Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • कलैया यतायातमा असुली : एकै दिनमा २७ लाख, अख्तियार निष्क्रिय !
कलैया यतायातमा असुली : एकै दिनमा २७ लाख, अख्तियार निष्क्रिय !
Terai Report
Terai Report शुक्रबार, जेठ २३, २०८२

वीरगंज । यातायात व्यवस्था कार्यालय कलैया बाराले बिहिवार लिएको सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा सहभागी परीक्षार्थीहरु सँग व्यापक असुली गरेको समाचार प्राप्त हुन आएको छ ।

बिहिवार भएको वर्ग A,K,B,C,C1 र मेशिनरीको परीक्षार्थीहरु सँग कार्यालय प्रमुख अविन्दर दासले आफ्ना बिचौलियाहरु मार्फत असुली गराई सेटिङ्गमा रहेका परीक्षार्थीहरुलाई पास गराएको समाचार स्रोतले जनाएको छ । विवादस्पद कार्यशैलीका कारण बदनामी कमाएका प्रमुख दासले वीरगंज र गौर कार्यालयमा कार्यरत्त रहंदा उनले भ्रष्टाचारको आरोप खेपेका थिए ।

यातायात बारामा लिखित दिने सेटिङ्ग भएका परीक्षार्थीहरुलाई ५/६ वटामा संकेत चिन्ह लगाउने र बाँकी खाली छोड दिए पछि कर्मचारीहरुले नै संकेत चिन्ह लगाई पास गराउने गरेको स्रोतको कथन रहेको छ । सो कार्यालयमा मोटरसाईकलको आन्तरिक दररेट ८ हजार, अटो टेम्पोको १० हजार, कार, जिपको १३ हजार र हेभी गाडी तथा मेशिनरीहरुको २० हजार रहेको भुक्तभोगीहरु बताउंदछन् । प्रमुख दासले परिचालन गरेको बिचौलियाहरु कर्मचारीमा सत्यनारायण साह, रघुनन्दन साह, कलाम हुसैन, जिवरमण पौडेल, संतोष सिंह लगायत रहेका छन् भने अन्य बाहिरी व्यक्तिहरुमा भिखारी दास, सिकिन्दर दास लगायत रहेको स्रोतको कथन रहेको छ । प्रमुख अविन्दर दासको दाहिने हातको रुपमा चिनिने सिकिन्दर दास विशेष हर्ताकर्ताको रुपमा रहेको बुझिएको छ ।

प्रमुख दासले परिचालन गरेको बिचौलियाहरुले सेवाग्रहीहरुबाट जति ठगे पनि आफुलाई आफ्ना कार्यालयको आन्तरिक दररेट अनुसार नै लिने गरेको बताईन्छ । २०८१ माघ ९ गते बारामा आएका अविन्दर दासले करिब चार महिनाको अवधिमा आफ्नो बिचौलियाहरु मार्फत लाईसेन्स विक्री गर्दै करोडौं असुलेको आरोप छ भने बिहिवार २२ गते भएको लिखितका परीक्षार्थीहरु सँग करिब २७ लाख असुली उत्तिर्ण गराएको समाचार स्रोतको भनाई रहेको छ ।

बिहिवार २२ गतेको परीक्षामा २२७ जना उत्तिर्ण भएको परिणाम सार्वजनिक गरिए पनि सो मध्ये ४५ जना आ–आफ्ना योग्यता क्षमताले पास भएका हुन् भने १८२ जना सँग रकम असुलेको भरमा पास गराईएको ती स्रोतको कथन रहेको छ । लिखितमा पास गराईएका परीक्षार्थीहरुलाई ट्राफिक प्रहरीको सहमतिमा २३ गते हुने ट्रायल परीक्षामा जसरी भए पनि पास गराउने योजनामा प्रमुख दास रहेको स्रोत बताउंदछ ।

भ्रष्टाचार गरी असुलिएको सो रकमबाट प्रमुख दासको भागमा २० प्रतिशत, ट्राफिक प्रहरी निरिक्षक दिपक केसीको भागमा २० प्रतिशत, ट्रायल प्रमुख र त्यसमा खटिने कर्मचारीहरुको भागमा २० प्रतिशत, मेकानिकल सुपरभाईजर संतोष सिंहको भागमा १५ प्रतिशत र विविधमा २५ प्रतिशत छुटयाउने गरिएको स्रोतले जनाएको छ । प्रहरी निरीक्षक केसीको भागबाट ट्राफिक प्रहरी कार्यालय मधेश प्रदेशका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवाललाई जाने गरेको छ भने विविधमा छुटयाईएको २५ प्रतिशत रकमबाट जिल्ला प्रशासन कार्यालय बारा, श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशका सचिव युवराज अधिकारी, मन्त्री कौशल किशोर राय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को प्रमुख सचिव मदन भुजेल तथा मुख्यमन्त्री सतिश कुमार सिंह समेतलाई हैसियत अनुसारको भाग जाने गरेको कार्यालयमा कार्यरत्त एक कर्मचारीले नाम नछाप्ने शर्तमा बताए ।

कार्यालयमा भईरहेको अनियमित्त असुली र बिहिवार भएको परीक्षामा कति जना उत्तिर्ण र कति अनुत्तिर्णको सन्दर्भमा सूचना अधिकारी जिवरमण पौडेललाई पटक–पटक मोबाईल फोन सम्पर्क गर्दा सम्पर्कमा आउन नचाहे पछि कार्यालय प्रमुख अविन्दर दासलाई सम्पर्क गर्दा मलाई बुझनु पर्छ, म यहाँ छैन, जिवरमण सरलाई तपाई सँग कुरा गर्न भनि दिन्छु भन्दै प्रश्नको जवाफ दिनबाट पन्छिन खोजे ।

सूचना अधिकारी जिवरमण पौडेलको फोन नआए पछि पुनः पौडेल र प्रमुख दासमा मोबाईल फोन सम्पर्क गर्दा कोही पनि सम्पर्कमा आउन चाहेनन् । यातायात व्यवस्था कार्यालय कलैयामा सुशासनको अनुभुति दिलाउनका लागि भ्रष्टाचार सन्दर्भमा उजागर गरिरहंदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा कलैयाको भ्रष्टाचार रकमबाट कही भाग त जाने गरेको छैन ? भनि सचेत नागरिकहरुले आशंका गर्न थालेका छन् ।


प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  २०:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्