बिरगञ्ज। विद्यालयको वार्षिक कार्यतालिकाअनुसार दीपावलीको पूर्वसन्ध्यामा ओसिस माध्यमिक विद्यालयमा रङ्गोली तथा देउसी–भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका संस्थापक प्रिन्सिपल श्री इन्द्र देव शाह (राजा) को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको नेतृत्व विद्यालयका वरिष्ठ शिक्षक काशीराम कटेलले गर्नुभएको थियो। कार्यक्रममा शिक्षिका अनु चौधरी तथा पूर्वविद्यार्थी बाल्मिकी महतो निर्णायकको भूमिकामा रहनुभएको थियो। कक्षा ८ की अन्जु शाह र कक्षा ७ की श्वेता कुमारी मण्डलले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
रङ्गोली प्रतियोगिताको नतिजा
रङ्गोली प्रतियोगितामा विद्यालयका चारवटै सदनबाट चार–चार जना गरी जम्मा १६ जना विद्यार्थीले सहभागिता जनाएका थिए। निर्णायक मण्डलीको निर्णयअनुसार उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरू यस प्रकार रहेका छन्।
प्रथम: खुसी शर्मा – कक्षा ७, सिद्धार्थ सदन, द्वितीय: पूजा साह – कक्षा ५, सिद्धार्थ सदन, तृतीय: सोनी मण्डल – कक्षा ४, अरनिको सदन, चतुर्थ: ज्योति पटेल – कक्षा ५, तेन्जिङ सदन
देउसी–भैलो प्रतियोगिताको नतिजा
देउसी–भैलो प्रतियोगितामा विभिन्न सदनका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो कला, प्रतिभा र सांस्कृतिक प्रस्तुतिमार्फत दर्शकहरूको मन जितेका थिए। निर्णायक मण्डलीको निर्णयअनुसार नतिजा यस प्रकार रहेको छ। प्रथम स्थान – सिद्धार्थ सदन: प्रिन्स यादव (कक्षा ८), युवराज मण्डल (कक्षा २), अरविन्द साह (कक्षा ५) तथा युवराज मण्डल (कक्षा २)। द्वितीय स्थान – अरनिको सदन: अंकुश यादव (कक्षा २), लवकुस यादव (कक्षा २), प्रदीप गुप्ता (कक्षा ५) तथा प्रिन्स महतो (कक्षा ८)। तृतीय स्थान – जनक सदन: गौरव मण्डल (कक्षा २), प्रभास यादव (कक्षा २), हेमन महतो (कक्षा ३) तथा सिद्धान्त मण्डल (कक्षा ४)। चतुर्थ स्थान – तेन्जिङ सदन: प्रतीक मण्डल (कक्षा ३), आर्यन शाह (कक्षा २), साहिल आलम (कक्षा २) तथा सन्दीप चौरसिया (कक्षा २)।
पुरस्कार वितरण तथा समापन
प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थी तथा सदनलाई कार्यक्रममा उपस्थित शिक्षक मनजित यादव, राम दुलारी चौधरी, इन्चार्ज रञ्जु कुमारी, स्वागत कक्ष कर्मचारी सीमा चौधरी तथा लेखापाल गीताञ्जली पटेललगायतले मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो। कार्यक्रमको समग्र विवरण तथा जानकारी कार्यक्रम संयोजक एवं शिक्षिका नन्दनी चौधरीले गराउनुभएको थियो।
यस कार्यक्रमले विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्नुका साथै नेपाली मौलिक कला, संस्कृति, परम्परा र चाडपर्वप्रतिको सम्मान एवं आपसी सद्भाव अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलता, सामूहिक भावना, नेतृत्व क्षमता र सांस्कृतिक चेतना विकास गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास विद्यालयले लिएको छ।