Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • पर्सा प्रहरी प्रमुख गौतम मिश्र मधेश प्रदेशकै सर्वोत्कृष्ट एसपी घोषित
पर्सा प्रहरी प्रमुख गौतम मिश्र मधेश प्रदेशकै सर्वोत्कृष्ट एसपी घोषित
Terai Report
Terai Report सोमबार, साउन १२, २०८२

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्वारा आयोजित कार्यसम्पादन सम्झौता मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र मधेश प्रदेशमै सर्वोत्कृष्ट हुन सफल भएका छन्।

कार्यालयले गरेको कार्यसम्पादन सम्झौता मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय पर्सा सर्वोत्कृष्ट घोषित भएको हो । यो सफलताको श्रेय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रको नेतृत्वदायी भूमिकालाई दिइएको छ, जसले आफू हाजिर भएदेखि नै विभिन्न अभियान चलाएर पर्सामा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्।

मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले सो जानकारी गराएका हुन्। प्रहरी उपरीक्षक गौतम मिश्रको कमान्डमा पर्सा प्रहरीले ४० वटा बुँदामा केन्द्रित रहेर गरिएको कार्यसम्पादन मूल्यांकनमा ९०.१९ प्रतिशत अंकका साथ प्रथम स्थान हासिल गरेको छ। यो अवधिमा करिब ६० करोड रुपैयाँ बराबरको चोरी तस्करी र भन्सार छलीका सामान नियन्त्रण गरी कारबाहीका लागि राजस्व तथा भन्सार कार्यालयमा बुझाइएको छ।

फरार प्रतिवादी पक्राउमा पनि पर्सा प्रहरीले उल्लेख्य सफलता पाएको छ। विभिन्न अदालतबाट फैसला भई फरार रहेका १ हजार ५ सय ११ जना प्रतिवादीलाई पक्राउ गरिएको छ। यसबाट फैसला कार्यान्वयनतर्फ ७३ वर्ष २ महिना कैद र ३ करोड ५५ लाख १२ हजार ९ सय ५६ रुपैयाँ जरिवाना असुल उपर भएको छ।

लागुऔषध नियन्त्रणमा पनि पर्सा प्रहरीले कीर्तिमानी काम गरेको छ। ठूलो परिमाणमा ३१९ केजी चरेससहित ट्रक र अभियुक्त पक्राउ परेका छन् भने कुल ६२४ केजी चरेस, १,५६१ केजी गाँजा, १ केजी ५९० ग्राम अफिम लगायतका विभिन्न लागुऔषधसहित १५३ जना कारोबारी पक्राउ परेका छन्।

मानव बेचबिखन विरुद्ध पनि जिल्ला प्रहरी कार्यालयले कडा रूपमा प्रस्तुत भई १२ वटा मुद्दा दर्ता गरी १३ जना अभियुक्तलाई कारबाही गरेको छ। कर्तव्य ज्यान जस्ता गम्भीर प्रकृतिका मुद्दामा संलग्न प्रतिवादी पक्राउ तथा सफल अनुसन्धानमा पनि पर्सा प्रहरी अब्बल देखिएको छ। प्रहरी उपरीक्षक मिश्रले कार्यालयको भौतिक संरचनालाई व्यवस्थित र सौन्दर्यीकरण गरी प्रहरीको मनोबल उच्च राख्न विभिन्न गतिविधि सञ्चालन गरेका छन्।

धार्मिक सद्भाव कायम राख्न पनि उनको भूमिका प्रशंसनीय छ। हनुमान जयन्ती, गहवामाई रथ यात्रा तथा मुस्लिम समुदायका मोहरम जस्ता पर्वहरूमा योजनाबद्ध प्रहरी परिचालन गरी शान्ति सुरक्षामा कुनै खलबल आउन नदिई उनले सक्षम कमान्डरको उदाहरण प्रस्तुत गरेका छन्। २०७७ सालदेखि सुरु गरिएको कार्यसम्पादन सम्झौता र मूल्यांकनमा पर्सा जिल्ला पहिलो पटक विजेता बन्न सफल भएको हो।


प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १८:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्