कले काम गर्दैन । यस्तो प्रवृत्ति सेवाको नाममा ठगी भएको मुख्यमन्त्रीको आरोप थियो । उहाँले प्रश्न गर्नुभयो, “फोरजी र फाइभजी भनेर महसुल लिन्छन् तर यिनका नेटवर्कले टुजीको काम पनि किन गर्दैन ? आपत्विपत् पर्दा यिनका मोबाइलमा नेटवर्क आउँदैनन् । मासिक डाटा र मोबाइल प्याकेजको पैसा लिएर पनि सेवा पाए÷नपाएको लेखाजोखा खोइ ? सेवाप्रदायकले स्तरीय सेवा नदिए ‘डिजिटल मधेश’ को परिकल्पना कसरी साकार हुन सक्छ ?”

कार्यव्रmममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सूचना प्रविधि (आइटी) क्षेत्र तिनै तहका सरकारको प्राथमिकतामा नपरेकाले यसबाट अपेक्षित लाभ लिन नसकिएको बताउनुभयो । 

उहाँले मधेशलाई प्रविधिमैत्री प्रदेश बनाउन सूचना प्रविधि अनुसन्धान केन्द्र र सूचना प्रविधि प्रतिष्ठानको आवश्यकता औँल्याउनुभयो । मन्त्री लेखीले भन्नुभयो, “यदि सूचना प्रविधिलाई उच्च प्राथमिकतामा राखेर स्रोतसाधनको समुचित व्यवस्थापन गर्न सकेनौँ, सूचना प्रविधि केन्द्र र प्रतिष्ठानको स्थापना गर्न सकेनाँै भने छलफल र कार्यव्रmमले मात्र मधेशलाई सूचना प्रविधि प्रदेश बनाउन सकिँदैन ।” यसअघि आइसिटी विज्ञ विवेक राणाले सूचना प्रविधिका सम्भावना, चुनौती र उपयोगबारे विस्तृत जानकारी गराउँदै डिजिटल राज्य शासकीय व्यवस्था प्रणालीको नयाँ आयाम भएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “डिजिटल सरकारको अवधारण परिवर्तनशील हुने भएकाले डिजिटल शताब्दीले सरकारलाई केवल अवसर मात्र दिँदैन, नयाँ चुनौती पनि सिर्जना गर्छ ।” ‘

फोस्टरिङ डिजिटलाइजेसन एन्ड डेभलपमेन्ट’ थिममा केन्द्रित एकदिने कन्क्लेभमा डिजिटल गभर्नेन्स, इनोभेसन इको सिस्टम, डेटा सुरक्षा, स्टार्टअप, डिजिटल शिक्षा तथा पूर्वाधारलगायत आधा दर्जनभन्दा बढी विषयमा छुट्टाछुट्टै प्यानलमा छलफल प्रस्तुतीकरण गरिएको थियो । सहआयोजक आइसिटी फाउन्डेसनका विनम्र ढकाल तथा विवेकमणि उपाध्यायका अनुसार मधेश प्रदेशमा पहिलो पटक आयोजना गरिएको ‘डिजिटल मधेश कन्क्लेभ’ मा स्थानीय पालिकाका जनप्रतिनिधि, मन्त्रालय प्रतिनिधि, आइसिटी सरोकारवाला निकायका प्रतिनिधिलगायत तीन सयभन्दा बढीको सहभागिता थियो । उहाँहरूले भन्नुभयो, “डिजिटल तथा आइसिटीलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यव्रmम तथा बजेट तर्जुमा गर्न पनि यो कन्क्लेभले सहयोग पुर्‍याउने अपेक्षा राखेका छौँ ।”


प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्