Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • रौतहटको कटहरिया नगरपालिकाका सबै वडामा तालाबन्दी,सेवाग्राही मर्कामा
रौतहटको कटहरिया नगरपालिकाका सबै वडामा तालाबन्दी,सेवाग्राही मर्कामा
Terai Report
Terai Report शुक्रबार, असोज २४, २०८२

रौतहट। लामो समयदेखि बक्यौता तलब तथा सेवा सुविधा नपाएको भन्दै रौतहटको कटहरिया नगरपालिकामा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

उनीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिँदै नगरका सबै वडा कार्यालयहरूमा तालाबन्दी गरेका छन् । 

तालाबन्दीका कारण कार्यालयले प्रदान गर्दै आएको नियमित प्रशासनिक कामकाज ठप्प भएको छ । वडा नं–८ का कर्मचारी मुकुन्द यादवका अनुसार सबै वडाका कर्मचारीहरूले सामूहिक रूपमा तालाबन्दी गर्दै कार्यालयका साँचो (चाबी) आ–आफ्नो जिम्मामा राखेका छन् ।

“हामीले बारम्बार माग राख्यौँ, तर पालिकाले बेवास्ता गर्‍यो, त्यसैले तालाबन्दी गर्नुपर्‍यो,” उहाँले भन्नुभयो ।

वडा नं–१ का करार कर्मचारी मुकेश कुस्वाहाले तलब तथा सेवा सुविधाको भुक्तानी नगरेसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

उहाँका अनुसार, यसअघि संयुक्त रूपमा नगरपालिकालाई ज्ञापन पत्र बुझाइए पनि मागप्रति कुनै गम्भीरता नदेखाइएपछि तालाबन्दी गर्न बाध्य भएका हुन् ।

नगरप्रमुख अजय प्रकाश जयसवालले भने आफू नगरपालिकामा कार्यरत स्थायी, अस्थायी, करार र ज्यालादारी सबै कर्मचारीको तलब भुक्तानी गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

“म कर्मचारीको सबै बक्यौता तलब भुक्तानी गर्न तयार छु,” उहाँले भन्नुभयो, “तर वडा अध्यक्षहरूको उक्साहटले बिना कारण तालाबन्दी गरेर जनतालाई दुःख दिइरहेका छन् ।”

नगरप्रमुख जयसवालका अनुसार कर्मचारीहरूको तलब बापतको रकम नगरपालिकाको रेड बुकमा नै छुट्टाइएको छ ।

“हामीले तलबका लागि पाँच करोड रुपैयाँ छुट्याएका छौँ,” उहाँले भन्नुभयो, “तर तलब दिन वडा अध्यक्षहरूले कर्मचारीको हाजिरी र अन्य कागजात बुझाउनु जरुरी छ ।”

उहाँले सबै वडा कार्यालयहरूलाई हाजिरी रजिस्टर, नियुक्ति पत्र, करार सम्झौता र भरपाई विवरण बुझाउन पत्राचार गरिएको जानकारी दिनुभयो । तर वडा अध्यक्षहरूले ती विवरण बुझाउने सट्टा उल्टै तालाबन्दी गरेर बसेकाले तलब भुक्तानीमा ढिलाइ भएको उहाँको भनाइ छ । जयसवालले केही वडा अध्यक्षहरूले “अस्थायी र करार कर्मचारीको तलब मेयरले खाइदिए” भन्ने गलत प्रचारबाजी गरी जनतालाई भ्रममा पार्ने प्रयास गरेको आरोप पनि लगाउनुभयो ।

उहाँले तालाबन्दीलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै भन्नुभयो, “तालाबन्दी गरेर जनताको काम रोकिनु दुर्भाग्यपूर्ण हो । यो आन्दोलन कर्मचारीको हितका लागि होइन, केही नेताको निर्देशनमा गरिएको गतिविधि हो ।” उहाँले वडा अध्यक्षहरूलाई छिटोभन्दा छिटो तालाबन्दी खोल्न र कर्मचारीको अभिलेख उपलब्ध गराउन आग्रह गर्दै भन्नुभयो, “वडा अध्यक्षहरूले जति छिटो कर्मचारीको विवरण पठाउँछन्, त्यति छिटो तलब भुक्तानी गर्नेछौँ । जनतालाई दुःख दिने काम नगरौँ, समस्या छलफलमै समाधान हुन्छ ।” 

