Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
Terai Report
Terai Report सोमबार, जेठ ४, २०८३
फाइल तस्बिर ।

वीरगञ्ज । औद्योगिक तथा व्यापारिक नगरी पर्सामा १४ हजार १५६ वटा प्रतिष्ठानमा आर्थिक गणना सकिएको छ । तथ्याङ्क समन्वय कार्यालय वीरगञ्जले यहाँका २३ हजार ३०० प्रतिष्ठानको आर्थिक गणना गर्ने लक्ष्य राखेकामा अहिलेसम्म ६१ प्रतिशत मात्रै आर्थिक गणना भएको जनाएको हो ।

तथ्याङ्क समन्वय कार्यालय वीरगञ्जका प्रमुख पुस्कर बिजुक्छेले पर्सामा रहेका ठूला औद्योगिक प्रतिष्ठानले आर्थिक गणनामा अपेक्षाकृत ढङ्गले सहयोग नगरेका गुनासो गर्नुभयो । उहाँले वीरगञ्जका केही प्रतिष्ठानमा सडक विस्तारको क्रममा असर पारेकाले तथ्याङ्क सङ्कलनमा समस्या भइरहेको बताउनुभयो । 

“जिल्लामा ६६ जना गणक आर्थिक गणनाका लागि खटिनुभएको छ । प्रतिष्ठानहरूले आवश्यक समन्वय गरेर तथ्याङ्क उपलब्ध नगराउँदा भने तथ्याङ्क प्राप्तिमा समस्या भइरहेको छ”, प्रमुख बिजुक्छेले भन्नुभयो, “यही जेठ ७ गते समीक्षा बैंठक राखेर तथ्याङ्क उपलब्ध नगराउने प्रतिष्ठानको सूची बनाएर आवश्यक निर्णय लिइनेछ ।” 

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आर्थिक गणनामा तथ्याङ्क उपलब्ध नगराउने प्रतिष्ठानको सूची पठाउनका लागि अनुरोध गर्नुभयो । “सरकारले सुरु गरेको आर्थिक गणनामा सबै औद्योगिक तथा प्रतिष्ठानले आवश्यक तथ्याङ्क उपलब्ध गराउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “आर्थिक गणकलाई आवश्यक तथ्याङ्क उपलब्ध नगराउनेहाई कानुन बमोजिम आवश्यक कदम चालिनेछ ।”

राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत जिल्ला आर्थिक गणना कार्यालय पर्साले गणना कर्मचारीहरू खटाएर विसं २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म प्रत्येक उद्योग, व्यापार व्यवसाय, शैक्षिक प्रतिष्ठान, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था, सेवा प्रदायक अन्य विभिन्न प्रकारका सङ्घसंस्था तथा कार्यालय, प्रतिष्ठानहरूमा तथ्याङ्क सङ्कलन गरिरहेको छ ।

प्रजिअ दाहालले आ-आफ्नो प्रतिष्ठानका क्रियाकलापसम्बन्धी सत्य, तथ्य विवरण उपलब्ध गराई राष्ट्रिय आर्थिक गणना, २०८२ सफल पार्नका लागि आवश्यक सहयोग र समन्वय गरिदिन सबैसँग अनुरोध गर्नुुभयो । 

“यो राष्ट्रव्यापी कार्यमा स्थानीय तह, उद्योग वाणिज्य सङ्घलगायत सबै सरोकार भएका निकायलाई सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ”, उहाँले भन्नुभयो, “तपाईंहरूले उपलब्ध गराउने विवरण कर प्रयोजन वा अन्य कुनै पनि निकायमा प्रमाणका रूपमा पेस नगरिने र तपाईंहरूले दिनुभएको विवरण तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य रहने कानुनी व्यवस्था छ । अतः ढुक्क भएर आफ्नो व्यवसाय र प्रतिष्ठानको सही र पूर्ण विवरण दिनुहुन सबै सरोकार भएका निकायमा अनुरोध गरिन्छ ।”

यहाँ आर्थिक गणना सुपरीवेक्षणको लागि नौ जना गणक खटिएका छन् । प्रशासनले प्रतिष्ठान र व्यवसायको जानकारीले देशको आर्थिक नीति निर्माण र आर्थिक योजना तर्जुमा कार्यमा ठूलो सहयोग पुग्ने जनाएको छ । आर्थिक गणनामा दर्ता भएका वा नभएका, स्थायी वा अस्थायी सबै प्रकारका आर्थिक गतिविधि गर्ने प्रतिष्ठान र व्यवसायले यो गणनामा भाग लिन सक्ने बताइएको छ । रासस


प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  २२:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने
पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्