Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • भन्सार गोदामबाटै लाखौंको विदेशी मदिरा ‘गायब’, कर्मचारीमाथि नै चोरीको आरोप !
भन्सार गोदामबाटै लाखौंको विदेशी मदिरा ‘गायब’, कर्मचारीमाथि नै चोरीको आरोप !
Terai Report
Terai Report बिहीबार, जेठ १, २०८२

बारा । वीरगन्जस्थित श्रीर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको गोदामबाट लिलाम सकार गरिएको लाखौं मूल्य बराबरको विदेशी मदिरा ‘गायब’ भएको छ।

लिलाम सकारकर्ताले सम्झौता बमोजिमको परिमाणभन्दा करिब १३ सय लिटर मदिरा कम पाएपछि भन्सार कर्मचारीकै मिलोमतोमा चोरी भएको हुन सक्ने आरोप लगाएका छन्।

भन्सार कार्यालयले घटनाको पुष्टि गर्दै आन्तरिक छानबिन थालेको जनाएको छ। पिके ट्रेडर्स नामक फर्मले भन्सार कार्यालयबाट अस्ट्रेलियामा उत्पादित ‘रोयल मस्क’ ब्रान्डको १० हजार सात सय पाँच लिटर विदेशी मदिरा एक करोड ४२ लाख रुपैयाँमा लिलाम सकार गरेको थियो।

प्रति ७५० एमएल बोतलको उक्त मदिराको लिलाम मूल्य प्रति लिटर करिब १३ सय रुपैयाँ कायम भएको थियो। तर, सम्झौताअनुसार मदिरा बुझ्न जाँदा गोदाममा जम्मा ९ हजार चार सय लिटर मात्र मदिरा भेटिएको पिके ट्रेडर्सका प्रतिनिधि वासुदेव साहले जानकारी दिए।

यस हिसाबले १३ सय पाँच लिटर मदिरा ‘गायब’ भएको देखिन्छ। ‘गायब’ मदिराको बजार मूल्य करिब १७ लाख रुपैयाँभन्दा बढी हुन आउँछ।

‘हामीले लिलाम सकार गरेको परिमाण अनुसार मदिरा बुझ्न जाँदा तोकिएभन्दा धेरै कम पायौं,’ साहले भने, ‘यो स्पष्ट रूपमा भन्सार गोदामभित्रबाटै भएको चोरी हो र यसमा कर्मचारीको संलग्नता बिना सम्भव छैन। हामीले यसबारे जानकारी माग्दा भन्सारका कर्मचारीले गैरजिम्मेवारपूर्ण जवाफ दिएका छन्।’

यस विषयमा सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले लिलाम गरिएको मदिराको परिमाणमा कमी आएको स्वीकार गर्दै घटनाको आन्तरिक छानबिन प्रक्रिया अघि बढाइएको बताए।

‘लिलाम गरिएको मदिरा राखिएको कोठा जिल्ला प्रशासन कार्यालय, वीरगन्ज उद्योग वाणिज्य संघलगायतका निकायका प्रतिनिधिको रोहबरमा सिलबन्दी गरेर ताला लगाउने प्रचलन छ,’ भन्सार प्रमुख बरुवालले भने, ‘सिलबन्दी गरिएको कोठाबाटै मदिराको बोतलहरू कम भेटिनु आफैँमा गम्भीर र अनुसन्धानको विषय हो। मदिराको परिमाण लिलाम अघि नै कम थियो वा पछि चोरी भएको हो, यो छानबिनबाट खुल्नेछ।’

उनले गोदाममा पहिलेदेखि नै कम परिमाणमा मदिरा रहेको र लिलामी प्रक्रियामा प्राविधिक त्रुटिले बढी परिमाण उल्लेख हुन गएको हो कि भन्ने प्रारम्भिक आशंका रहेको पनि बताए।

भन्सार प्रमुख बरुवालले लिलाम सकार गर्ने पिके ट्रेडर्सले जति परिमाणमा मदिरा बुझ्छ, सोही अनुसारको मात्र रकम असुल गरिने पनि स्पष्ट पारेका छन्।

यद्यपि, सरकारी गोदामबाटै ठूलो परिमाणमा सामान हराउनुले भन्सारको व्यवस्थापन र सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। साभार : नागरिक दैनिक


प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  २१:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्