Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • मन्त्री रायको आर्शिवादले कलैया यातायातमा प्रमुख दासको लुटतन्त्र जारी, अख्तियार मौन !
मन्त्री रायको आर्शिवादले कलैया यातायातमा प्रमुख दासको लुटतन्त्र जारी, अख्तियार मौन !
Terai Report
Terai Report आइतबार, जेठ २५, २०८२

वीरगंज । यातायात व्यवस्था कार्यालय कलैया बाराका प्रमुख अविन्दर दासले सवारी चालक अनुमति पत्रको परीक्षार्थीहरु सँग बिचौलियाहरु मार्फत असुली कार्य जारी नै राखेको समाचार स्रोतले जनाएको छ । 

प्रमुख दासले परिचालन गरेको बिचौलियाहरु कर्मचारीमा सत्यनारायण साह, रघुनन्दन साह, कलाम हुसैन, संतोष कुमार सिंह लगायत रहेका छन् भने अन्य  बिचौलियाहरुमा आशिष सिंह, भिखारी दास, अजय दास लगायत रहेको ती स्रोतको कथन रहेको छ । बिहिवार २२ गते भएको लिखित परीक्षामा करिब २७ लाख असुलेर पास गराईएका परीक्षार्थीहरुलाई शुक्रवार भएको प्रयोगात्मक परीक्षाको परिणाम बाहिर सार्वजनिक नगरिए पनि प्रयोगात्मक परीक्षामा फेल भएका परीक्षार्थीहरुलाई पास गराउने योजना बनिरहेको स्रोतले जनाएको छ । 

प्रयोगात्मक परीक्षामा कति उत्तिर्ण र कति अनुत्तिर्ण भएको सन्दर्भमा जानकारी लिन शुक्रवार २३ गते बेलुकी सूचना अधिकारी जिवरमण पौडेललाई पटक–पटक मोबाईल फोन सम्पर्क गर्दा वहाँले सम्पर्कमा नआए पछि कार्यालय प्रमुख अविन्दर दास सँग सम्पर्क गर्दा म अहिले बाहिर छु, आधि घण्टा भित्रमा बुझेर बताउंछु भनि भने पनि वहाँले मोबाईल फोन नगरे पछि पुनः दास सँग सम्पर्क गर्दा मोबाईलको स्विच अफ गरे । 

भ्रष्टाचारका मामिलामा गन्हाईसकेका प्रमुख दासले बिहिवारको लिखित परीक्षामा प्रमुख मेकानिकल सुपरभाईजर संतोष कुमार सिंहलाई बनाएका थिए भने शुक्रवारको प्रयोगात्मक परीक्षाको ट्रायल प्रमुख (केन्द्राध्यक्ष) संतोष कुमार सिंहलाई नै बनाएका थिए, र मुल्यांकनकर्ता पनि मेसु भएकोले सिंह नै रहेका थिए । 

नियमानुसार कार्यालयको बरिष्ठ कर्मचारीलाई ट्रायल प्रमुख बनाउनु पर्नेमा प्रमुख दासले भ्रष्टाचारको आन्तरिक पोल खुल्ने डरले कार्यालयका प्रायः कर्मचारीहरुलाई पाखा लगाई स्वयं दास, मेसु सिंह र खरिदार सत्यनारायण साहको योजना अनुसार सो कार्यालयमा भ्रष्टाचार “दिन दु गुना रात चौगुना” बढी रहेको भुक्तभोगीहरु बताउंदछन् । 

एउटै व्यक्ति मेकानिकल सुपरभाईजर संतोष कुमार सिंह लिखित तथा ट्रायल प्रमुख र मुल्यांकनकर्ता रहेको पाईएकोले सो कार्यालयमा भ्रष्टाचारको जड बलियो भएको घाम जस्तै छर्लङ्ग देखिन्छ । कलैया यातायातको भ्रष्टाचार सन्दर्भमा निरन्तर समाचार प्रकाशन भईरहंदा प्रमुख दासले जले जति लेखे पनि केही नहुने ठोकुवा गर्दै हिडेको उनका निकटवर्तीहरु बताउंछन् । 

दास गर्वका साथ भन्ने गरेका छन्, “म सर्लाही जिल्ला निवासी हुँ, श्रम तथा यातायात मन्त्री कौशल किशोर राय सर्लाही जिल्लाकै भएको हुनाले वहाँको आर्शिवाद म माथि रहे सम्म कसैले केही बिगार्न नसक्ने” उनको भनाईलाई उद्धृत गर्दै स्रोतले जनाएको छ । दास थप भन्छन्, “हो म भ्रष्टाचार गर्छु तर सो भ्रष्टाचार गरेको रकमबाट म एक्लै खांदिन, तल देखि माथि सम्म हैसियत अनुसार भाग पु¥याउने गरेकोले आफुलाई केही नहुने” ती स्रोतको कथन रहेको छ । 

मन्त्री राय सर्लाही जिल्लाको क्षेत्र नं. २ को “ख” बाट नेपाली काँग्रेसको टिकटबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी पार्टीको अनुशासन विपरित कार्यशैली गरेको र मन्त्री भईसके पछि भ्रष्टाचारमा तल्लीन रहेको आरोपमा उनको पार्टीले केही महिना पहिले स्पष्टिकरण पनि सोधि सकेको छ । 

मन्त्री रायको आर्शिवादमा जिल्लावासी रहेका प्रमुख अविन्दर दासले गरेका भ्रष्टाचारको रकमबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक दिपक केसी, मधेश प्रदेशका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवाल, जिल्ला प्रशासन कार्यालय बारा, श्रम तथा यातायात मन्त्रालयका सचिव युवराज अधिकारी, मन्त्री कौशल किशोर राय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को प्रमुख सचिव मदन भुजेल तथा मुख्यमन्त्री सतिश कुमार सिंह समेतलाई हैसियत अनुसारको भाग जाने गरेको कार्यालयमा कार्यरत्त एक जना कर्मचारीले नाम नछाप्ने शर्तमा बताए । 

शनिवार बेलुकी प्रमुख दास सँग प्रतिक्रिया लिन मोबाईल फोन सम्पर्क गर्दा अहिले म घरमा छु, शुक्रवार भएको ट्रायल सन्दर्भमा म बुझेर फोन गर्छु भने पनि वहाँले फोन नगरे पछि पुनः कलैयाको तमाम बेथितिको बारेमा बुझ्न मोबाईल फोन गर्दा उनले आफ्नो मोबाईलको स्विच अफ गरी जवाफ दिनबाट भागे ।

यातायात व्यवस्था कार्यालय कलैयामा सुशासनको अनुभुति दिलाउनका लागि भ्रष्टाचार सन्दर्भमा बारम्बार समाचार मार्फत उजागर गरिरहंदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा कलैयाको भ्रष्टाचार रकमबाट कही भाग त जाने गरेको छैन ? भनि सचेत नागरिकहरुले आशंका गर्न थालेका छन् ।

यदि अख्तियारले कलैया यातायातको भ्रष्टाचारको रकममा संलग्नता राखेको छैन् भने २०८१ फागुन २२ गते भएको लिखित तथा प्रयोगात्मक परीक्षामा फेल भएका दुई वटा परीक्षार्थीहरुलाई पास गराएको प्रमाण यस अनलाईनलाई प्राप्त भएको छ । यदि अख्तियारले कारवाही प्रक्रिया अगाडि बढायो भने मागेको बेलामा सो प्रमाण उपलब्ध गराउन प्रतिबद्ध छौं ।


प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १७:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्