Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
अर्थ - वाणिज्य
  • Home
  • अर्थ - वाणिज्य
  • सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग
सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग
Terai Report
Terai Report शुक्रबार, भदौ १९, २०८३

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संगठनका तर्फबाट १५ करोड ५० लाख रुपियाँ जम्मा गर्ने भएको छ । कर्मचारीको तलबबाट रकम कट्टा गरी उक्त कोषमा जम्मा गरिनेछ ।यसैगरी, बाढीमा परी मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई तत्काल २५ लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय गरिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ ।

राहत कोषमा योगदानका लागि सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरूले १५ दिनको, नायब महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिनको, उपरीक्षक, नायब उपरीक्षक र निरीक्षकले १० दिनको, जुनियर अधिकृतले सात दिनको, वरिष्ठ हवल्दारदेखि जवानसम्मले पाँच दिनको तथा सशस्त्र प्रहरी परिचरले तीन दिनको तलबबराबरको रकम योगदान गर्नेछन् ।

बिओपी टिमुरे र सुरक्षा बेस मैलुङमा कार्यरत रही सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरी कर्मचारीको हकमा भने तलबबाट रकम कट्टा गरिने छैन । बाढीमा परी मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई राष्ट्रसेवकका तर्फबाट तत्काल १५ लाख रुपियाँ, ‘सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवाला–आश्रित परिवारलाई उपलब्ध गराउने राहतसम्बन्धी कार्यविधि, २०७९’ बमोजिम पाँच लाख रुपियाँ तथा ‘सशस्त्र प्रहरी बल, नेपाल विपद् प्रकोप राहत कोष सञ्चालनसम्बन्धी मापदण्ड, २०८१’ बमोजिम पाँच लाख रुपियाँ गरी कुल २५ लाख रुपियाँ तत्काल उपलब्ध गराउने निर्णय भएको छ ।

यसका साथै मृतक कर्मचारीले कल्याण कोषबाट लिएको ऋणको भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने निर्णय गरिएको छ । मृतक कर्मचारीका सन्ततिलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्मको अध्ययनका लागि शैक्षिक शुल्क छुट गर्ने निर्णयसमेत गरिएको छ ।

बाढीका कारण सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति एक लाख रुपियाँ राहतस्वरूप तत्काल उपलब्ध गराइनेछ । सोही बाढीका कारण मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीको स्मृतिमा संगठनका तर्फबाट उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने निर्णयसमेत भएको छ ।

मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका एक–एक जना सदस्यलाई सीपमूलक तालिम प्रदान गरिनेछ । सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल पाँच जना सशस्त्र प्रहरी कर्मचारीलाई राहतस्वरूप जनही ५० हजार रुपियाँ तत्काल उपलब्ध गराउने निर्णय गरिएको छ ।

यसैगरी बाढी प्रभावित अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा एक लाख रुपियाँ, घरबारविहीन भएमा एक लाख रुपियाँ तथा आंशिक रूपमा भौतिक संरचनामा क्षति पुगेका र घाइतेलाई ५० हजार रुपियाँसम्म तत्काल उपलब्ध गराउने निर्णय गरिएको सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।


प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  १०:४४
प्रतिक्रिया दिनुहोस्
20 20
थप अर्थ - वाणिज्य
नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा झर्ने
नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा झर्ने बुधबार, असोज २१, २०८३
साइबर सुरक्षा कमजोर हुँदा नेप्सेको कारोबार ठप्प
साइबर सुरक्षा कमजोर हुँदा नेप्सेको कारोबार ठप्प मंगलबार, असोज ६, २०८३
बिजुली बेचेर नेपालले कमायो ५ अर्बभन्दा बढी रुपियाँ
बिजुली बेचेर नेपालले कमायो ५ अर्बभन्दा बढी रुपियाँ आइतबार, असोज ४, २०८३
नेपाल-भारतबीचको कूटनीतिक सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाइने : अर्थमन्त्री वाग्ले
नेपाल-भारतबीचको कूटनीतिक सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाइने : अर्थमन्त्री वाग्ले आइतबार, असोज ४, २०८३
वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन
वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन आइतबार, असोज ४, २०८३
पच्चिस अर्बले बढ्यो राजस्व
पच्चिस अर्बले बढ्यो राजस्व शुक्रबार, असोज २, २०८३
Add Add
लोकप्रीय
  • Week
  • Month
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, चीनले आपतकालीन प्रतिक्रिया थाल्यो
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, चीनले आपतकालीन प्रतिक्रिया थाल्यो
पर्साको राजनीतिमा नयाँ पुस्ताको उदय : २१ वर्षीय शहनवाज राकि बने जनमतका प्रवक्ता
पर्साको राजनीतिमा नयाँ पुस्ताको उदय : २१ वर्षीय शहनवाज राकि बने जनमतका प्रवक्ता
२ सय ३० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
२ सय ३० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी
फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी
केन्द्रीय सदस्यमा सहराम गद्दी मैदानमा, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई मूल आधार
केन्द्रीय सदस्यमा सहराम गद्दी मैदानमा, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई मूल आधार
पर्साको लहावरथकरीमा मदिरा विवादपछि झडप,  आठ जना घाइते
पर्साको लहावरथकरीमा मदिरा विवादपछि झडप, आठ जना घाइते
25 25
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्