Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • ओली सरकारलाई‍ दिएको समर्थन उपेन्द्र यादवले फिर्ता लिए, राष्ट्रिय सभामा सरकार अल्पमतमा
ओली सरकारलाई‍ दिएको समर्थन उपेन्द्र यादवले फिर्ता लिए, राष्ट्रिय सभामा सरकार अल्पमतमा
Terai Report
Terai Report बुधबार, असार ३२, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिएको समर्थन उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले फिर्ता लिएको छ । 

जसपा, नेपालको बुधबार बसेको संसदीय दलको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सांसद प्रकाश अधिकारीले जानकारी दिए । सरकारलाई समर्थन गर्ने दलहरूलाई चाहिएको बेला मात्रै केही विषयमा सोध्ने नत्र कुनै वास्ता नगर्ने तथा पार्टीले उठाएका मुद्दामा पनि प्रधानमन्त्रीबाट सकरात्मक प्रतिक्रिया नआएपछि समर्थन फिर्ता लिने निर्णय भएको अधिकारीले बताए ।

समर्थन गरेका दलहरूलाई समेत सरकारले गरेका गलत काम र निर्णयको अपजस आइलागेकाले पनि सत्तारुढ गठबन्धनबाट हट्नुपर्ने निर्णयमा पुगिएको अधिकारीले बताए । 'सरकारले कामै गरेको छैन, हामी समर्थन गरेर मात्रै के गर्ने ? भन्ने निष्कर्षमा पुगियो,' अधिकारीले भने, 'हामीले समर्थन फिर्ता लिने भनेपछि सरकार र गठबनधनको नेतृत्वले चासो देखाएको थियो अनि छलफलमा बोलायो । तर, हामीलाई समर्थन मात्रै गरिराख्न भन्ने, हाम्रा एजेन्डामा कुनै सम्बोधनको सम्भावना नदेखिएपछि समर्थन फिर्ता लिने निर्णय गरेका हौँ ।'

गठबन्धन निर्माणका बेला प्रतिबद्धता गरेको संविधान संशोधनको कुनै पहल नगरेको, सुशासनमा दिनदिनै कमजोर बन्दै गरेको र भ्रष्टाचार मौलाएको कारण पनि समर्थन फिर्ता लिने निर्णयमा पुगिएको अधिकारीले बताए । 'सरकारको सुशासन अवस्था कमजोर छ, महँगी उस्तै छ, कुनै तहमा सुधार छैन । सरकारले गर्ने गलत काम र निर्णयको दोष भने समर्थन गर्ने दलहरूलाई पनि आइरहेको देखियो,' उनले भने ।

त्यस्तै, भूमि अध्यादेश जसपा, नेपालले अस्वीकार गरेको थियो । तर, अहिले विधेयक ल्याउँदा अध्यादेशमा राखिएका व्यवस्था यथावत राखेर ल्याएको पनि अधिकारीले बताए । जसको कारण पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइएको उनको भनाइ थियो । 'भूमि विधेयक त्यस्तै छ । भूमि अध्यादेशमा विरोध गरेका थियौं, तर जस्ताको तस्तै व्यवस्था राखेर विधेयक ल्याएपछि हामी समर्थन गर्न सक्दैनौं भनेका हौं,' अधिकारीले भने ।

प्रतिनिधिसभामा जसपा, नेपालका पाँच सांसद छन् । राष्ट्रिय सभामा यो पार्टीका तीन सांसद छन् । प्रतिनिधिसभमा जसपा, नेपालले समर्थन फिर्ता लिँदा सरकारलाई केही प्रभाव नपर्ने भएपनि राष्ट्रिय सभामा भने असर पर्नेछ । राष्ट्रिय सभामा जसपा, नेपालले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा पर्नेछ ।

५९ सदस्यीय राष्ट्रिय सभामा सरकारको पक्षमा कांग्रेसका १६, एमालेका १०, लोसपा १ र मनोनित १ सांसद मात्रै छन् । यसरी राष्ट्रिय सभाको सत्तापक्षमा २८ सांसद मात्रै छन् । यसअघि जसपा, नेपालले समर्थन गर्दा ३१ सांसद थिए ।

अब राष्ट्रिय सभाको विपक्षमा बहुमत हुने भएको छ । माओवादीका १७, एकीकृत समाजवादीका ८, जसपा, नेपालका ३, मनोनित १ र जनमोर्चाका १ गरी ३० सांसद विपक्षमा हुने भएका छन् । यसमा राष्ट्रिय सभाका अध्यक्षलाई जोडिएको छैन । सरकारको सिफारिसमा मनोनितमध्ये एक जना राष्ट्रिय सभा अध्यक्ष छन् भने एक जना सत्ता र अर्को एक जना प्रतिपक्षमा छन् । राष्ट्रिय सभामा अल्पमतमा परेसँगै सरकारलाई विधेयक पारित गर्न सकस हुनेछ ।

यादवले समर्थन फिर्ता लिएपनि प्रधानमन्त्री केपी शर्मा ‌ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत भने लिनुपर्ने छैन । संविधानको धारा १०० (२)मा सरकारले विश्वासको मत लिने व्यवस्था गरिएको छ । जसमा लेखिएको छ, 'प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्नेछ ।' जसपा, नेपालले सरकारलाई समर्थन दिएपनि सरकारमा सहभागी थिएन । साभार : इकान्तिपुर


प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  २०:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्