नगरप्रमुख जयसवालका अनुसार तिहारअघि नै करार र ज्यालादारी कर्मचारीको तलब भुक्तानी गरिसक्ने योजना रहेको छ ।  

यसबारे वडा न–४ का अध्यक्ष चन्दन कुमार कुस्वाहाले कसैले कसैलाई उक्साएको नभई करारका कर्मचारीहरूले लामो समयदेखि तलब नपाएको कारण वडामा ताला लगाएको बताउनुभयो ।

“करारमा काम गरिरहेका ६५ देखि ७० जना कर्मचारीमध्ये कसैको ३२ महिना, कसैको २४ महिना र कसैको १५ महिनासम्मको तलब बाँकी छ,” उहाँले भन्नुभयो ।

“हामीले पनि सो तलब भुक्तानी गर्न नगरप्रमुख जयसवाललाई पटक–पटक आग्रह गर्दा पनि उहाँले वास्ता गर्नुभएन,” वडा अध्यक्ष कुस्वाहाले दाबी गर्नुभयो । उहाँले करारमा काम गरेका कर्मचारीहरूको विवरण, हाजिरी तथा प्रमाणित तथा सिफारिस हामी बुझाउँदै आएको बताउनुभयो । 

उहाँका अनुसार वडामा दैनिक सेवा लिन आउने नागरिकहरू निराश भएर फर्किन बाध्य भएका छन् ।

“हामीलाई पनि दिनभर सेवाग्राहीको फोन आउँछ, तर सेवा दिन सकेका छैनौँ,” उहाँले भन्नुभयो, “ताला लगाएका कर्मचारीलाई कम्तीमा दिनको दुई घण्टा कार्यालय खोल्न आग्रह गरेका थियौँ, तर उनीहरू मान्न तयार भएनन् ।”

त्यस्तै, वडा न–२ का अध्यक्ष हरिन्द्र साह कलवारले भन्नुभयो, “हाम्रो वडामा करार कर्मचारीको तलब २०–२५ महिनासम्म बाँकी छ । हामीले सबै विवरण नगरपालिकामा बुझाइसकेका छौँ । कर्मचारीलाई तलब दिन ढिलाइ हुनु पालिकाको जिम्मेवारी हो, वडाको होइन ।”

उहाँले थप्नुभयो, “तालाबन्दी हाम्रो निर्देशनमा होइन, कर्मचारीको माग र लामो समयदेखि भुक्तानी नभएको कारण भएको हो ।” 

कटहरिया नगरपालिकामा पछिल्ला वर्षहरूमा आर्थिक लेनदेन र कर्मचारी व्यवस्थापनसम्बन्धी विवाद बारम्बार सार्वजनिक हुँदै आएको छ । हालको आन्दोलनले वडा कार्यालयहरूले प्रदान गर्दै आएका प्रशासनिक सेवा पूर्ण रूपमा ठप्प भएको छ ।

वडा नं–३ का स्थानीय रामसुर्थ साहका अनुसार, “जनताको काम रोकिएको छ, झगडा कर्मचारी,मेयर र वडा अध्यक्षबिचको हो, तर दुःख जनताले पाएका छन् ।”  

कटहरियामा सुरु भएको यो आन्दोलनले स्थानीय तहको प्रशासनिक समन्वय, पारदर्शिता र जिम्मेवारीप्रतिको चेतनामा गम्भीर प्रश्न उठाएको छ ।   


प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १७:२४
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन शनिबार, मंसिर १४, २०८२
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई शुक्रबार, मंसिर १३, २०८२
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित बिहीबार, मंसिर १२, २०८२
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ बिहीबार, मंसिर १२, २०८२
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर बिहीबार, मंसिर ५, २०८२
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु बुधबार, मंसिर ४, २०८२
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी बुधबार, मंसिर ४, २०८२
Dibhijan Ban karyaly parsa Add Dibhijan Ban karyaly parsa Add
लोकप्रीय
  • Week
  • Month
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्