Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Chhat Banner Chhat Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • ५९८ जना गर्भवती महिलालाई पोषिलो आहार वितरण, गाउँपालिकाद्वारा निःशुल्क भिडियो एक्सरेको व्यवस्था
५९८ जना गर्भवती महिलालाई पोषिलो आहार वितरण, गाउँपालिकाद्वारा निःशुल्क भिडियो एक्सरेको व्यवस्था
Terai Report
Terai Report शुक्रबार, फागुन २०, २०७८

वीरगञ्ज, फाल्गुन ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाले ५९८ जना गर्भवती महिलाहरुलाई पोषिलो आहार वितरण गरेको छ । ‘स्वास्थ्य आमा, स्वास्थ्य बालबालिका, हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित गाउँपालिकाको वडा नं, १ देखी ६ सम्मका ५ सय ९८ जना गर्भवती महिलाहरुलाई पोषिलो आहार वितरण सम्पन्न भएको छ ।

गाउँपालिकाको वडा नं १ देखी ६ सम्मका स्वास्थ्य चौकीमा आयोजित पोषिलो आहार वितरण कार्यक्रमको आज अन्तिम दिन प्रमुख अतिथि मधेश प्रदेशका प्रदेश सभासदस्य मन्जुर अन्सारी, विशिष्ट अथिती गाउँपालिका अध्यक्ष प्रदीप जयसवाल लगायत अन्य नेता कार्यकर्ता तथा गा.पा का कर्मचारीहरुको उपस्तिथी रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले आमाको गर्भ सुरक्षित हुँदा एउटा युग नै सुरक्षित हुने भएको र स्वास्थ्य बच्चा जन्मे भोलिको भविष्यको कर्णधार रहेकोले गर्भवती भएदेखि नै महिलाहरुले आफ्नो स्वास्थ्यको उचित स्याहार सुसार गर्नुपर्ने बताए । उनले हुने खाने परिवारका गर्भवती महिलाहरुले पोषिलो आहार खाना खानुको साथै चेकजाँचमा पनि निरन्तरता दिने गरेको तर गरिब, असहाय परिवारका महिलाहरुलाई पोषिलो खाना समेत नपुगेको अवस्थामा गाउँपालिकाले यस गाउँपालिकाका गर्भवती महिलाहरुलाई पोषिलो आहार वितरण गरेको बताए ।

गर्भावस्थादेखि जन्म हुने बेलासम्म बच्चाको ४० प्रतिशत मानसिक विकास भइसक्ने भएकोले गर्भवती आमाले आफू लगायत आफ्नो बच्चाको लागि भएपनि आफ्नो स्वास्थ्य अवस्थाको उचित ध्यान राख्नुको साथै पोषिलो खानामा ध्यान पु¥याउनुपर्ने बताए । आजको बालबालिका, भोलिको भविष्यको कर्णधार भएको कारण स्वास्थ्य बच्चा जन्मे भोलिका दिनमा समाजमा विकास हुने भएकाले पालिकाले गर्भवती महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै यो कार्यक्रम ल्याएको बताए । उनका अनुसार भौतिक पूर्वाधार विकासले मात्रै पालिका समृद्ध नहुने भन्दै भविष्यमा जन्मने बच्चाको लागि पनि यस्ता कार्यक्रमले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।

गरिब, विपन्न परिवारलाई दैनिक विताउन धौ धौ पर्ने गरेको अवस्थामा गर्भवती महिलाहरुलाई पोषिलो खाना खुवाउने समस्या देखिएकोले पालिकाका गरिब, विपन्न परिवारका गर्भवती महिलाहरुको लागि यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
उनका अनुसार पालिकाले विगत ४ वर्षको अवधिमा यस्ता यस्ता धेरै कार्यक्रमहरुको आयोजना गर्दै आएको भन्दै आगामी दिनमा पनि पालिकाको नागरिकहरुको लागि सदैव सामाजिक कार्य गर्न तयार रहेको बताए । 

