Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • पिएसबीको ब्यूरो कार्यालय जनकपुरधाममा खोल्ने सम्झौता
पिएसबीको ब्यूरो कार्यालय जनकपुरधाममा खोल्ने सम्झौता
Terai Report
Terai Report बिहीबार, जेठ ८, २०८२

जनकपुरधाम । मधेश प्रदेश सरकार र सार्वजनिक सेवा प्रसारण नेपालबीच मधेश प्रदेशको राजधानी जनकपुरधाम मधेश भवनमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनको मधेश ब्युरो कार्यालय सञ्चालन गर्ने सम्बन्धि सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ ।

मधेश प्रदेश सरकारले प्रयोग गर्दै आएको कवर्ड हलसंगैको ४ कोठामा सार्वजनिक सेवा प्रसारण नेपालको रेडियो नेपाल तथा नेपाल टेलिभिजनको स्टुडियो सहितको संरचना निर्माण गरेर यसै ठाउँबाट विभिन्न प्रकारको प्रसारण सामाग्रीहरूको उत्पादन गरेर रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय बर्दिबास तथा नेपाल टेलिभिजनको इटहरीबाट प्रसारण केन्द्रबाट प्रसारण गरिने गरि सम्झौता भएको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखी र सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा। महेन्द्र विष्टको उपस्थितिमा दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर गर्ने काम सम्पन्न भएको हो । 

सम्झौता पत्रमा मधेश प्रदेश सरकारका तर्फबाट गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव विमल प्रसाद बराल तथा सार्वजनिक सेवा प्रसारण नेपालका तर्फबाट रेडियो नेपाल मधेश प्रदेश बर्दिबास कार्यालयका प्रमुख राम पुकार रामले हस्ताक्षर गर्नुभएको छ ।

मधेश प्रदेश सरकारको सम्पूर्ण गतिविधिका बारेमा समाचार, कार्यक्रम सहितका अन्य सामाग्रीहरूको उत्पादन यसै ठाउँबाट हुनुका साथै रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारणका अतिरिक्त केन्द्रीय प्रसारणमा प्रभावकारी सम्प्रेषण मधेश भवनबाटै हुने भएको छ ।

कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सार्वजनिक सेवा प्रसारण नेपाल अन्तर्गतको रेडियो नेपाल तथा नेपाल टेलिभिजनको स्टुडियो सहितको मधेश ब्युरो कार्यालय मधेश भवनबाट सञ्चालन हुनु गर्भको विषय भएको बताउँदै यस संस्थाले सरकार र जनता बीचको पुलको काम गर्ने आशा व्यक्त गर्नुभयो ।

उहाँले मधेश प्रदेश सरकारको सानो सहयोगमा प्रदेशको गतिविधि , केन्द्र, देश तथा विश्व भरिका आम जनतामा पुर्‍याउनका लागि रेडियो नेपाल तथा नेपाल टेलिभिजनको भूमिका महत्वपूर्ण भएको र अगामी दिनमा थप प्रभावकारी बन्ने आशा व्यक्त गर्नु भयो ।

उहाँले गृह, सञ्चार तथा कानून मन्त्रालयको थोरै बजेट भएका कारण पत्रकार तथा सञ्चार जगतलाई चाहिने जतिको सहयोग गर्न नसकेका कारणले यस पटक सञ्चार मन्त्रालयलाई थप बजेट दिने बताउनुभयो ।

मधेश प्रदेशका गृह सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले मधेश प्रदेश सरकारको सानो सहयोगले नेपालमा इतिहास बोकेको रेडियो नेपाल तथा नेपाल टेलिभिजनको ब्युरो कार्यालय स्थापना हुनु गर्बको विषय भएको बताउँदै यसबाट मधेशका जनताको चाहना र इच्छा सार्वजनिक सेवाबाट मुखरित हुने आशा व्यक्त गर्नुभयो ।  

सार्वजनिक प्रसारण सेवा नेपालका कार्यकारी अध्यक्ष डा। महेन्द्र विष्टले मधेश प्रदेशको राजधानी जनकपुरधाममा सार्वजनिक सेवा प्रसारण नेपालको भौतिक उपस्थितिले यस प्रदेशको गतिविधिहरू अझ बढी जनतामा माझ प्रवाहित हुने बताउनुभयो ।

उहाँले सार्वजनिक सेवा प्रसारण नेपालले जनताको बोली बोल्ने भएकाले सरकारले पनि जनताका लागि काम गर्ने भएकाले सरकारको गतिविधि जनतासमक्ष ब्युरो कार्यालयबाट प्रभावकारी किसिमले पुग्ने बताउनुभयो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालका मधेश प्रदेशका कार्यालय प्रमुख रामपुकार राम, नेपाल टेलिभिजनका इटहरी कार्यालय प्रमुख बसन्त रुपा खेती र रेडियो नेपालका वरिष्ठ सम्वाददाता अजय कुमार झाले सार्वजनिक सेवा प्रसारण नेपालका दुई संस्थाको स्टुडियो सहितको ब्युरो कार्यालयले प्रदेशका गतिविधि जनता समक्ष थप प्रभावकारी बन्ने बताउनुभयो ।


प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  २०:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्