Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • सरकारमा रास्वपालाई भित्र्याएर नारायणकाजीलाई हटाउने प्रधानमन्त्री दाहालको तयारी
सरकारमा रास्वपालाई भित्र्याएर नारायणकाजीलाई हटाउने प्रधानमन्त्री दाहालको तयारी
Terai Report
Terai Report मंगलबार, भदौ १९, २०८०

काठमाडौं । सरकारमा सहभागी भएर बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तयारी थालेका छन्।

उनले संसदीय अंकगणितमा थप मजबुद हुने अभिप्रायले रास्वपासँग सरकारमा सहभागीताबारे छलफल चलाएको स्रोतले जनाएको छ।
प्रतिनिधिसभामा २१ सिट रहेको रास्वपालाई सरकारमा सहभागी गराएर प्रधानमन्त्री दाहालले आफू बलियो बन्ने दाउमा लागेका हुन्।

उनले सत्ता घटक नेकपा (एकीकृत समाजवादी) र जसपा पछिल्लो समय घुर्कीपूर्ण अभिव्यक्तिले चिढिएका छन्।

जसपाका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री दाहालसँग असन्त्ुष्ट रहेको अभिव्यक्ति दिन थालेपछि उनले रास्वपालाई सरकारमा सहभागी गराएर तर्साउने दाउमा लागेको स्रोतले बतायो।

स्रोतका अनुसार सत्ता सहयात्री जसपा र एकीकृत समाजवादीलाई तर्साएर आफू नेतृत्वको सरकार थप बलियो बनाउन प्रधानमन्त्रीले रास्वपालाई सरकारमा सहभागी गराउन लागेका हुन्।

सरकारमा रहेका एकीकृत समाजवादको १० सिट र जनता समाजवादी पार्टी(जसपा)को १२ सिट रहेको छ।

सरकारमा रहेका आफ्नै पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठको बारेमा पनि उनले कठोर कदम चाल्ने गरी गृहकार्य गरिरहेका छन्।

सत्ता साझेदार प्रमुख घटक कांग्रेसको तीव्र दबावपछि प्रधानमन्त्री दाहालले आफ्नै पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि हटाउने तयारी स्वरुप छलफल गरेको स्रोतको दाबी छ।

यस अघि प्रहरीको एआइजी सरुवामा पनि कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्ताव अस्वीकार गरेपछि गृहमन्त्री श्रेष्ठसँग कांग्रेस चिढिएको छ। सुरुमा आनाकानी गरेका गृहमन्त्री श्रेष्ठ प्रधानमन्त्रीको दबावपछि सरुवा गर्न राजी भएका थिए।

सोही समयदेखिरुष्ट बनेको कांग्रेसले प्रधानमन्त्रीमाथि गृहमन्त्री हटाउन तारन्तार दबाव दिइरहेका छन्। सत्तारुढ प्रमुख घटक कांग्रेसको निरन्तरकोे दबावले सत्तासहयात्रामा संकट पर्ने देखिएपछि प्रधानमन्त्री दाहाल गृहमन्त्री परिवर्तन गर्न सहमत भएको स्रोतको दाबी छ।

सरकारबाट गहमन्त्री श्रेष्ठलाई हटाएर बनाइने नयाँ गृहमन्त्रीको टुंगो भने लागेको छैन। माओवादीको भागमा परेको उक्त मन्त्रालयमा आफ्नै पार्टीका नेतालाई प्रधानमन्त्री दाहालले बनाउने बुझिएको छ।

सरकारमा सहभागी गराउन लागिएको रास्वपालाई भने भौतिक पूर्वधार र श्रम मन्त्रालय दिने गरी तयारी थालिएको छ। यसपटक सरकारमा सभापति रवि लामिछाने सहभागी नहुने रास्वपा स्रोत बताउँछ।

सरकारमा सहभागी हु्ने परिस्थिति निर्माण भए रास्वपाबाट स्वर्णिम वाग्ले र डिपी अर्यालको नाम चर्चामा छ। उनीहरुमध्ये वाग्लेलाई शहरी विकास मन्त्रालय र अर्याललाई श्रम मन्त्री बनाउने आन्तरिक तयारीमा रास्वपा रहेको स्रोतले बताएको छ।

हालका श्रममन्त्री लोसपाका सरतसिंह भण्डारी र कांग्रेसबाट शहरी विकास मन्त्री बनेकी सीता गुरुङलाई अन्यत्र व्यवस्थापन गर्ने गरी प्रधानमन्त्री दाहाल तयारीमा जुटेको स्रोतको दाबी छ।

तर, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले तत्कालै सरकारमा रास्वपाको सहभागीता र गृहमन्त्री परिवर्तनको सम्भावना नरहेको बताए।

प्रधानमन्त्रीले अहिले सरकारका मन्त्री परिवर्तन गर्दा जनतामा गलत सन्देश पैदा हुने बताउँदै सल्लाहकार गजुरेलले त्यस्तो तयारी नरहेको दाबी गरे।

उनले गठबन्धन सरकार भएकाले कांग्रेसले मन्त्री परिवर्तनको दबाव दिनु स्वभाविक भएको उनको तर्क छ। तर तत्कालै परिवर्तन गर्ने मनस्थितिमा प्रधानमन्त्री नरहेको उनको प्रष्टोक्ति छ ।

उनले डिसी नेपालसँग भने, ‘गठबन्धन सरकार भएकाले प्रमुख घटकले आफ्नो अनुकूलताका लागि मन्त्री परिवर्तन गर्न दबाव दिनुलाई अन्यथा भन्न मिल्दैन। तर अहिले नै परिवर्तन गर्ने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्न।’

उनले रास्वपाको सरकारमा सहभागीताबारे छलफल गरिएपनि परिणाम आइनसकेको बताए। प्रधानमन्त्री दाहालले सहकार्यको प्रस्ताव गरेपनि रास्वपाबाट आधिकारिक रुपमा ठोस जवाफ नआएको उनले बताए।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार गजुरेलले भने, ‘सबैको समर्थन र सहकार्यले सरकार बलियो बनाएर सुशासनको अभियानलाई तिव्रता दिन रास्वपालाई प्रधानमन्त्रीको सुरुदेखिनै आग्रह हो। यद्यपि उहाँहरुले आफ्नो पार्टीमा आन्तरिक छलफल गरेपनि ठोस जवाफ दिइसक्नु भएको छैन।’

प्रधानमन्त्री दाहालले सत्तासहकार्यको प्रस्ताव गरेपनि रास्वपाले अझै सरकारमा सहभागीता हुने बारेमा निक्र्योल नगरेको उनले जनाए। (साभार : डिसी नेपाल)


प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग बुधबार, कात्तिक १३, २०८२
धनुषा र रौतहटका एसपी फेरिए
धनुषा र रौतहटका एसपी फेरिए शुक्रबार, कात्तिक १, २०८२
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट शुक्रबार, कात्तिक १, २०८२
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न शुक्रबार, कात्तिक १, २०८२
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा बिहीबार, असोज ३०, २०८२
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता बिहीबार, असोज ३०, २०८२
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न बिहीबार, असोज ३०, २०८२
23 23
लोकप्रीय
  • Week
  • Month
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्