Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • बहुदरमाई नगरपालिकामा भ्रष्टाचारको आरोप: सिनियर हटाएर जुनियरबाट खाता सञ्चालन
बहुदरमाई नगरपालिकामा भ्रष्टाचारको आरोप: सिनियर हटाएर जुनियरबाट खाता सञ्चालन
Terai Report
Terai Report सोमबार, चैत १६, २०८२

वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई भ्रष्टाचार गर्नमा असहज भएको भन्दै लेखा अधिकृतलाई हटाई सहलेखापालबाट खाता सञ्चालन गराएको घटना सार्वजनिक भएको छ ।

मेयर सिंगासन साह तेली र नि.प्रमुख प्रशासकीय अधिकृत बृजकिशोर प्रसादले नियम कानुन भन्दा बाहिर गएर करिब ४०÷५० जनालाई विभिन्न पदमा नयाँ नियुक्ती, करार र डोर हाजिरीका कर्मचारीहरुलाई तलब खुवाउन दबाव दिएका थिए तर सो काम कानुन विपरीत भएको भन्दै लेखा अधिकृत रन्धिर यादवले तलब खुवाउन नमिल्ने भनि जवाफ दिएपछि लेखा अधिकृत यादवलाई वडा कार्यालयमा सरुवा गरी सहलेखापाल पप्पु कुमार चौधरीबाट खाता सञ्चालन गराएको जनाईएको छ ।

जुन ऐन विपरीतको कार्य रहेको लेखा अधिकृत यादवले गुनासो गरेका छन् । आर्थिक अपधार गर्नमा मेयर र अधिकृतलाई कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख मनोज कुमार जोशीले पूर्णरुपमा सहयोग गरिरहेको समाचार स्रोतले जनाएको छ । कुनै पनि कार्यालयमा सिनियर कर्मचारी लेखा अधिकृत हुँदा हुँदै पनि सह–लेखापालबाट खाता सञ्चालन गराउनु भनेको ऐन विपरीत रहेको र भ्रष्टाचारको गन्ध देखिएको जो कोहीले पनि सजिलै बुझन् सक्छन् ।

मेयर सिंगासन र अधिकृत बृजकिशोरले मिलोमतो गरी भ्रष्टाचार गर्न खोजे पछि लेखा अधिकृत यादवले सहयोग नगरेको भन्दै जबरजस्ती सोही पालिकाको वडा नं. ४ को सचिवमा कामकाज गर्न पठाएको पालिका स्रोतले जनाएको छ । “लेखा अधिकृत रन्धिरकुमार यादव पालिकाको आर्थिक प्रशासन शाखा प्रमुखका रूपमा कार्यरत रहनुभएकोमा, अब उपरान्त यस नगर कार्यपालिकाको मिति २०८२ चैत २ गतेको निर्णयअनुसार, यस नगरपालिका अन्तर्गत वडा नं. ४ मा वडा सचिव तथा स्थानीय पञ्जिकाधिकारीको रूपमा कामकाज गर्न खटाइएको छ।

प्रचलित ऐन–कानुन बमोजिम तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुहुन जानकारी गराइन्छ,” नगरपालिकाले यादवलाई पठाएको पत्रमा उल्लेख छ । यता, लेखा अधिकृत यादवले भने जनप्रतिनिधिले आफ्ना निकट व्यक्तिलाई पालिकामा ल्याउन खोज्दा आफूलाई ऐन विपरीत वडामा खटाइएको गुनासो गरेका छन् । यादवले भने, “मलाई दरबन्दी नभएको वडामा ऐन विपरीत जबरजस्ती पठाइएको छ । यस्तो अवस्थामा म त्यहाँ जान्नँ र अन्य निकायमा जाने तयारीमा छु ।”

उनले पालिकाका केही व्यक्तिहरूले आफ्नै स्वार्थका लागि आफूलाई वडामा खटाएको आरोप यस अनलाईन समक्ष राखेका छन् । यस्तो छ नि. प्रमुख प्रशासकीय अधिकृतको नालिबेली दोस्रो पटक यस पालिकाको नि. प्रमुख प्रशासकीय अधिकृत बनेका बृजकिशोर प्रसाद प्रशासन क्षेत्रको नभई शिक्षा क्षेत्रको (विद्यालय निरीक्षक) रहेका छन् । विवादित र भ्रष्टाचार गर्नमा माहिर मानिएका अधिकृत बृज किशोर प्रसाद २०८२ साल असार महिनामा नवलपरासी जिल्लाको पाल्हीनन्दन गापामा हुँदा त्याहाँ उनले पालिकामा सुशासन भन्दा पनि आर्थिक लाभ लिनमा लिप्त भए पछि त्यहाँका जनप्रतिनिधिहरुले उनलाई जबरजस्ती सरुवा गरेको समाचार स्रोतले जनाएको छ ।

नि. अधिकृत बहुदरमाई नगरपालिकामा २०८२ साल आषाढ १७ गते हाजिर भई भ्रष्टाचारजन्य कार्यलाई बढावा दिएको भन्दै यहाँबाट पनि भदौ २३ मा जनप्रतिनिधिहरुले नै धपाएका थिए । मेयर तेलीको स्वार्थ पुर्ती नभए पछि अधिकृत फेर्ने गरेको सो पालिकाका एक कर्मचारीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए । मेयर तेलीले बहुदरमाई नगरपालिकामा २०८२ वैशाख देखि माघ महिना सम्म (करिब १० महिनामा) ६ वटा प्रमुख प्रशासकीय अधिकृत फेरेके जनाईएको छ ।

सो अवधिमा राम विनय सिंह, अजय कुमार श्रीवास्तव, वृजकिशोर प्रसाद, सागर शाह, सिकेन्द्र प्रसाद साह र पुनः सोही भ्रष्ट प्रवृतिका अधिकृत वृजकिशोर प्रसादलाई ल्याएका छन् । मेयर तेलीले आर्थिक लाभ लिनैका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृत मन पराउने गरेको समाचार स्रोतले जनाएको छ । मेयर तेलीलाई प्रशासन फाँटका कर्मचारी मन पर्दैन, किन भने प्रशासन फाँटका कर्मचारीहरुले ऐन कानुनको बारेमो राम्ररी बुझेका हुन्छन्, भ्रष्टाचार गर्न मान्दैनन्, त्यसैले उनले अन्य फाँटका कर्मचारीलाई नै निमित्त बनाई आफ्नो दुनो सोझ्याउने गरेको ती स्रोतको भनाई रहेको छ ।


प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्