उनले पालिकाको वडा नं. १ का १ सय जना, वडा नं. २ का ११० जना, वडा नं. ३ का १०५ जना, वडा नं. ४ का ९५ जना, वडा नं. ५ जना ९० जना र वडा नं. ६ का ९८ जना गरी कुल्ल ५९८ जना गर्भवती महिलाहरुलाई एक महिना पुग्ने गरि पोषिलो आहार वितरण गरिएको भन्दै एक हप्ता भित्र यही गर्भवती महिलाहरुको चेकजाँचको लागि निःशुल्क भिडियो एक्सरेको व्यवस्था समेत गरिने प्रतिबद्धता जनाए ।

गर्भवती महिलाहरुलाई तीन तीन महिनामा चेकजाँच गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै पालिकाले एक हप्ताभित्र गर्भवती महिलाहरुको नामावली तयार गरि वीरगन्ज स्थित अस्पतालसँग समन्वय गरि भिडियो एक्सरे गर्नुको साथै स्वास्थ्य चेकजाँच गराउने व्यवस्था मिलाउने बताए । गर्भवती महिलाहरुलाई वीरगन्ज गएर चेकजाँच गराउन एक पटकमा कम्तिमा ३ देखि ५ हजारसम्मको खर्च लाग्ने भएकाले गरिब निमुखा तथा दैनिक ज्यालादारीमा काम गर्ने परिवारलाई समस्या भई गर्भवती महिलालाई चेकजाँच समेत नहुने गरेकोले अब पालिकाले आफ्नै खर्चमा गर्भवती महिलाहरुलाई आफ्नै गाडीमा राखेर वीरगन्ज लगि चेकजाँच गराएर पुनः पालिकासम्म ल्याउने व्यवस्था मिलाउने बताए ।

साथै जेष्ठ नागरिकहरुको लागि पनि पालिकाले वीरगन्जको परवानीपुर स्थित केडिया आँखा अस्पतालसँग समन्वय गरि मोतियाविन्दु भएकाहरुको निःशुल्क शल्यक्रिया गराउने व्यवस्था समेत मिलाएको अध्यक्ष जयसवालले जानकारी दिए । मोतियाविन्दु भएका जेष्ठ नागरिकहरुले पालिकाबाट सिफारिस लिएर केडिया आँखा अस्पतालमा गई निःशुल्क शल्यक्रिया समेत गराउने सक्ने बताए । गर्भवती महिलाहरुलाई पोषिलो आहार वितरण कार्यक्रमलाई प्रत्यक्ष वा अप्रत्यक्ष पूर्व नि.प्रमुख प्रशासकीय अधिकृत तथा जनस्वास्थ्य बिज्ञ भोजेन्द्र कुमार चौधरीको योगदान उतिकै रहेको देखिन्छ ।


प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  २२:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बम विस्फोट हुँदा एक सैनिकको मृत्यु, अर्का गम्भीर घाइते
बम विस्फोट हुँदा एक सैनिकको मृत्यु, अर्का गम्भीर घाइते बिहीबार, असार ११, २०८३
रेडक्रसको भ्रष्टाचार छानबिन गर्न समिति गठन
रेडक्रसको भ्रष्टाचार छानबिन गर्न समिति गठन बिहीबार, असार ११, २०८३
गोरखाको तिब्बती सीमा क्षेत्र र सीमा स्तम्भको संयुक्त अनुगमन
गोरखाको तिब्बती सीमा क्षेत्र र सीमा स्तम्भको संयुक्त अनुगमन बिहीबार, असार ११, २०८३
थमन विक हत्या प्रकरण : उच्च अदालतमा ४९औँ पेशी पनि स्थगित
थमन विक हत्या प्रकरण : उच्च अदालतमा ४९औँ पेशी पनि स्थगित बिहीबार, असार ११, २०८३
नौ दिनमै ५४ कर्मचारीले दिए राजीनामा
नौ दिनमै ५४ कर्मचारीले दिए राजीनामा बिहीबार, असार ११, २०८३
पाँच सयभन्दा बढी फार्मेसीको दर्ता खारेज
पाँच सयभन्दा बढी फार्मेसीको दर्ता खारेज बिहीबार, असार ११, २०८३
विश्वकपको रौनक चलिरहँदा फिफाद्वारा नेपाली फुटबल निलम्बन
विश्वकपको रौनक चलिरहँदा फिफाद्वारा नेपाली फुटबल निलम्बन बिहीबार, असार ११, २०८३
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्