Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • आलमलाई तीन आधारमा उच्च अदालत वीरगञ्जबाट सफाइ
आलमलाई तीन आधारमा उच्च अदालत वीरगञ्जबाट सफाइ
Terai Report
Terai Report बुधबार, जेठ १४, २०८२

वीरगञ्ज । जिल्ला अदालत रौतहटले इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा गरेको जन्मकैदको फैसला उल्ट्याउँदै उच्च अदालत वीरगञ्ज इजलासले नेपाली कांग्रेसका पूर्व सांसद मोहम्मद आफताब आलमलाई सफाइ दिएको छ । 

उच्च अदालत वीरगञ्ज इजलासका न्यायाधीशहरू डा. खुसीराम थारू र अर्जुन महर्जनको इजलासले सुनुवाइपछि नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाइदिने फैसला सुनाएको हो । 

पूर्वसांसद आलम र उहाँका भाइ महताबसहित अन्य सहयोगीहरूविरुद्ध घाइतेलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको आरोपमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोटसम्बन्धी कसुर गरी तीनवटा मुद्दामा थुनछेक बहसपछि २०७६ कात्तिक २९ गते जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसैगरी, जिल्ला अदालत रौतहटले २०८१ वैशाख १३ मा पूर्वसांसद आलमसहित महताब आलम, शेष सेराज र बद्री सहनीविरुद्ध जन्मकैदको फैसला सुनाएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध पूर्वसांसद आलमले दिएको पुनरावेदन निवेदनमा न्यायाधीशहरू डा. खुसीराम थारू र अर्जुन महर्जनको इजलासमा भएको सुनुवाइ सकिएकाले बुधबारको फैसलामा पूर्वसांसद आलमले सफाइ पाउनु भएको हो । 

२०६४ चैत २७ गते पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजपुरस्थित आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट भई त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित अन्य केही व्यक्ति घाइते भएका थिए भने घाइतेहरूलाई जिउँदै नजिकको इँटाभट्टामा जलाएर हत्या गरिएको आरोप लागेको थियो । 

उच्च अदालत वीरगञ्ज इजलासका रजिष्ट्रार दिपक भण्डारीले गोरखापत्रसँग कुरा गर्दै भन्नुभयो, ‘‘मुख्य तीनवटा आधारमा जिल्ला अदालत रौतहटको फैसललाई उल्टी गर्दै जन्मकैद पाएका चारै जनालाई सफाइ दिइएको हो । तीन आधारमा पहिलो आधार २०६४ चैत २७ गते भएको वारदात (घटना)को वस्तुनिष्ट प्रमाणले पुष्टि हुन नसकेको, दोस्रो आधारमा विस्फोटनमा घाइते भनिएका पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओशी अख्तरलाई टयाक्टरमा हाली राजापुर इँटाभट्टामा लगी पोलेको भन्ने ठोस सबुत प्रमाण वादीले पेश गर्न नसकेको र तेस्रो आधार विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनबाट मृतकहरुलाई पोलेको अभियोग दाबी पुष्टि हुन नसकेको रहेको छ ।’’

आलम काठमाडौँ नख्खु कारागार र अन्य रौतहट कारागारमा रहेकाले आजको फैसलाको पत्र पठाई सकिएको र साँझसम्म छुटिसकेको हुनुपर्ने भण्डारीले जानकारी दिनुभयो ।   

पूर्वसांसद आलम रिहा

यसैबीच, उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट सफाइ पाउनुभएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलम केहीबेर अघि रिहा हुनुभएको छ । 

राष्ट्रिय समाचार समितिका अनुसार, नक्खु कारागारमा रहनुभएका उहाँलाई परिवारको जिम्मा लगाएर रिहा गरिएको कारागारका जेलर भीमराज कोइरालाले राससलाई जानकारी दिनुभयो । यसअघि आलममाथि जिल्ला अदालत रौतहटले राजपुर बम काण्ड तथा त्यसपछि भएको व्यक्ति हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।

जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतले आजै आलमलाई सफाइ दिएको अदालतका रजिष्टार दीपक भण्डारीले जानकारी दिनुभयो ।


प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  २२:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्