Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
Terai Report
Terai Report बुधबार, असोज २९, २०८२

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव प्रदीप यादवले आगामी फागुन २१ मा हुने प्रतिनिधी सभाको चुनावमा जसपाले भाग लिने बताएका छन् । जसपा पर्सा द्वारा वीरगंजको नगरसभा गृहमा आयोजित जसपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी पूर्व खानेपानीमन्त्री समेत रहेका यादवले आगामी चुनावमा भाग लिन जसपा तयार रहेको बताएका हुन् ।

565164344_1374173790743990_7191891861718831884_n-1760526881.jpg
उनले भने, अहिलेको अन्तरिम सरकार चुनाव गराउनकै लागि बनेको हो । त्यसैले सरकार इमान्दार भएर तोकिएकै मितिमा चुनाव गराओस्, जसपा चुनावमा भाग लिन तयार छ । जेनजी आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ मा तोकिएको चुनावको वातावरण बनाउनमा लाग्नुपर्नेमा उनले जोडदिए ।

पूर्वमन्त्री यादवले भने, हिन्दी फिल्म नायकको हिरो अनिल कपूरजस्तै बन्नुछ भने प्रधानमन्त्री सुशीला कार्कीले इमान्दार भएर फागुन २१ मै चुनाव गराउनु पर्छ । त्यसका लागि अहिलेदेखि नै सरकारले चुनावको वातावरण बनाउनमा लाग्नुपर्छ । राजनीतिक दलहरुलेपनि चुनावको माहौल बनाउनमा जुट्नुपर्छ । उनले चुनावको तयारीमा लाग्न जसपाका अगुवा नेताकार्यकर्ताहरुलाई निर्देशनपनि दिए । जेनजी आन्दोलनपछि मधेस र मधेसीमाथि खतरनाक प्रहार भइरहेको भन्दै उनले भने,अहिलेको राजनीतिक तरलताको मौका छोपेर संघीयतामाथि प्रहार भइरहेको छ ।केहि तत्वहरु संघीयतालाई समाप्त पार्ने कोशीश गरिरहेका छन् । त्यसका कारण संघीयतालाई जोगाउन मधेसी जनता सावधान हुन जरुरी छ ।

560189991_1374173797410656_2818370856769176088_n-1760526882.jpg
संघीयता मधेस आन्दोलनको उपज र मधेसको पहिचान भएको भन्दै उनले यसको रक्षा मधेस र मधेसीले गर्नुपर्ने बताए । उनले भने, २०७२ अघिको अवस्थामा जुन अवस्थामा मधेसी थिए फेरि त्यहि अवस्थामा मधेसीलाई फर्काउने चलखेल भइरहेको छ । तर यदि संघीयता लगायतका मधेसका मुद्धा प्रति आक्रमण भयो भने फेरि हामी सबै मधेसी एकढिक्का भई लाठी डन्टा लिएर उत्रिनुपर्छ । अहिले जेनजीको नाममा सरकारी कर्मचारीलाई धम्क्याउने, नेताहरुको राजिनामा माग्ने जस्ता अराजक गतिविधी भइरहेकाले यसलाई सरकारले नरोके मुलुक फेरि अर्को दिशामा जाने खतरा रहेको पूर्वमन्त्री यादवले बताए। त्यसका कारण जेनजीको नाममा धम्क्याउनेहरुलाई सरकारले कानुनी दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए ।

अहिले नयाँ पुस्तालाई नेतृत्व दिनुपर्छ भन्ने आवाज उठिरहेको सन्दर्भमा यादवले भने, केवल नयाँ पुस्ताले मात्रै देश बन्न सक्दैन । नयाँ पुस्तासंगै अनुभवी पुस्ताकोपनि साथपनि चाहिन्छ। नयाँ पुस्ताको जोश र बुज्रुक (अनुभवी)को होस संगसंगै रह्यो भने मात्रै देशले निकास पाउन सक्छ । जेनजीको नाममा धम्क्याएर देशको भ्रष्टाचार नियन्त्रण नहुने र देशमा सुशासनपनि नआउने भन्दै उनले भने,भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि नयाँ जनादेश चाहिन्छ । नयाँ जनादेश चुनावबाट प्राप्त हुन्छ ।

