बारा । औषधी व्यवस्था विभाग शाखा कार्यालय वीरगन्जले औषधी ऐनविपरीत काम गर्ने ५६७ वटा फार्मेसी पसलको दर्ता खारेज गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि जेठ मसान्तसम्म सञ्चालन गरेको अनुगमन तथा निरीक्षणका क्रममा औषधी ऐनविपरीतको क्रियाकलाप गर्दै आएका सो सङ्ख्याका फार्मेसी पसलको दर्ता खारेज गरिएको औषधी व्यवस्था विभाग शाखा कार्यालय वीरगन्जका प्रमुख शम्भु शाहले जानकारी दिनुभयो ।
मधेश प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र बागमती प्रदेशको मकवानपुर, चितवन र सिन्धुली गरी नौ जिल्लामा औषधी व्यवसायको नियमन तथा अनुगमन गर्दै आएको यस कार्यालयले अनुगमनका व्रmममा ऐनविपरीतको व्रिmयाकलाप गरेको देखेपछि फार्मेसी पसलको दर्ता खारेज गरेको कार्यालय प्रमुख शाहले बताउनुभयो । उहाँका अनुसार अनुगमनका व्रmममा दर्ता नै नगरी सञ्चालनमा रहेका १३ अस्पताल र ४८ फार्मेसी पसल गरी ६१ वटा स्वास्थ्य संस्था तथा व्यवसाय फेला परेका छन् । ती संस्थालाई कानुनी प्रव्रिmया अनुसार कारबाही तथा जरिबानाको दायरामा ल्याइएको छ ।
त्यस्तै १० वटा थोक औषधी विव्रmेता, २० वटा अस्पताल र ९८ वटा औषधी पसल गरी १२८ स्थानमा इजाजतपत्र प्राप्त व्यक्तिको सट्टा अन्य व्यक्तिले व्यवसाय सञ्चालन गरिरहेको भेटिएको कार्यालयका सूचना अधिकारी रजिना श्रेष्ठले बताउनुभयो । उहाँको अनुसार अनुगमनका व्रmममा नेपालमा सूचीकृत नभएका औषधीसमेत बिक्रिवितरण भइरहेको पाइएको छ । चार वटा थोक औषधी पसल, ११ वटा अस्पताल र ४३ वटा औषधी पसल गरी ५८ स्थानमा यस्ता औषधी फेला परेपछि जफत गरी कानुनी कारबाही प्रव्रिmया अघि बढाइएको उहाँले बताउनुभयो ।
शाखा कार्यालयमा हालसम्म ७७१ वटा औषधी पसल दर्ता भएका छन् भने दुई हजार १९२ वटा पसलको नवीकरण गरिएको छ । निरीक्षणका व्रmममा ३३ प्रकारका लागु तथा मनोद्दीपक औषधी, १३ प्रकारका उचित तापव्रmममा नराखिएका भ्याक्सिन, १२ प्रकारका म्याद नाघेका औषधी तथा १२ प्रकारका ‘फिजिसियन स्याम्पल’ औषधी फेला परेको छ ।
कानुन तथा मापदण्ड उल्लङ्घन गर्ने तीन वटा थोक औषधी पसल, १२ वटा अस्पताल र ६२ वटा औषधी पसल गरी ७७ संस्थालाई निलम्बन गरिएको छ । यसै गरी ३५ वटा अस्पताल र ३२ वटा औषधी पसल बन्द गरिएको कार्यालयका फार्मेसी निरीक्षक रवि चौधरी थारूले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निलम्बन र बन्द गरिएको औषधी पसलले आफ्नो प्रव्रिmया पूरा गरेपछि मात्र पुनः सञ्चालनमा आउने छन् ।” उहाँका अनुसार औषधी बिव्रmीवितरण मापदण्डविपरीतका गतिविधिसम्बन्धी प्राप्त ५५ वटा उजुरीमध्ये ३९ वटा फस्र्योट भइसकेको तथा तीन वटा मुद्दा अदालतमा विचाराधीन रहेका छन् भने थप आठ वटा मुद्दा दर्ता प्रव्रिmयामा रहेका छन् ।
गत आवको तुलनामा यस वर्ष अनुगमनको दायरा र कारबाही दुवै बढेको देखिएको छ । गत वर्ष १८९ वटा फार्मेसीको दर्ता खारेज गरिएको थियो भने ३७७ नयाँ दर्ता र दुई हजार ५०४ नवीकरण भएका थिए । त्यस अवधिमा १६ वटा अस्पताल र ७६ वटा औषधी पसल गरी ९२ वटा संस्था दर्ताबिनै सञ्चालन भएको भेटिएका थिए । त्यस्तै गत वर्ष दुई वटा थोक विव्रmेता, आठ वटा अस्पताल र ११२ वटा औषधी पसल गरी १२२ पसल निलम्बन भएको थियो । थोक विव्रmेता, अस्पताल तथा औषधी पसलबाट असुल गरिएको जरिबाना, दण्ड र नवीकरण शुल्कबाट ७९ लाख ७८ हजार ८७७ रुपियाँ राजस्व सङ्कलन भएको थियो । गोरखापत्र अनलाइन