Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • वीरगञ्जमा सम्झौता विपरित कवाडी कर असुल्दै ठेकेदार
वीरगञ्जमा सम्झौता विपरित कवाडी कर असुल्दै ठेकेदार
Terai Report
Terai Report मंगलबार, साउन १६, २०८०

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकासँग भएको ठेक्का सम्झौता विपरित ठेकेदार कम्पनीले जबरजस्ती कवाडी कर असुल गरेको पाइएको छ । बारा–पर्सा उद्योगका उत्पादन लोड गर्न वीरगन्जको सुक्खा बन्दरगाहबाट गएका खाली कन्टेनर, भारत र तेस्रो मुलुकबाट आयातित अन्य वस्तु बोकेका मालबाहक सवारी साधनबाट समेत कवाडी कर संकलन गरेको पाइएको हो । 

ठेकेदारका कर्मचारीले चिप्स, टीभी, फ्रिज, मोटर पार्टस् बोकेका सवारी साधनबाट समेत जगरनाथपुरको गण्डक चोकमा राखेको ढाँटमा जबरजस्ती कबाडी कर संकलन गरेको कपुर डिजल लोजिस्टिकका राजेश लामा बताउँछन् । भन्सारको प्रज्ञापनपत्रमा ‘रेफ्रिजेरेसन सिस्टम’ भएको खाली कन्टेनर लेखिएको भएपनि ठेकेदारले कबाडी कर असुलेका छन् । पैसा दिन नमान्दा चालक र सहचालकसँग दुर्व्यवहार समेत हुने गरेको छ ।

महानगरपालिका क्षेत्रभित्र उत्पत्ति, संकलित तथा व्यावसायिक उपयोग र कारोबार हुने जडिबुटी, कवाडी तथा जीवजन्तु कर असुलीका लागि चालु आर्थिक वर्षको ठेक्का गणपति निर्माण सेवा वीरगञ्जले पाएको छ । महानगर राजस्व महाशाखा प्रमुख मनोज कर्णका अनुसार गणपति निर्माण सेवाले ३ करोड ३ लाख रुपैयाँमा कवाडी करको ठेक्का सकारेको हो । महानगरले करको दरसहित विभिन्न २३ वटा आइटम (वस्तु)मा मात्र कवाडी कर लिन पाउने ठेकेदार कम्पनीसँग सम्झौता गरेको छ ।

जडिबुटी, सिसा, बोतल, स्क्रेप, पुरानो फलाम तथा स्टिल, टायर ट्युब, पुरानो कागज, जुट, प्लास्टिकजन्य वस्तु, भुस, पराल, छाला, जलेको मोबिल, काम नलाग्ने मेसिनरी औजार, इट्टा, हाड, पिना, जिंक लगायत विभिन्न २३ वटा आइटम (वस्तु) मा कर लिन सक्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । ती वस्तुमा प्रतिकिलो, प्रति क्विन्टल, प्रतिट्रक, प्रतिक्यू फिटमा कर निर्धारण गरिएको छ । तर, ठेकेदारले कर संकलन गर्न खटाएका कर्मचारीले महानगरले निर्धारण गरेको वस्तु बाहेकका सवारी साधन र खाली कन्टेनरसँग समेत जबर्जस्ती कर असुल गरेका छन् । महानगरसँग भएको सम्झौताविपरित ठेकेदार कम्पनीले कवाडी कर असुल्न नपाइने राजस्व महाशाखा प्रमख कर्ण बताउँछन् ।

‘कवाडी करका लागि वीरगञ्ज महानगरपालिकाले निर्धारण गरेका २३ वटा वस्तु हाम्रो सवारी साधनले बोक्दैनन्,’ कपुर डिजल लोजिस्टिकका राजेश लामा भन्छन्, ‘तैपनि प्रतिखेपमा ३२० रुपैयाँ तिर्न बाध्य छौं, हाम्रो ५० वटा ट्रक छन् ।’ यसैगरी बीपीटीसी लोजिस्टिकका ९० वटा सवारी साधन छन् । बीपीटीसी अन्तर्गत सञ्चालनमा रहेका मालबाहक सवारी साधनले चिप्स, फ्रिज, टीभी लगायतका इलेक्ट्रोनिक्स आयातित वस्तु मात्र बोक्छन् ।

ती ट्रकहरुबाट समेत ठेकेदारले कवाडी कर असुल गरेका छन् । सम्झौता विपरित ठेकेदारले अवैध रुपले कवाडी कर संकलन गरेको प्रमाणसहित सरोकारवालाको ध्यानाकर्षण गराउँदा समेत कारबाही नभएको कपुर डिजल लोजिस्टिकका राजेश लामाले गुनासो गरे । एक साता अगाडि चितवनका व्यवसायीले समेत ठेकेदारले गैरकानुनी रुपले कवाडी कर असुल गरेको भन्दै वीरगञ्ज महानगरपालिका कार्यालयमा डेलिगेसन गरेका थिए । ‘कवाडी करका ठेकेदारले सवारी करझैं जबरजस्ती कर उठाएको व्यवसायीले गुनासो गरेका थिए,’ महानगरका एक वडाध्यक्ष भन्छन्, ‘निकासीमा मात्र लिनुपर्ने कर अहिले पालिकापिच्छे ठेकेदारहरुले उठाएको भन्दै विरोध समेत गरेका थिए ।’

महानगरका राजस्व महाशाखा प्रमुख मनोज कर्णले ठेकेदार कम्पनीले सम्झौता विपरित कर संकलन गरिरहेको गुनासो आएको बताए । ‘महानगरले निर्धारण नगरेका वस्तुबाट समेत कर संकलन गरिएको भन्दै व्यवसायीले गुनासो गरेका छन्,’ उनले भने, ‘हामीले महानगरका हाकिमलाई यसबारे जानकारी गराएका छौँ ।’ सम्झौता विपरित गैरकानुनी रुपले ठेकेदारले कर संकलन गरेको विषयमा महानगरले के गर्दैछ भन्ने प्रश्नमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल सम्पर्कमा आउन चाहेनन् । पर्साका प्रहरी उपरीक्षक कोमल शाहले गैर कानुनी रुपले कर उठाएको गुनासो पटक पटक आएपछि महानगरलाई जानकारी गराएको बताए । कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुर र परवानीपुर प्रहरी चौकीलाई समेत निर्देशन दिएको एसपी शाहको भनाइ छ । ‘यसमा महानगर जिम्मेवार बन्नुपर्छ,’ एसपी शाहले भने, ‘अवैध कर संकलन गर्नेलाई कारबाही हुन्छ ।’  साभार : कान्तिपुर


प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०८:५८
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन शनिबार, मंसिर १४, २०८२
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई शुक्रबार, मंसिर १३, २०८२
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित बिहीबार, मंसिर १२, २०८२
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ बिहीबार, मंसिर १२, २०८२
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर बिहीबार, मंसिर ५, २०८२
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु बुधबार, मंसिर ४, २०८२
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी बुधबार, मंसिर ४, २०८२
Dibhijan Ban karyaly parsa Add Dibhijan Ban karyaly parsa Add
लोकप्रीय
  • Week
  • Month
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्