Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • वीरगंजमा पानी संकट समाधान गर्न मन्त्री यादवको क्विक रेसपोन्स, वीरगंजवासी हर्षित
वीरगंजमा पानी संकट समाधान गर्न मन्त्री यादवको क्विक रेसपोन्स, वीरगंजवासी हर्षित
Terai Report
Terai Report शनिबार, असार २८, २०८२

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिकाका पानी संकटग्रस्त क्षेत्रको अनुगमन भ्रमण गरेको तीन दिन नबित्दै ५० भन्दा बढी स्थानमा डिप बोरिङ जडानको कार्य अघि बढेको छ। मन्त्री यादवले दुईदेखि तीन दिनभित्र पानीको समस्या समाधान गर्ने प्रतिवद्धता गरे अनुसार डिप बोरिङको कार्य अघि बढाएपछि महानगरवासी हर्षित भएका छन्।

महानगरपालिकाको वडा नं. ११ विद्यापति टोल, वडा नं. १३ राधेमाई, वडा नं. १४ बौधीमाई, वडा नं. २१ परवानीपुर तत्वाटोल, वडा नं. २१ कोरिया टोल, वडा नं. २४ रामगढवा मनमोहन टोल लगायतका क्षेत्रमा डिप बोरिङ गरी पाइपलाइनमार्फत खानेपानी वितरणको कार्य अन्तिम चरणमा पुगेको मन्त्रीका स्वकीय सचिव हरेन्द्र साहले बताए। उनले बाँकी स्थानहरूको पनि अध्ययन र अवलोकन भइरहेको र पानी समस्या समाधानका लागि मन्त्री ज्यु गम्भीरताका साथ काम गरिरहेको जानकारी दिए।

WhatsApp-Image-2025-07-12-at-3.42.35-PM-1752323224.jpeg
पानीको चरम संकट भइरहेका बेला मन्त्री यादव स्वयं बस्ती बस्ती, टोल टोलमा पुगेर तत्कालै समस्या समाधान गरेपछि वीरगंजवासी खुशी हुन थालेका छन्। महानगरपालिकाको ट्र्याक्टरमार्फत पानी वितरण भइरहेको विद्यापति टोलका युवा सुनिल महतोले “जनताको दुःखसुखमा काम लाग्ने मन्त्री प्रदीप यादव हुनुहुन्छ” भन्दै सराहना गरे।

त्यस्तै, रामगढवा मनमोहन टोलकी मिरा देवी कुर्मीले मन्त्री यादव आउनुभएको तीन दिन नबित्दै डिप बोरिङको काम सुरु भएको भन्दै “मन्त्रीले जनताको समस्या तत्कालै सम्बोधन गर्नु भएकोमा धन्यवाद व्यक्त गर्छु” भनिन्।

वीरगंजमा पानीको चरम संकट रहेको चर्चा गर्दै उनले सिर्सिया नदी सफा भएमा नुहाउन, गाईवस्तु नुहाउने र लुगा धुने समस्यामा सहजता हुने बताइन्। उनले नदी सफाइ अभियानमा मन्त्री, मेयर, वडा अध्यक्ष र स्थानीय महिला पुरुष सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिइन्।

WhatsApp-Image-2025-07-12-at-3.41.57-PM-1752323261.jpeg
खानेपानीको अभाव भएपछि मन्त्री यादवले वीरगंज महानगरपालिका क्षेत्र नं. १ र २ का विभिन्न वडाहरूमा स्थलगत अनुगमन गर्दै मंगलबार र बुधबार छलफल, अन्तरक्रिया र स्थानीय जनप्रतिनिधिहरूसँग भेटघाट गरेका थिए। दीर्घकालीन समस्या समाधानका लागि नीतिनिर्माण गरी ठूला परियोजना अघि बढाउने र तत्काल समाधानका लागि डिप बोरिङ, ट्यांकरलगायतका उपाय अपनाउने प्रतिबद्धता मन्त्री यादवले जनाएका थिए।

मन्त्री यादवले असार मसान्तभित्र खानेपानी संस्थानको पाइपलाइन नभएका क्षेत्रहरू पहिचान गरी १०० भन्दा बढी स्थानमा डिप बोरिङमार्फत पानी वितरणको व्यवस्था मिलाइसकेको र थप ४० देखि ५० ठाउँमा डिप बोरिङ जडानको निर्देशन दिएको जानकारी दिए। उनले पर्सा र अन्य पालिकामा समेत पानीको समस्या देखिएकाले आफू गम्भीरताका साथ काम गरिरहेको बताए।
“कुनै पनि नेपालीलाई खानेपानीको समस्या हुन नदिने मेरो प्रतिबद्धता हो,” मन्त्री यादवले बताए।

WhatsApp-Image-2025-07-12-at-3.41.53-PM-1752323292.jpeg
 


प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्