Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • सिर्सिया नदीमा औद्योगिक फोहर मिसाउनेलाई स्थानीय प्रशासनले कारबाहीको दायरामा ल्याउने
सिर्सिया नदीमा औद्योगिक फोहर मिसाउनेलाई स्थानीय प्रशासनले कारबाहीको दायरामा ल्याउने
Terai Report
Terai Report बुधबार, असार १८, २०८२

वीरगन्ज । बारा–पर्साको औद्योगिक कलकारखानाबाट निस्कने केमिकलजन्य प्रदूषित फोहाेरमैला सिर्सिया नदीमा फ्याँक्ने उद्योगलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासन तयार भएका छन् । स्थानीय सरकार र प्रशासनले पटक पटक वीरगन्जको सभ्यताका रूपमा रहेको सिर्सिया नदीमा उद्योगबाट निस्कने फोहाेरमैला सोझै नफ्याँक्न गरेको अनुरोधलाई उद्योग कलकारखानाले आलटाल गरेपछि उपचारात्मक तथा दण्डात्मक कारबाही गर्नुपर्ने माग उठेको हो । 

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बारा–पर्सा औद्योगिक करिडोरका उद्योगले उद्योग स्थापना गर्दाको बखतमा गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिबद्धता विपरीत नदीमा फोहाेरमैला मिसाउँदै आइरहेका छन् । सिर्सिया नदी प्रदूषण गर्ने उद्योगको २०६७ सालमै पहिचान भइसकेको रहेछ, आर्थिक मन्दीको बाहानबाजी गरेर वेस्ट ट्रिटमेन्ट प्लान्ट जडान नगर्ने उद्योगलाई अब कानुनी दायरामा ल्याएर छाड्नेछौँ ।

प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंहले विगतमा कलकल बग्ने सिर्सिया नदी पछिल्लो समय प्रदूषित भएर कालो लेदो बग्ने अवस्थामा आइपुगेको गुनासो गरे । ‘हामीले बाल्यकालमा सिर्सिया नदीमा धेरै पटक पौडी खेल्यौँ । छठ पर्वमा सिर्सिया नदीको पानीले सूर्यलाई अर्घ्य पनि चढाउने गरिन्थ्यो’, उनले भने, ‘अहिले त सिर्सिया नदीको पानी छुनसमेत डराउनुपर्ने अवस्था आइपुगेको छ । पानीमा हुने जलचरको जीवनचक्र नै बिग्रिसकेको छ । त्यसैले उद्योगी–व्यवसायीले नदी आफू र आफ्नो भविष्यको पुस्ताका लागि जोगाउनका पनि आवश्यक कदम चाल्न आवश्यक भइसकेको छ ।’

ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले सिर्सिया नदी अत्यधिक फोहाेर मैलाको कारणले नालीमा सीमित भएको गुनासो गरे ।

वीरगन्ज महानगरका वातावरण महाशाखाका प्रमुख राकेश साहका अनुसार उद्योगधन्दाबाट निस्कने फोहोर मैलालाई सोझे नदीमा फ्याँक्दा सिर्सिया नदी झनै प्रदूषित भएको छ । वीरगन्ज महानगरका वातावरण निरीक्षक प्रकाशबहादुर ऐरले बारा–पर्सा औद्योगिक करिडोरमा रहेका एक सय २२ उद्योगको सर्वेक्षण गर्दा २१ वटाले मात्र सामान्य खालको ट्रिटमेन्ट प्लान्ट जडान गरेका छन् । एक्काइस ट्रिटमेन्ट प्लान्टमध्ये १३ वटा सञ्चालनमा छन् भने बाँकी आठ वटा त अझैसम्म पनि सञ्चालनमा आएका छैनन् । महानगरले तीन वर्षमा उद्योगबाट सोझै नदीमा फोहर फ्याँक्ने उद्योगलाई रु १५ लाख जरिवाना पनि तिराएका छौँ । 

मधेस प्रदेश उद्योग विभागका महानिर्देशक सुशीलकुमार साहले विभागले उद्योग सञ्चालनका लागि अनुमति लिँदा गरेका प्रतिबद्धतालाई कडाइपूर्वक कार्यान्वयन गर्न निर्देशन दिए । वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले सिर्सिया नदीमा फोहर फ्याँक्ने उद्योगले ट्रिटमेन्ट प्लान्ट जडान गरेको खण्डमा सिर्सिया नदीको ७५ प्रतिशत फोहर न्यूनीकरण हुने बताए । 

वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहले सबै निकायको समन्वय र सहकार्यबाट मात्र सिर्सिया नदी सरसफाइ गर्न सकिने बताए । जीतपुर सिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेलले जिल्लाका सुरक्षा र स्थानीय प्रशासनसँगको समन्वयमा नदीमा फोहाेर मैला फ्याँक्ने उद्योगलाई कारबाहीको दायरामा ल्याउने बताए । 

बाराका प्रजिअ वसन्त अधिकारीले पनि उपचारात्मक र दण्डात्मक सजायले मात्र फोहाेरमैला मिसाउने उद्योगलाई निरुत्साहित गर्न सकिने बताए । जीतपुर सिमरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन शर्माले तीन वटै सरकारले व्यवस्थित खालको वेस्ट ट्रिटमेन्ट प्लान्ट सञ्चालन गर्न बजेट विनियोजन गर्नुपर्ने बताए । रासस


प्रकाशित मिति: बुधबार, असार १८, २०८२  २०:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्