Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • बालकको शव राखेर उद्योगविरुद्ध प्रदर्शन, मृतक परिवारलाई ६ लाख क्षतिपूर्ति
बालकको शव राखेर उद्योगविरुद्ध प्रदर्शन, मृतक परिवारलाई ६ लाख क्षतिपूर्ति
Terai Report
Terai Report शनिबार, साउन १७, २०८२

बारा । जितपुरसिमरा उपमहानगरपालिका-५ स्थित सिर्सिया कुलो (बर्खी बाँध)मा डुबेर मृत्यु भएको बालकको शव उद्योगअगाडि राखेर प्रदर्शन गरिएको छ। जितपुरसिमरा उपमहानगरपालिका-५ का १३ वर्षीय बालक सन्दीप मुखियाको शव गणपति घ्यू र नन्दन घ्यू उद्योगअगाडि राखेर क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरिएको हो।  

मुखियाको मृत्यु उद्योगबाट निस्केको प्रदूषित पानीको कारणले भएको भन्दै मुखियाका आफन्तले ती उद्योगअगाडि शनिबार शव तेर्स्याएर प्रदर्शन गरे। उद्योगबाट निस्केको प्रदूषित पानी जमेको कुलोमा डुबेर छोराको मृत्यु भएको भन्दै मृतकका आमा अञ्जुले आफन्तसँगै छोराको शवसहित प्रदर्शनमा उत्रेकी थिइन्।  

गणपति घ्यू, नन्दन घ्यू, अशोक स्टिललगायतका उद्योगबाट निस्कने प्रदूषित र रसायनयुक्त पानी उक्त कुलो हुँदै बग्ने गरेको बताइएको छ। ‘ती उद्योगबाट निस्कने पानी दूषित नभएको भए मेरो छोराको ज्यान जाने थिएन,’ मृतक सन्दीपका आमा अञ्जुले भनिन्, ‘उद्योगबाट निस्केको दूषित पानीले छोराको ज्यान लियो।’  

प्रशोधन नगरी छोडिएको प्रदूषित पानीका कारण उक्त क्षेत्र अत्यन्तै दुर्गन्धित भएको स्थानीयले बताएका छन्। दुर्गन्धित र प्रदूषित पानीमा बालकको शव भेटिएपछि शव परीक्षणका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको थियो। शव परीक्षणका क्रममा बालकको मृत्यु विषाक्त पानीकै कारण भएको देखिएको छ।  

मृतकका आफन्त र स्थानीयले क्षतिपूर्तिसहित उद्योगलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रेपछि गणपति घ्यू उद्योग र नन्दन घ्यू उद्योगले तीन-तीन लाख रुपैयाँ क्षतिपूर्ति दिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। डिएसपी जोशीका अनुसार पीडित पक्ष, जनप्रतिनिधि र उद्योग प्रशासनबिच छलफलपछि उक्त क्षतिपूर्ति रकम दिइएको हो। 

बालकको शव तेर्स्याएर पीडित पक्ष उद्योगअगाडि प्रदर्शन गर्दा उद्योगी र मृतकका आफन्तलाई एकै ठाउँमा राखेर छलफलको वातावरण बनाइएको थियो। उद्योगले गरिरहेको प्रदूषणबारे बाराका सहायक प्रजिअको नेतृत्वमा टोली बनाइएको र टोलीले उद्योगको अनुगमन गरेर दिएको प्रतिवेदनको आधारमा कारबाही गरिने जोशीले बताए।  

घटनापछि जितपुरसिमरा उपमहानगरपालिकाले शनिबार उद्योगले प्रदूषित पानी छाड्ने स्थानमा डोजर लगाएको छ। सार्वजनिक जग्गामा पानी छोड्न प्रयोग गरिएको ह्युमपाइप हटाउँदै उपमहानगरपालिकाले खाल्डो पुरेको हो। उपमहानगरपालिकाले यसअघि पनि उद्योगको पर्खाल भत्काएर ह्युमपाइप हटाएको थियो। तर उद्योगले पुनः ह्युमपाइपको प्रयोग गर्दै उद्योगको प्रदूषित पानी प्रशोधन नगरी छाड्ने गरेको थियो।  

स्थानीय सरकार र स्थानीय प्रशासनलाई अटेर गर्दै आएको उद्योगका कारण स्थानीय आजित छन्। उद्योगका कारण बस्तीका नागरिक प्रभावित हुनुका साथै प्रदूषित पानीले वातावरणमा पनि असर परिरहेको छ।  उपेन्द्र यादव / नागरिक दैनिक


प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  २०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्