WhatsApp-Image-2025-10-15-at-4.49.05-PM-1760526923.jpeg
चुनावबाट आउने नयाँ जनादेशले बन्ने नयाँ सरकार र नयाँ नेतृत्वले मात्रै भ्रष्टचारीलाई जेल हाल्न सक्छ । सुशासन कायम गराउन सक्छ । पूर्वमन्त्री यादवले जेनजी आन्दोलनका क्रममा युवा विद्यार्थीमा माथि भएको गोली प्रहारप्रति दुःख व्यक्त गरे । जेनजी आन्दोलनको समर्थनमै आँफुले भदौं २४ को बिहानै मन्त्री पदबाट राजीनामा दिएको जिकिर उनले गरे ।आँफुसहितका नेताहरुको घर तथा सार्वजनिक सम्पतिहरुमा गरिएको लुटपाट र आगजनी गर्ने जेनजी थिए या अरु कोहि थिए ? यो कुरा कसैबाट नलुकेको उनको भनाई थियो । उनले वर्तमान सरकार संविधान सम्मत नभएपनि जेनजीको भावना र चाहना अनुसार यो सरकार बनेको बताए ।

संविधान संम्मत नहुदाँ नहुदैंपनि संविधान र लोकतन्त्रको रक्षासंगै राष्टिय एकताका लागि राष्टपति रामचन्द्र पौडेलले नागरिकको सरकार गठनका लागि निर्वाह गरेको भूमीकालाई आफ्नो सम्मान रहेको उनले सुनाए । साथै नेपालको संविधान र लोकतन्त्र रक्षा तथा शान्तिका लागि छिमेकी मुलुक भारतले खेलेको भूमीकाकोपनि उनले प्रशंसा गरे । जेनजी आन्दोलनपछि नेपाल प्रहरीको मनोबल गिरेको भन्दै जसपा उपमहासचिव यादवले नेपाल प्रहरीको गिरेको मनोबल उच्च बनाउनका लागि अहिलेको सरकारले ध्यान दिनुपर्ने बताए ।

WhatsApp-Image-2025-10-15-at-4.49.03-PM-1760526923.jpeg
उनले भने, नेपाल प्रहरीको संख्या र हातहतियार थप्नुपर्छ । सेनालाई जस्तै नेपाल प्रहरीका लागिपनि हेलिकप्टरको व्यवस्था गर्नुपर्छ। लोकतन्त्र र संविधानको रक्षा गर्दै नागरिकको सरकार गठनमा नेपाली सेनाले रचनात्मक भूमीका निर्वाह गरेको भन्दै उनले त्यसबेलाको विषम परिस्तिीमा राष्टपति, तत्कालीन प्रधानमन्त्री र सांसदहरुको सुरक्षाका लागि सेनाको भूमीका सह्रानीय रहेको बताए। जसपा पर्साका अध्यक्ष सिगासन सा तेलीको अध्यक्षतामा सम्पन्न सो भेलामा पार्टीका केन्द्रिय सदस्य तथा वीरगन्ज महानगरका मेयर राजेशमान सिंह, केन्द्रिय सदस्यहरु जनार्दन यादव, पुरुषोत्रम झा, मोहनलाल चौधरी,सलमा खातुन, मुकेश द्धिवेदी लगायतकाले पनि सम्बोधन गरेका थिए । सो कार्यक्रममा स्वागत मन्तव्य पार्टीका महानगर अध्यक्ष ईश्वर चन्द्र यादवले राखेका थिए।


प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १७:०९
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन शनिबार, मंसिर १४, २०८२
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई शुक्रबार, मंसिर १३, २०८२
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित बिहीबार, मंसिर १२, २०८२
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ बिहीबार, मंसिर १२, २०८२
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर बिहीबार, मंसिर ५, २०८२
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु बुधबार, मंसिर ४, २०८२
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी बुधबार, मंसिर ४, २०८२
Dibhijan Ban karyaly parsa Add Dibhijan Ban karyaly parsa Add
लोकप्रीय
  • Week
  • Month
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्