Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • कलैयाको यातायात कार्यालयमा घुसको बलमा लाइसेन्स बिक्री, अख्तियारको ध्यान नपुगेको?
कलैयाको यातायात कार्यालयमा घुसको बलमा लाइसेन्स बिक्री, अख्तियारको ध्यान नपुगेको?
Terai Report
Terai Report आइतबार, जेठ १८, २०८२

वीरगंज । यातायात व्यवस्था कार्यालय कलैया बारामा भ्रष्टाचारको सिमा नाघ्दा सो कार्यालयमा घुसको रकम फालाफाल भएको समाचार प्राप्त हुन आएको छ । सो घुसखोरी कार्यलाई रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले हाल कति जना दैनिक उत्तीर्ण भए/नभएको रिपोर्टिङ्ग लिईरहे पनि भ्रष्टाचारमा संलग्न भ्रष्ट कर्मचारीहरुलाई कारवाही गर्न सुक्ष्म तरिकाले अनुसन्धान प्रक्रिया अगाडि बढाउन नसकेकोमा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।

कार्यालय प्रमुख अविन्दर दास आए देखि सुक्ष्म तरिकाले भ्रष्टाचार भईरहेको तथ्य बाहिरिएको छ । प्रमुख दासले व्यक्तिगत रुपमा केही मोटरसाईकलहरु किनि सेटिङ्ग भएका परीक्षार्थीहरुको ठाउँमा ड्रेस परिवर्तन गराउदै फुर्तिलो चालकहरुलाई प्रयोग गर्दै प्रयोगात्मक परीक्षा दिन लगाईरहेको स्रोतले जनाएको छ । फुर्तिलो चालकहरुले दिईरहेको प्रयोगात्मक परीक्षामा सिसिटिभी क्यामरा भए पनि टाउकोमा हेल्मेट, मुखमा माक्स लगाएको कारण उनीहरुलाई (चिन्न) छुटयाउन एकछिन गा¥हो भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिसिटिभी फुटेज नियन्त्रणमा लिई सुक्ष्म तरिकाले अनुसन्धान गर्दा नक्कली प्रयोगात्मक परीक्षा दिनेहरुको पर्दाफास हुने नै हो भनि समाचार स्रोतको कथन रहेको छ ।

प्रमुख दासले आउँदा तत्कालिन अवस्थामा प्रयोगात्मक परीक्षा दिईरहेका परीक्षार्थीहरुको सिसिटिभी क्यामराको फुटेजमा ईडिट रबि चौधरीले गरिरहेका थिए । जुन कार्यालयका कर्मचारी होईनन् । सो सिस्टममा माथिको मिति ईडिट गर्न सकिने भए पनि तलको मितिको ईडिट कुनै पनि हालतमा हुन नसक्ने जानिफकारहरुको भनाई रहेको छ । सो कार्यालयमा लिखित दिने सेटिङ्ग भएका परीक्षार्थीहरुलाई ५/६ वटामा संकेत चिन्ह लगाउने र बाँकी खाली छोड दिए पछि लिखित प्रमुखको सहमतिमा कर्मचारीहरुले नै संकेत चिन्ह लगाई पास गराउने गरेको परीक्षामा सहभागी एक परीक्षार्थीले बताए ।

लिखित परीक्षा पछि हुने प्रयोगात्मक परीक्षामा सेटिङ्ग भएका परीक्षार्थीहरु सँग ट्रायल प्रमुख र ट्राफिक प्रहरीको सहमतिमा प्रमुख दासले व्यक्तिगत रुपमा किनेका मोटरसाईकलबाट फुर्तिलो चालकहरुलाई अनुहार छोप्ने गरी हेल्मेट र माक्स लगाउन लगाई ट्रायल लिईरहेको परीक्षामा सहभागी एक परीक्षार्थीले नाम नछाप्ने शर्तमा बताए । ट्रायल परीक्षा सकिएपछि ट्रायल प्रमुख (प्रयोगात्मक परीक्षाका केन्द्राध्यक्ष)को नेतृत्वमा मेकानिकल सुपरभाईजर (ईन्जिनियर) सहित ट्रायलमा खटिएका अन्य कर्मचारीहरु निरीक्षकको हैसियतमा संख्या किटान गरी उत्तीर्ण भएको सिफारिस गरेपछि मात्र परीक्षा समितिले सो लाई माईनुट बुक उठाई निर्णय गरी सदर गर्ने गरेका छन् । सो कार्यालयमा तत्कालिन अवस्थामा लिखित प्रमुख मुकेश कुशवाहा र ट्रायल प्रमुख जिवन पौडेल रहेका थिए भने हालको अवस्थामा लिखित प्रमुख जिवन पौडेल र ट्रायल प्रमुख मेकानिकल सुपरभाईजर संतोष सिंह रहेका छन् ।

