Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • राहतको पर्खाइमा डुबान पीडित, तथ्यांक संकलनमै सीमित सरकार
राहतको पर्खाइमा डुबान पीडित, तथ्यांक संकलनमै सीमित सरकार
Terai Report
Terai Report बुधबार, असोज २२, २०८२

जनकपुरधाम । असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाले महोत्तरीको जलेश्वर नगरपालिका–१ का सन्तोष पासवानको घर पनि डुबानमा पर्‍यो । घरभित्रको अन्नपात, लत्ताकपडा र अन्य सामग्री बगे । सन्तोष परिवारका सदस्य र केही सामानसहित भाग्ने क्रममा खुट्टामा गम्भीर चोट लाग्यो, जसका कारण अहिले हिँडडुल गर्न समेत उनलाई समस्या छ ।

‘जसै बाढी पस्यो, हामी भाग्यौं । केही पनि बचाउन सकिएन । हिँडडुल गर्न सक्दिनँ । आजसम्म कसैले राहत लिएर आएका पनि छैनन्,’ थातथलोबाट विस्थापित भएका सन्तोषले सोमबार दु:ख बाँडे । 

महोत्तरीकै एकडारा गाउँपालिका–६ बहेडाकी स्मृति मण्डलको परिवार पनि बाढीले प्रभावित भएको छ । घर डुबानमा परेपछि स्थानीयबासीले उद्धार गरी उनीसहित परिवारलाई छिमेकीको घरमा राखिदिएको छ । दशैंका लागि घर आएकी स्मृतिसहित चार छोरी र नातिनातिनासहित १३ जना परिवार अहिले छिमेकीको आश्रयमा छन् । उनीहरू छिमेकीले दिएको अन्नबाट जेनतेन गुजारा गरिरहेका छन् । ‘छिमेकिले दिएको अन्नबाट बालबालिकासहित खाइरहेका छौं । आफ्नो घर र अर्काको घरमा बस्दा अप्ठ्यारो पर्छ,’ उनले भनिन् ।

एकडारा–६ की सरिता देवी मण्डलको परिवारको अवस्था पनि त्यस्तै छ । घरमा बाढी पस्नासाथ उनीहरू ज्यान जोगाएर बाहिर भागे तर केही पनि बचाउन सकेनन् । अहिले उनी पनि छिमेकीकै घरमा शरण लिएर बसिरहेकी छन् । ‘पानी यति छिटो आयो कि केही पनि निकाल्न पाइएन । अहिले अर्काको घरमा बसेका छौं । घरमा अझै पनि पानी छ, निकै समस्या भोगिरहेका छौं,’ उनले दु:खेसो पोखिन् । 

उनीहरुजस्तै जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाका सयौं परिवार डुबानको पीडामा छन् । रातु नदीको बाढी पस्दा जलेश्वर जलमग्न बनेको थियो । अझै पनि केही स्थानमा डुबान छँदैछ ।

एकडारा गाउँपालिका–६ मा मात्रै करिब १२ परिवार बाढीको कारण विस्थापित भएका छन् । उनीहरू छिमेकीका घरमा आश्रय लिएर राहतको प्रतीक्षामा छन् । अहिलेसम्म सरकारी निकायबाट कुनै पनि सहयोग वा राहत वितरणको पहल भएको छैन ।

जलेश्वर नगरपालिकाका मेयर सुरेश प्रसाद साह सोनारले जलेश्वरका डुबान पीडितको विवरण संकलनको काम भइरहेको बताए । त्यसपछि मात्र राहत बाँड्ने उनको भनाइ छ । ‘हजारौं घरमा पानी पसेर डुबानमा छ । एउटा–दुईटा घर पनि बाँकी छैन । एकजनालाई दिने र अरुलाई दिएन भने समस्या जटिल हुन्छ,’ उनले भने, ‘विभिन्न दातृनिकायले विवरण संकलन गरिरहेको छ । हामीले पनि विवरण संकलन गरेर राहतको विषयमा काम गर्छौं ।’

एकडाडा गाउँपालिकाका उपप्रमुख महजवी खातुनले पनि तत्काल खाद्यान्न राहत दिनेबारे मंगलबार निर्णय भएको र अब किनेर वितरण गरिने बताइन् । ‘हिजै विस्थापित भएकाहरुलाई खाद्यान्न राहत दिने निर्णय भएको छ । पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बाहिर हुँदा राहत वितरणमा ढिलाइ भयो । अब चाँडै राहत वितरण हुन्छ’ उनले भनिन् ।

