Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • मधेशको बजेटमा विवाद : छानबिन कार्यदलमै मन्त्रीलाई राखेपछि लफडा
मधेशको बजेटमा विवाद : छानबिन कार्यदलमै मन्त्रीलाई राखेपछि लफडा
Terai Report
Terai Report बिहीबार, असार २६, २०८२

जनकपुर । मधेश सरकारको आगामी बजेटमाथि अझै छलफल सुरु हुन सकेको छैन । बिहीबार पाँचौँ दिन पनि प्रतिपक्षी दलको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित भएको छ । 

बिहीबारको बैठकमा प्रतिपक्ष दलले कार्यदल गठनमा असहमति जनाएपछि सभामुख रामचन्द्र मण्डलले दस मिनेटका लागि स्थगित गरेको बैठक अगामी शनिबार १ बजे सम्मको लागि स्थगित भएको हो ।

प्रतिपक्षको ६ दलले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा बिचौलिया हाबी भएको आरोप लगाउँदै आएको छ । सोही विषयमा छानबिन गर्न प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपाल, माओवादी, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्ति र राप्रपाका सांसदले बजेटको विरोध गर्दै आएका छन् ।

सुरुवातमा सरकार कार्यदल बनाउन सहमत नभएपछि प्रदेशसभा बैठक अवरुद्ध हुँदै आएको थियो । तर, बुधबार सरकार कार्यदल गठन गर्न सहमत भएको थियो । त्यसपछि सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा तीन जना प्रतिपक्ष, दुई जना सत्तापक्ष र एक जना सभामुख राख्ने सहमति भएको थियो । तर, सत्ता पक्षबाट नेकपा एमाले संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवलाई पनि कार्यदलमा राखेपछि प्रतिपक्षले असहमति जनाएका छन् ।

कार्यदलका सदस्य तथा नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक कनिश पट्टेलले सरकारको नियत खराब भएकै कारण कार्यदलमा मन्त्रीलाई राखेको टिप्पणी गरे । ‘बजेटमा बिचौलियाको प्रभाव रहेको प्रस्ट भयो । सरकारले आफ्नो गलत काम जोगाउनका लागि कार्यदलमा मन्त्रीलाई राखिएको छ,’उनले भने,‘जोमाथि छानबिन गर्नु छ उसैलाई कार्यदलमा राखेपछि कसरी हुन्छ ?’

जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले पनि सरकारले सहमतिअनुसार कार्यदल गठन नगरेको आरोप लगाए । सरकारको भूमिका प्रदेशसभामा देखिनु संसदीय अभ्यासका लागि उपयुक्त नभएको उनको भनाइ छ । ‘जुन हिसाबले सरकारले कार्यदलमा गठन गर्ने प्रयास गरेको छ त्यो गलत छ,’उनले भने,‘सरकारको सहभागितासहितको कार्यदल स्वीकार्य हुँदैन । यस्तो कार्यदलले कुनै उपलब्धि हासिल हुँदैनन् ।’

सभामुख रामचन्द्र मण्डलले पुनः शनिबार सहमतिको प्रयास गरिने बताए । सहज रूपमा प्रदेशसभा सञ्चालन गर्न र बजेट पास गराउन सहजकर्ताको भूमिकामा रहेको उनको भनाइ छ । ‘सकेसम्म विवाद नहोस्, सबैको सहमतिमा बजेट पारित होस् भन्ने हाम्रो चाहना छ,’सभामुख मण्डलले भने,‘तर दुवै पक्षको आफ्नै अडान छ त्यही भएर समय लागेको छ ।’

मुख्यमन्त्री सतिशकुमार सिंह राष्ट्रिय योजना आयोगको बैठकमा काठमाडौं जान लागेका छन् । शनिबार आएपछि पुनः बैठक बसेर विवाद टुंगो लगाउने बताए । तर, प्रतिपक्षको पनि नियत ठीक नभएको मुख्यमन्त्री सिंहले आरोप लगाए । ‘कार्यदल गठनमा प्रतिपक्षको तीन जना र सत्तापक्षको दुई जना राख्ने सहमति भएको थियो,’मुख्यमन्त्री सिंहले भने,‘अब त्यही अनुसार नाम दियौं । फेरि डिस्टर्ब गर्ने हिसाबले प्रतिपक्षले बखेडा गरिरहेको छ ।’ यो छानबिन समिति नभई कार्यदल बनेको हुनाले धेरै आलटाल नगर्नुपर्ने उनको भनाइ छ । असार मसान्तभित्र बजेट पारित गराउनु पर्ने कानुनी प्रावधान छ । सरकार अबको बैठकमा प्रतिपक्षलाई पेलेरै भए पनि बजेट पारित गराउने तयारीमा छ ।

सभामुख मण्डलले बिहीबार घोषणा गरेको कार्यदलमा मण्डल स्वयं संयोजक, नेकपा एकीकृत समावादीका प्रमुख सचेतक कनिश पटेल, जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादव, माओवादीका सांसद जवाहरलाल कुशवाहा, कांग्रेस संसदीय दलका नेता कृष्णा यादव र नेकपा एमाले संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव सदस्य रहेका छन् । साभार : इकान्तिपुर


प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  २१:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्