Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • भारतले सम्झौताअनुसार गण्डकमा पानी नछाड्दा किसानलाई रोपाइँमा समस्या
भारतले सम्झौताअनुसार गण्डकमा पानी नछाड्दा किसानलाई रोपाइँमा समस्या
Terai Report
Terai Report बिहीबार, असार २६, २०८२

पर्सा । भारतले सम्झौताअनुसारको परिमाणमा पानी नदिएपछि गण्डक नहर प्रणालीमा आश्रित किसानलाई रोपाइँमा समस्या भएको छ ।  बीउ तयार रहे पनि नहरमा पानी नआउँदा रोपाइँमा ढिला भएको छ ।

विशेष गरी बारा र रौतहटका किसानलाई रोपाइँमा समस्या भएको छ । नेपाल र भारतबीचको गण्डक सम्झौताअनुसार, नहरमा भारतीय पक्षले ८ सय ५० क्युसेक पानी दिनुपर्नेमा हाल औसतमा ५ सय ५० क्युसेक मात्र पानी दिएको छ ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजकुमार पटेलका अनुसार, यस वर्ष भारतीय पक्षले निर्धारित समयमै पानी दिए पनि किसानलाई चाहिएका बेला भने कम पानी दिएको बताए । ‘सम्झौताअनुसार सुरुदेखि नै भारतले ८ सय ५० क्युसेक पानी दिनुपर्थ्यो,’ उनले भने, ‘तर यस वर्ष असार १३ देखि ५ सय ५० क्युसेक र असार १९ देखि २३ सम्म सम्झौताअनुरूपकै ८ सय ५० क्युसेक पानी दिएको थियो ।’ असार २४ देखि भने सम्झौतालाई उल्लङ्घन गर्दै पुनः औसतमा ५ सय ५० क्युसेक मात्र पानी भारतले दिएको उनले बताए ।

कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर सुरेश साहका अनुसार सम्झौताभन्दा कम पानी दिएको विषयमा भारतीय दोन शाखा नहर प्रमुख महेन्द्र चौधरीलाई टेलिफोनमार्फत औपचारिक रूपमा जानकारी गराएर सम्झौताको इमानदारीपूर्वक पालना गर्न आग्रह गरिएको छ । ‘हामीले भारतीय पक्षलाई सम्झौताको इमानदारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरिसकेका छौँ,’ उनले भने, ‘नहरमा पानी कम हुँदा नहर प्रणालीमा आश्रित विशेष गरी बारा र रौतहटका किसानको रोपाइँमा ढिला भइरहेको छ ।’

बिहीबार नहरको ८ नम्बर ब्लक अर्थात् बाराको पसाहा खोला क्षेत्रसम्म मात्र पानी पुग्न सकेको साह बताउँछन् । बिहीबार नै कार्यालयको सम्पूर्ण प्राविधिक टोली स्थलगत रूपमा नहरको शून्य आरडी (पर्साको जगरनाथपुर) देखि पुछारमा रौतहटको बागमती खोला क्षेत्रसम्म निरीक्षण गरेर नहरमा पानी प्रवाह सम्भव भएसम्म पूर्ण रूपमा गर्न लागिपरेको उनले बताए ।

भारतसँगको गण्डक सम्झौता अनुसार, बर्सेनि धान बालीका लागि असार १५ र गहुँ बालीका लागि पुस १० देखि नहरमा ८ सय ५० क्युसेक पानी भारतीय पक्षले दिनुपर्छ । नवलपरासीको भैंसालोटनस्थित नेपाल–भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले नहरमा पानी छोड्ने गर्छ । भारतमै ९२ किलोमिटर यात्रा गरेर यो नहर पर्साको जगरनाथपुर गाउँपालिकाको जानकीटोलाबाट नेपालमा प्रवेश गर्छ । पर्सा, बारा र रौतहट गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाइ नेपालतर्फ ८१ किलोमिटर रहेको छ ।

गण्डक ब्यारेजको निर्माण भारतले आफैं गरेको र सञ्चालन पनि भारतीय पक्षले आफैं गर्छ । उसले ब्यारेजबाट नेपालभन्दा भारतीय भूमिमा बढी पानी लग्ने गरी नहरको संरचना निर्माण गरेको छ । सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो । गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीनवटा जिल्लामा ३७ हजार ४ सय हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य भए पनि बर्सेनि कुनै न कुनै समस्या देखाएर भारतले नेपाललाई सम्झौताअनुरूपको ८ सय ५० क्युसेक पानी दिएको छैन ।

किसान हकहित संघर्ष समिति, पर्साका सचिव पृथ्वी साह कानुका अनुसार मधेश प्रदेशमै वर्षा हुन नसकेको अवस्थामा गण्डक नहरले थोरै भए पनि तीनवटै जिल्लाका किसानलाई राहत दिने गरेकोमा यस वर्ष नहरमै पानी कम भएकाले नहर प्रणालीमा आश्रित किसानलाई रोपाइँमा समस्या भएको बताउँछन् । साभार : इकान्तिपुर


प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १४:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्