Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • पानीको श्रोत खोज्दै चुरे क्षेत्रमा पुग्यो वीरगन्जका मेयरसहितको टोली
पानीको श्रोत खोज्दै चुरे क्षेत्रमा पुग्यो वीरगन्जका मेयरसहितको टोली
Terai Report
Terai Report शुक्रबार, साउन १६, २०८२

रौतहट । करिब दुई महिनादेखि सुख्खा खडेरीको कारण वीरगन्जमा पानीको हाहाकार मच्चिएपछि महानगरले विज्ञ टोली लिएर पानीको मुहान खोज्न चुरे क्षेत्र सम्म पुगेको छ । 

सुख्खा खडेरीको कारण भू-जल सतह घटेर वीरगन्जमा खानेपानीको संकट देखा परेपछि दीर्घकालीन रूपमै समस्या समाधानका निमित्त वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पानीको  मुहान खोज्न विज्ञ सहितको टोली लिएर चुरे क्षेत्र सम्म अवलोकन गरेका छन् ।

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका विज्ञ र महानगरका प्राविधिकहरू सम्लित टोली लिएर मेयर सिंहले बाराको अमलेखगन्ज चुरे क्षेत्र हुँदै भेडाहा खोला सम्म स्थलगत अवलोकन गरेका छन् । बारा अमलेखगन्जमा रहेको कर्मकुमारी खानेपानी आयोजनाले चुरे क्षेत्रबाट पानीको स्रोत संकलन गरी  ८ सय बढी भन्दा बढी घर धुरीलाई  दैनिक करिब २४ लाख लिटर खानेपानी वितरण गर्दै आएको छ ।

चुरे फेदिमै रहेका बाराको अमलेखगन्ज स्थिति बस्तीमा विगतमा वीरगन्ज जस्तै खानेपानीको चर्को समस्या हुन्थ्यो ।  जब अमलेखगन्ज कर्मकुमारी खानेपानी आयोजनाले चुरे क्षेत्र भएर बग्दै गरेको पानीको मुहान संरक्षण गरी  सहज रूपमै खानेपानीको आपूर्ति गर्दै आएको छ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका विज्ञ र महानगरका मेयर सिंह सहितका टोलीले बिहीबार उक्त खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्दै त्यहाँका  उपभोक्तासँग छलफल गरेका छन् ।

मेयर सिंहसहितको विज्ञ टोलीले वीरगन्ज महानगरको वडा नम्बर ३१ बेल्वास्थित भेडाहा खोलाको समेत स्थलगत अवलोकन गरेका छन् । अमलेखगन्जमा चुरे क्षेत्र बाट बग्ने पानीको श्रोत संरक्षण गरेर वस्तिमा खानेपानीको सहज आपूर्ति भइरहेको मोडल मै भेडाहा खोलाको पानी पनि संरक्षण गरेर वीरगन्जमा पानीको समस्या  दीर्घकालीन रूपमै समाधान गर्न सकिने विज्ञहरूको कथन छ ।

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति कार्यान्वयन इकाई कार्यालय चितवनका इन्जिनियर अनिल सिन्हाले चुरे क्षेत्रको मुहान भएर बग्ने खोला र नदीबाट खेर गइरहेको पानी ठाउँ ठाउँमा ‘होल्ड’ गरी  वीरगन्जको सुक्दै गएको भूजलको सतह माथि आउन सक्ने उनको तर्क रहेको छ ।
इन्जिनियर सिन्हाले भने,‘ भेडाहा खोलामा अहिले पानी पर्याप्तमा बगेर  खेर गइरहेको छ । यदि त्यो खोलाको पानीलाई अमलेखगन्जको जस्तै ठाँउठाँउमा होल्ड गर्‍यो  भने जमिन मुनि पानीको रिचार्ज  आपसे आप हुन्छ । त्यसले वीरगन्ज क्षेत्रमा भूजलको सतह माथि आउँछ । अनि अहिले देखिएको पानीको संकट स्वतः समाधान हुन्छ ।

वीरगन्जबाट करिब ८ किलोमिटर दुरीमा रहेको भेडाहा खोलामा ठाउँ ठाउँमा पानी होल्ड गर्ने २०÷२५ वटा संरचना र खोला छेउमा पोखरी बनाउन आवश्यक रहेको बताए  । चुरे क्षेत्र हुँदै बग्ने खोलाको पानी जति होल्ड गर्न सकियो वीरगन्ज क्षेत्रका जमिनमुनि त्यति नै धेरै पानी रिचार्ज हुन्छ । बाराको अमलेखगन्जको जस्तो टेक्नोलोजी पर्साको भेडाहा खोलमा अपनाउन जरुरी देखिन्छ ।

भेडाहा खोलामा पानी होल्ड गर्ने अन्डर ग्राउन्ड संरचना बनाएर  पानी पाइप मार्फत खोला छेउको पोखरीमा लगेर भर्नुपर्छ । पानी होल्ड गर्ने संरचना बनाउनका लागि यसअघि नै आफूहरूले भेडाहा खोलामा अनुगमन गरिसकेको बताए ।

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डाक्टर किरण पौडेलले वीरगन्ज र आसपासका क्षेत्रमा देखा परेका खानेपानीको हाहाकार दीर्घकालीन रूपमा समाधान गर्नका लागि वीरगन्ज आसपास क्षेत्रको जमिनमुनि पानीको पुर्नभरण आवश्यक रहेको बताए ।  चुरे क्षेत्रका खोलाको पानी होल्ड गरेर भूजलको सतह बढाउनु पर्ने बताए  ।

वीरगन्ज महानगरका मेयर सिंहले वीरगन्जमा विगत तीन वर्ष यता गर्मीका बेला चापाकलहरु सुकेर खानेपानीको हाहाकार हुदैं आएको प्रतिक्रिया दिए । यसपालि देखि उक्त समस्याले झन् विकराल रूप लिएको बताउँदै मेयर सिंहले यसका दीर्घकालीन समाधानको उपाय खोजीका लागि चुरे क्षेत्रमा पर्ने अमलेखगन्ज र भेडाहा खोलाको निरीक्षण गरिएको बताए ।

वीरगन्जमा करिब तीन लाखा मानिस खानेपानीको अभाव झेलिरहेका छन् । महानगरले टोल टोलमा डीप बोरिङ गाडेर र तथा ट्यांकर मार्फत पानीको आपूर्ति गरिरहे पनि त्यो दीर्घकालीन रूपमा समस्याको समाधान गर्न सकेको छैन ।  दीर्घकालीन समाधान भनेको जमिनमुनि पानीको पुर्नभरण नै भएकाले त्यसैका लागि चुरे क्षेत्रको निरीक्षण गरिएको मेयर सिंहले बताए ।

निरीक्षणका क्रममा विज्ञ र प्राविधिकहरूले भेडाहा खोलामा पानी होल्ड गर्ने अन्डरग्राउन्ड संरचना र खोला छेउमा पोखरी बनाउन सङ्घ, प्रदेश र स्थानीय तीन वटै सरकारको सहयोग आवश्यक रहेको उनले बताए । मदन ठाकुर / नागरिक दैनिक


प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  २०:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्