Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘जनताको सुखदुःखमा साथ दिन्छु’
‘जनताको सुखदुःखमा साथ दिन्छु’
Terai Report
Terai Report सोमबार, चैत १६, २०८२

वीरगन्ज  । पर्सा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुशीलकुमार कानु २०७९ सालको स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिका–१० को वडाध्यक्ष पदमा निर्वाचित व्यक्ति हुनुहुन्छ । वडाध्यक्ष पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभाको निर्वाचनमा पहिलो पटक उम्मेदवारी दिएका कानु निर्वाचित हुनुभयो । 

कानुले निर्वाचनमा ३० हजार ७४० मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी पूर्वमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियालाई ११ हजार ८९० मतमै चित्त बुझाउनु परेको थियो । कानुले चौरसियालाई १८ हजार ८५० मतको अन्तरले पराजित गर्दै पर्सा निर्वाचन क्षेत्र नं. २ मा आफ्नो स्थान सुरक्षित गर्नुभएको हो  । 

स्थानीय तहमा जनप्रतिनिधिका रूपमा रहँदा कानुले नागरिकका दैनिक समस्या, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रका समस्या एवं प्रशासनिक झन्झट, समाजमा रहेका असमानता र अवसरको अभावलाई नजिकबाट नियाल्ने अवसर पाएको बताउनुभयो । उहाँले अब स्थानीय तहमा होइन नीतिगत तहमा पुगेर संरचनागत सुधार गर्नु पर्छ भन्ने सोच राखी प्रतिनिधि सभाको निर्वाचन लडेर जितेको बताउनुभयो । सांसद कानुले आफू जनताका माझमा रहेर जनताका  सुखदुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

जनताका माझमा रहेमा उनीहरूको आवश्यकता बुझिने र जनउत्तरदायी भएर काम गर्न सकिने उहाँको भनाइ छ । सांसद कानुले भन्नुभयो, “आफ्ना जनप्रतिनिधि साथमा भएपछि जनताले धेरै गुनासो गर्ने ठाउँ नै रहँदैन र जनताका समस्या सबै अवगत पनि भइहाल्छ ।” 

गोरखापत्रसँगको कुराकानीमा उहाँले विधिको शासन स्थापित गर्न, जनतालाई सेवा प्रवाहमा भेदभाव नगर्न, उद्योग, कलकारखाना सञ्चालन गराउन, सुशासन कायम राख्न र समग्र राष्ट्रको हितका लागि आफूले सदनमा सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो । सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्य संयन्त्रलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने आवश्यकता औँल्याउदै कानुनी राज्यको स्थापना गर्न आफ्नो दृढ अठोट रहेको कानुले बताउनुभयो । 

उहाँले गरिबी अन्त्यका लागि कृषि नीति बदल्दै मल, बिउ र बजारीकरणमा ध्यान दिएर कृषि क्षेत्रलाई बलियो बनाउन सकिने भन्दै यसतर्फ आफ्नो विशेष ध्यान रहने बताउनुभयो । पर्सा क्षेत्र नम्बर २ को महानगरपालिकामा पर्ने क्षेत्र सुगम नै भए पनि बहुदरमाई र पर्सागढी नगरपालिका अन्तर्गतका गाउँटोलमा सडक पूर्वाधारको अवस्था ज्यादै नाजुक रहेको भन्दै त्यसको सुधारका लागि स्थानीय तहसँग समन्वय गरी काम गर्ने उहाँको भनाइ छ ।  एकटाङ्गामा एउटा पुल २० औँ वर्षदेखि निमार्णाधीन अवस्थामा रहेको, पर्सागढीको झब्राहगाउँमा अहिले पनि इन्टरनेट नचल्ने समस्या समाधानको पहल गर्ने उहाँले बताउनुभयो । उहाँले आफू विकासनिर्माण तथा समग्र नीति निर्माणको काममा सव्रिmय रहने बताउनुभयो ।  

वीरगन्ज–१० मा रहेको आदर्श सेकेन्डरी स्कुलबाट पठनपाठन सुरु गरी त्रिजुद्ध स्कुलमा ८ कक्षासम्म, त्यसपछि पन्नालाल माविबाट एसएलसी पास गरेका कानुले वीरगन्जकै ठाकुरराम क्याम्पसबाट व्यवस्थापन सङ्कायमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको छ । आफ्नै वडाको घडीअर्वा स्पोटर््स क्लबबाट सामाजिक सेवाको यात्रा प्रारम्भ गरेका कानु पछि मात्रै राजनीतिमा आउनुभएको हो । गोरखापत्र अनलाइन


प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्