Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • गाँजा तस्करीमा नाबालकको प्रयोग
गाँजा तस्करीमा नाबालकको प्रयोग
Terai Report
Terai Report मंगलबार, जेठ २३, २०८०

पर्सा । पर्सामा लागूऔषध गाँजाको ओसारपसारमा १४ वर्षीय नाबालकको प्रयोग गरिएको घटना सार्वजनिक भएको छ । घटनाक्रमअनुसार, जिराभवानी गाउँपालिका १ सडक खण्डमा आइतबार साँझ ४ बजे प्रहरी चौकी महादेवपट्टिबाट खटिएको नियमित जाँच गर्ने टोलीले शंकास्पद रुपमा आएको बा प्र ०३–००५ प ४४२९ नम्बरको मोटरसाइकलमा सवार १४ वर्षीय बालकलाई रोकी जाँच गर्दा उनले पिठ्युँमा पछाडि भिरेको झोलाभित्र लुकाएर राखेको ५ किलो गाँजा फेला परेको थियो । 

प्रहरी टोलीले रोकेपछि बालक मोटरसाइकल रोकेर भाग्न खोज्दा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

बालकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई उनीविरुद्ध लागूऔषध कसुरमा जिल्ला अदालतबाट सोमबार ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए ।

डीएसपी गिरीले पक्राउ परेका बालक स्थानीय नै रहेको र उनको बयान अझै लिई नसकिएकाले बालक र उनलाई यो काममा प्रयोग गरेका व्यक्ति वा गिरोहबारे थप जानकारी खुल्न नसकेको बताए । ‘सोमबार अदालतबाट म्याद थपेर ल्याइएको छ, बयान लिन बाँकी छ,’ उनले भने, ‘बयान लिइसकेपछि मात्र विस्तृत जानकारी आउनेछ ।’

बालकलाई बाल इजलासमा पेस गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइने उनले बताए । ‘अन्य वयस्कको मुद्दा ९० दिनभित्र अदालतमा पेस गर्नुपर्नेमा नाबालकको मुद्दा २१ दिनभित्र अदालतमा पेस गरिसक्नुपर्छ,’ उनले भने, ‘त्यसअनुरूप नै हामी बयान तथा अनुसन्धानलगायतका कामकारबाही अघि बढाउनेछौं ।’

यसरी लागूऔषधको ढुवानीमा १४ वर्षीय बालकको प्रयोग गरिएको घटनाले आफूहरू पनि चकित भएको उनले बताए । ‘लागूऔषध तस्कर समूहले नाबालकको प्रयोग गरेको घटनाले हामी पनि चकित छौं,’ उनले भने, ‘पछिल्लो केही समययता नाबालक नाबालिकाहरूलाई प्रयोग गरेर लागूऔषध तस्करी गर्ने घटनाहरू फाट्टफुट्ट देखिन थालेका छन्, त्यससँगै प्रहरी सक्रियता पनि बढाएका छौं ।’

सामाजिक अभियन्ता प्रकाश थारु गाँजा तस्करीमा नाबालकको प्रयोग हुनु चिन्ताको विषय रहेको बताउँछन् । ‘यो हाम्रा लागि चिन्ताको विषय हो,’ उनले भने, ‘गाँजाको खेती र यसको कारोबार विगतमा आर्थिक विषयमात्र नभई अपराधको जडको रुपमा पनि रहेको थियो । समयमै सतर्कता नअपनाइए भविष्यमा फेरि यसको खेती र तस्करी बढ्ने मात्र नभई योसँग जोडिएका आपराधिक घटना पनि बढ्ने प्रबल सम्भावना छ ।’ सभार : कान्तिपुर


प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग बुधबार, कात्तिक १३, २०८२
धनुषा र रौतहटका एसपी फेरिए
धनुषा र रौतहटका एसपी फेरिए शुक्रबार, कात्तिक १, २०८२
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट शुक्रबार, कात्तिक १, २०८२
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न शुक्रबार, कात्तिक १, २०८२
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा बिहीबार, असोज ३०, २०८२
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता बिहीबार, असोज ३०, २०८२
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न बिहीबार, असोज ३०, २०८२
23 23
लोकप्रीय
  • Week
  • Month
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्