Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रदेशलाई अधिकार सम्पन्न र संघीयता बलियो बनाउने अपेक्षा
प्रदेशलाई अधिकार सम्पन्न र संघीयता बलियो बनाउने अपेक्षा
Terai Report
Terai Report आइतबार, चैत १५, २०८२

जनकपुरधाम । मधेश प्रदेश सभा सदस्यहरूले प्रदेशलाई अधिकार सम्पन्न र बलियो संघीयता निर्माण गर्न नवगठित सरकारसँग उच्च अपेक्षा व्यक्त गरेका छन् ।

मधेश प्रदेश सभाको आइतबार बसेको छैटौं अधिवेशनको १४औं बैठकमा बोल्दै सांसदहरूले संघीयतालाई संस्थागत गर्दै प्रदेशको अधिकार सुनिश्चित गर्न सबै दल एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।

सभाको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउन वर्तमान सरकारलाई एमालेको साथ रहने बताउँदै प्रतिशोधपूर्ण राजनीति नगर्न र कानुनअनुसार अघि बढ्न सरकारलाई सुझाव समेत दिनुभयो । साथै उहाँले वर्तमान सरकारले मधेशलाई उपेक्षा गरेको आरोप समेत लगाउनुभयो । उहाँले अन्य प्रदेशको तुलनामा मधेशबाट बढी जनमत प्राप्त भएकाले सोहीअनुसार प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

यस्तै प्रदेश सभा सदस्य जयनुल राईनले प्रदेशलाई अधिकार सम्पन्न बनाउन नयाँ सरकार गम्भीर भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले बहुवर्षीय योजनाहरु अलपत्र परेको उल्लेख गर्दै ती योजनाहरू शीघ्र सम्पन्न गर्न माग समेत गर्नुभयो ।

यस्तै प्रदेश सभा सदस्य चन्दनकुमार सिंहले संघीयतालाई बलियो बनाउँदै प्रदेशको पहिचानलाई स्थायित्व दिनुपर्ने धारणा राख्नुभयो । त्यस्तै प्रदेश सांसद जिवछी कुमारी यादवले दुई तिहाइको सरकार बनेको सन्दर्भ उल्लेख गर्दै मधेशमा दाइजो प्रथाका कारण महिलामाथि हुने हिंसा अन्त्य हुनुपर्ने र महिलाले सुरक्षित अनुभूति गर्न पाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद ललिता दासले नवगठित सरकारले मधेशी दलित समुदायलाई समुचित स्थान दिनुपर्ने बताउनुभयो । उहाँले मधेशबाट मत लिएर पनि मधेशी दलितलाई अवसर नदिइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै नगठित सरकारलाई आवेगमा प्रतिक्रिया नदिन सुझाव समेत दिनुभयो ।

यसैगरी, सांसद कौशल रायले जनअपेक्षा अनुसार काम नहुँदा वर्तमान परिवर्तन आएको उल्लेख गर्दै विगतका अधुरा योजनाहरू पूरा गर्न सरकारलाई आग्रह गर्नुभयो ।

प्रदेश सांसदहरुको प्रदेश स्थापनाको आठ वर्ष पुग्दा पनि प्रदेशले पूर्णता नपाएको भन्दै भन्दै संघीयतालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न वर्तमान सरकारसँग अग्रह गरेका छन् । साथै प्रदेशलाई अधिकार सम्पन्न बनाउने दिशामा नवगठित सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता समेत औंल्याएका छन् । गोरखापत्र अनलाइन


प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १८:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्