Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • वीरगन्ज महानगरका १३ वडा र नेशनल मेडिकल कलेजबीच स्वास्थ्य सेवा सम्झौता
वीरगन्ज महानगरका १३ वडा र नेशनल मेडिकल कलेजबीच स्वास्थ्य सेवा सम्झौता
Terai Report
Terai Report बुधबार, जेठ २१, २०८२

वीरगन्ज । पर्साको भेडीयाहीस्थित नेशनल मेडिकल कलेज र वीरगन्ज महानगरपालिकाका १३ वटै वडाबीच स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने ऐतिहासिक सम्झौता भएको छ।

बुधबार अस्पतालको सभा हलमा वीरगन्ज महानगरपालिकाका १३ वटै वडाका वडा अध्यक्षहरू र नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यस सम्झौताले विशेष गरी विपन्न वर्गका नागरिकलाई सस्तो र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।

निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम

स्वास्थ्य उपचारमा छुटका अतिरिक्त, नेशनल मेडिकल कलेजले १३ वटै वडा कार्यालयहरूमा प्रत्येक तीन-तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नेछ। यसका साथै, रक्तदान कार्यक्रमको आयोजना समेत गर्ने सम्झौता भएको छ। यसले समुदायको स्वास्थ्य चेतना अभिवृद्धि गर्न र आकस्मिक रगतको आवश्यकता पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

आज भएको यो सम्झौता एक वर्षसम्म लागू रहनेछ। अस्पतालका प्रबन्ध निर्देशक सहनवाज अन्सारीका अनुसार, आवश्यकताअनुसार दुवै पक्षको आपसी सहमतिमा थपघट वा परिमार्जन गर्न सकिनेछ।

सम्झौता कार्यक्रममा वीरगन्ज महानगरपालिकाका अधिकांश वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो। वडा अध्यक्षहरूले यस दिनलाई ‘ऐतिहासिक दिन’ को रूपमा मानेका छन्। उनीहरूले आजदेखि गरीब र असहाय मानिसहरूलाई नेशनल मेडिकल कलेजमा उपचार गराउन सहज हुने र बिस्तारै सेवा सुविधालाई बढाउँदै जाने आशा व्यक्त गरे।

अस्पतालका निर्देशक डाक्टर ईसरत जहान अन्सारीले पनि यस दिनलाई सबैका लागि ऐतिहासिक भएको बताउँदै अब सहरदेखि गाउँसम्मका जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरिन्।

यस अवसरमा अस्पतालका मार्केटिङ र एडमिसन डाइरेक्टर आबिद हुसेन, एकेडेमी डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, नेशनल मेडिकल कलेजका प्रधानाध्यापक प्रोफेसर डाक्टर केएन सिंह र सञ्चारकर्मीहरूको पनि उपस्थिति रहेको थियो।

के-के छन् सम्झौताका मुख्य बुँदाहरू?

यस स्वास्थ्य सम्झौताअन्तर्गत नेशनल मेडिकल कलेजले विभिन्न स्वास्थ्य सुविधाहरूमा छुट प्रदान गर्नेछ। ती छुटहरू निम्नानुसार रहेका छन्:

ओपिडी टिकट: २५ प्रतिशत छुट

जेनरल बेड चार्ज: १५ प्रतिशत छुट

आईसीयू, एनआईसीयू, पीआईसीयू बेड चार्ज: ५ प्रतिशत छुट

जेनेरल ल्याप्रोस्कोपिक तथा इन्डोस्कोपिक: ८ प्रतिशत छुट

प्याथोलोजी जाँच: १० प्रतिशत छुट

भिडियो एक्स-रे, एक्स-रे, ईसीजी, इन्डोस्कोपी: ७ प्रतिशत छुट

सीटी स्क्यान, एमआरआई: ७ प्रतिशत छुट

फार्मेसी (ओपिडी): १० प्रतिशत छुट

फार्मेसी (आईपीडी): १५ प्रतिशत छुट

यी छुट सुविधाहरू प्राप्त गर्नका लागि सम्बन्धित वडा कार्यालयको लेटरप्याडमा सिफारिस अनिवार्य हुनेछ।

यो सम्झौता वीरगन्ज महानगरपालिकाका नागरिकहरूका लागि स्वास्थ्य सेवामा पहुँच बढाउन एउटा महत्त्वपूर्ण कदम साबित हुने अपेक्षा गरिएको छ। 


प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  २०:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्