महोत्तरी बाढी र डुबानले २२८ घरपरिवार सदस्य विस्थापित

महोत्तरी बाढी र डुबानले २२८ घरपरिवारका सदस्यहरु विस्थापित भएको तथ्यांक छ । सबभन्दा बढी महोत्तरी गाउँपालिकाको वडा नम्बर ६ गोनरपुरकाका ७० परिवार विस्थापित भएका छन् । महोत्तरी गाउँपालिका अध्यक्ष दिलीप पाण्डेले डुबानमा परेर विस्थापित भएका परिवारहरु पानी सुकेपछि घर फर्किन थालेको बताए ।

बलवा नगरपालिका ६ तिलगढका २६ परिवार, औरही गाउँपालिका २ का २० परिवार, रामगोपालपुर नगरपालिकाको विभिन्न वडाको ७८ परिवार विस्थापित भएको प्रहरीको तथ्यांक छ ।

उनीहरु कोही छिमेक, कोही विद्यालय र सार्वजनिक दलानमा आश्रय लिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।

असोज १९ गते महोत्तरीमा रातु नदीमा आएको बाढीले बाँध भत्कार बस्ती पस्दा जलेश्वर नगरपालिका, एकडाडा गाउँपालिका, महोत्तरी गाउँपालिका, बलवा नगरपालिका र मनरा सिसवा नगरपालिका डुबानमा परेका थिए । यसका अलावा पानीको भेलले औरही नगरपालिका, रामगोपाल नगरपालिका, भंगहा नगरपालिका, बर्दिबास नगरपालिका, सम्सी गाउँपालिकाका केही ठाउँहरु पनि डुबान र बाढीबाट अछुतो रहन सकेनन् । जसको कारण जिल्ला भरिका सयौं घरपरिवार विस्थापित हुन पुगे । कतिपयको फुसको घर भत्किएको छ । अन्नपात डुब्दा र बग्दा जनजीवन कष्टकर बनेको छ । 

जलेश्वर कारागरमा अहिले पनि पानी जमेकै छ । त्यसदिन प्रहरीले बाढी र डुबानमा फसेका २२ घरपरिवारका १२२ जनालाई उद्धार गरेका थिए । महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिजाल कतिपय ठाउँमा पानी सुक्न थालेपछि विस्थापित भएका परिवार घर फर्किन थालेको बताउँछन् ।

‘डुबानको कारण विस्थापित भएको अवस्था थियो । डुबान घटेसँगै विस्तारै विस्थापितहरु आफ्नो घरमा फर्किनु भएको छ धेरै ठाउँमा’ सिडिओ रिजालले भने ‘बाँकी विस्थापितहरुको स्थानीयतहसँगै समन्वय गरेर गैर सरकारी संस्थाहरु खानेकुराको व्यवस्थापन गरिरहेका छन् । जलेश्वरमा अहिलेसम्म डुबान छ ।’

तत्कालीन रुपमा उद्धार गरेर प्रहरीले सुरक्षित स्थलमा सारे पनि विस्थापित भएका वा पूर्णरुपमा अन्नपात गुमाएका परिवारको राहतमा सम्बन्धित निकायले तदारुक नदेखाएको गुनासो छ । कतिपय विवरण संकलनकै काममा खटिरहेको अवस्था छ ।

सिडिओ रिजालले क्षतिको विवरण संकलन गरिरहेका बताउँदै पूर्णरुपमा घरमा क्षति पुगेकाहरुको आवास पुनर्निर्माण स्थानीय तहसँग समन्वय गरेर गर्ने बताए । ‘तथ्यांकहरु संकलन भइरहेको छ । जसको घर सुरक्षित छ फर्किनु हुन्छ, भत्केको छ भने त्यसको स्थानीय पालिकासँग समन्वय गरेर पुनर्निर्माण गर्छौं ।’ अनलाइनखबर


प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन शनिबार, मंसिर १४, २०८२
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई शुक्रबार, मंसिर १३, २०८२
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित बिहीबार, मंसिर १२, २०८२
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ बिहीबार, मंसिर १२, २०८२
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर बिहीबार, मंसिर ५, २०८२
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु बुधबार, मंसिर ४, २०८२
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी बुधबार, मंसिर ४, २०८२
Dibhijan Ban karyaly parsa Add Dibhijan Ban karyaly parsa Add
लोकप्रीय
  • Week
  • Month
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्