वीरगंज । को-अपरेटिभ म्यानेजर्स क्लब (CMC) पर्साको आठौँ वार्षिक साधारण सभा तथा विजया दशमी, दीपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न । शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार गृहलक्ष्मी साकोसको सभाहलमा भव्य एवं उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम क्लबका अध्यक्ष श्री चन्द्रेश्वर प्रसाद चौरसियाज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष श्री जिश्नु बरालज्यू प्रमुख अतिथिका रूपमा तथा क्लबका पदेन अध्यक्ष श्री रवि भूषण श्रीवास्तवज्यू विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा क्लबका उपाध्यक्ष श्री रामबाबु चौधरीज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो। उहाँले उपस्थित अतिथिज्यूहरू, पदाधिकारीहरू, सदस्यहरू तथा सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन क्लबका महासचिव श्री प्रदीप कुमार लोहारज्यूले गर्नुभएको थियो। कार्यक्रममा क्लबका सचिव श्री दीपेन्द्र श्रेष्ठज्यू, कोषाध्यक्ष श्रीमती किरण ठाकुरज्यू, सदस्यहरू श्रीमती दीपिका श्रेष्ठज्यू, श्री चन्द्रशेखर प्रसादज्यू, श्री डी. के. जैसवालज्यू, शिक्षा उपसमितिका सदस्य श्री इन्दु रञ्जितकारज्यू, श्री उमेश शाह तुरहाज्यू लगायत क्लबका सम्पूर्ण पदाधिकारी, सदस्य तथा विभिन्न उपसमितिका सदस्यहरूको गरिमामय उपस्थिति रहेको थियो। त्यसैगरी, क्लबका सल्लाहकार, प्लस वन टेलिभिजनका सञ्चालक तथा पत्रकार श्री आशिक अन्सारीज्यू र पत्रकार श्री उज्वल शर्माज्यू लगायत सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा सहकारी क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी, जिम्मेवार र प्रभावकारी बनाउन सहकारी व्यवस्थापकहरूबीच एकता, सहकार्य तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्नुपर्ने विषयमा विशेष जोड दिइएको थियो। साथै, क्लबलाई अझ सक्रिय, सशक्त र परिणाममुखी बनाउँदै सहकारी क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको थियो।