Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • लेखा कर्मचारी अभावले सेवा प्रवाह प्रभावित
लेखा कर्मचारी अभावले सेवा प्रवाह प्रभावित
Terai Report
Terai Report मंगलबार, चैत १७, २०८२

रौतहट । मधेश प्रदेश सरकारले लेखासम्बन्धी कर्मचारी व्यवस्थापन नगर्दा रौतहटका स्थानीय तह तथा प्रदेश मातहतका कार्यालयमा सेवा प्रवाह प्रभावित भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख देवीप्रसाद गौतमले यस्तो बताउनुभएको हो।

जिल्लाका १८ स्थानीय तहमध्ये राजदेवी नगरपालिका, कटहरिया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकामा लेखा हेर्ने कर्मचारी अभाव हुँदा खाता सञ्चालनमा समस्या भएको छ । ती स्थानमा अस्थायी रूपमा कर्मचारी व्यवस्थापन गर्नुपरेको र त्यसले विभिन्न जटिलता उत्पन्न गरेको गौतमको भनाइ छ ।

कतिपय पालिकामा लेखा कर्मचारी हुँदाहुँदै पनि पालिका प्रमुखको आग्रहमा अन्य कर्मचारीको नाममा खाता सञ्चालन गर्नुपरेको उहाँले बताउनुभयो । यस किसिमको विकृति अन्त्यका लागि महालेखा नियन्त्रक कार्यालयबाट स्पष्ट निर्देशन आवश्यक रहेको उहाँको भनाइ छ ।

गौर नगरपालिकामा सातौँ तहका लेखा अधिकृत हुँदाहुँदै छैटौँ तहका कर्मचारीको नाममा खाता सञ्चालन गरिएको छ । त्यहाँ कार्यरत सातौँ तहका लेखा अधिकृत सोहनकुमार यादव तीन वर्षदेखि जिम्मेवारीविहीन रहेको जनाइएको छ ।

त्यस्तै, गढीमाई नगरपालिकामा सातौँ तहका लेखा अधिकृत कामेश्वर सहनीको नाममा खाता सञ्चालन गर्न नगरप्रमुखले नमानेपछि वृन्दावन नगरपालिकाका लेखा अधिकृत सीताराम पाललाई थप जिम्मेवारी दिइएको छ ।

गरुडा नगरपालिकामा छैटौँ तहका लेखा अधिकृत कार्यरत हुँदाहुँदै संघीय सरकारका लेखापालसँग संयुक्त रूपमा खाता सञ्चालन गर्न दबाब दिइएको पनि गौतमले बताउनुभयो । यहाँ लेखा अधिकृत कुमार ठाकुरसँगै मालपोत कार्यालय गरुडाका लेखापाल सत्यनारायण सहनीको संयुक्त हस्ताक्षरबाट खाता सञ्चालन भइरहेको छ ।

महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक शोभाकान्त पौडेलका अनुसार प्रदेश सरकारले कर्मचारी व्यवस्थापन गर्न नसक्दा अस्थायी समाधानका रूपमा कतिपय स्थानमा एकै व्यक्तिलाई दुई पालिकाको जिम्मेवारी दिनुपरेको छ । साथै, प्रदेश मातहतका कार्यालयमा समेत सङ्घीय कर्मचारी खटाउनुपरेको उहाँले बताउनुभयो ।

यसैबिच, मधेश प्रदेश सरकारका कामु मुख्य सचिव कमलप्रसाद भट्टराईले आवश्यक विवरण नदिने स्थानीय तहका कारण कर्मचारी पदपूर्तिमा समस्या भएको बताएका छन् । रिक्त दरबन्दी विवरण लुकाउने पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गर्नुपर्ने उहाँको भनाइ छ । आवश्यकता अनुसार माग आएमा प्रदेश सरकारले लेखा कर्मचारी खटाउन तयार रहेको उहाँले स्पष्ट पार्नुभयाे । गोरखापत्र अनलाइन


प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  ०९:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्