परीक्षा समितिको प्रमुखमा अविन्दर दास र सदस्यहरुमा मेकानिकल सुपरभाईजर संतोष सिंह र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिपक केसी सहित तीन जना रहेका छन् । सो कार्यालयको मोटरसाईकलको आन्तरिक दररेट ८ हजार, अटो टेम्पोको १० हजार, कार जिपको १३ हजार र हेभी गाडी तथा मेशिनरीहरुको २० हजार रहेको भुक्तभोगीहरु बताउंदछन् । प्रमुख दासले परिचालन गरेको बिचौलियाहरुले सेवाग्रहीहरुबाट जति ठगे पनि आफुलाई आफ्ना कार्यालयको आन्तरिक दररेट अनुसार नै लिने गरेको एक बिचौलियाले बताए । प्रमुख दास रौतहट यातायात कार्यालयमा कार्यरत्त रहंदा आफु सँगै राख्ने गरेका आफ्ना नातेदार सिकेन्द्र दासलाई बारा जिल्लामा आउंदा लिदै आएका छन् ।

प्रमुख दासका बढी विश्वासपात्रका रुपमा सिकेन्द्र दास नै रहेको स्रोतको भनाई रहेको छ । नक्कली प्रयोगात्मक परीक्षाका परीक्षार्थीहरुलाई व्यवस्थापन देखि लिएर असुली सम्मको जिम्मा प्रमुख दासले सिकेन्द्र दासलाई नै दिने गरेको बताईन्छ । मासिक रुपमा करोडौं भ्रष्टाचार भईरहेको सो आम्दानीबाट प्रमुख दासको भागमा २० प्रतिशत, ट्राफिक प्रहरी निरीक्षक दिपक केसीको भागमा २० प्रतिशत, ट्रायल प्रमुख र त्यसमा खटिने कर्मचारीहरुको भागमा २० प्रतिशत, मेकानिकल सुपरभाईजर संतोष सिंहको भागमा १५ प्रतिशत र विविधमा २५ प्रतिशत भाग जाने गरेको स्रोतको भनाई रहेको छ ।

प्रहरी निरीक्षक केसीको विश्वासपात्रको रुपमा ट्रायलमा खटिएका प्रहरी नायब निरीक्षक किरण कार्कीले हिसाब किताब गरी केसीलाई बुझाउने गरेको र सो बाट केही भाग मधेश प्रदेश ट्राफिक प्रहरी पथलैयाका प्रहरी उपरिक्षक राजकुमार सिलवाललाई जाने गरेको स्रोतले जनाएको छ । यातायात कार्यालय कलैयाका भ्रष्टाचार सन्दर्भमा त्यहाँका केही राजनैतिक दल र युवाहरुको जमातले केही महिना पहिले बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको ध्यानाकर्षण गराउदां उनले प्रमुख दासलाई बोलाएर करिब एक महिना सेटिङ्गमा काम नगर्न सुझाएको स्रोतको कथन रहेको छ ।

तर सुक्ष्म तरिकाले भ्रष्टाचार गर्नमा सिपालु मानिएका प्रमुख दासले करिब एक महिना काम नहुँदा सरकारको राजस्व गुम्ने कुरा देखाई प्रमुख जिल्ला अधिकारी अधिकारीलाई भ्रमित पार्दै यहाँको आदेशलाई स्वीकार्दै केही दिन बन्द गर्ने वाचा गरेको ती स्रोतको कथन रहेको छ । प्रमुख दासले आफ्नो वाचा अनुसार केही दिन फेयर काम गरी प्रमुख जिल्ला अधिकारी अधिकारीलाई रिझाउदै पुनः लाईसेन्सको काम सेटिङ्गमा सुरु गरेको र विविधमा छुटयाईएको २५ प्रतिशतबाट अधिकारीको भाग जाने गरेको सो कार्यालयमा कार्यरत्त एक कर्मचारीले नाम नछाप्ने शर्तमा बताए । कार्यालयको तमाम बेथितिको बारेमा प्रतिक्रिया लिन कार्यालय प्रमुख दास सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।


प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  २०:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्