Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • संकटको बेला तरकारीको बजार व्यवस्थापन विषयक कार्यशाला सम्पन्न 
संकटको बेला तरकारीको बजार व्यवस्थापन विषयक कार्यशाला सम्पन्न 
Terai Report
Terai Report मंगलबार, माघ १६, २०८०

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. ध्रुबराज भट्टराईले खाद्य तथा पोषण सुरक्षाका लागि नार्कका वैज्ञानिकहरुले गरेका अनुसन्धान फलदायी रहेको बताएका छन् ।

नार्क अन्तर्गतको राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्रले आयोजना गरेको संकटको बेला तरकारीको बजार व्यवस्थापन विषयक एक दिने कार्यशालाको उदघाटन कार्यक्रममा बोल्दै उनले संकट र महामारीको बेला खाद्यसुरक्षा पनि संकटमा पर्ने हुनाले त्यस्तो बेलामा जोखिमबाट जोगिएर गरिने कृषि उत्पादन र व्यवस्थापनले ठूलो महत्व राख्ने बताए ।

d01ceabb-af53-47fc-b2a0-8fa44a897d831706598407.jpg

अष्ट्रेलियाको एसिआइएआर, यूनिभर्सिटी अफ न्यू इंगल्याण्ड र नार्कको सहकार्यमा सञ्चालित तरकारीको आपूर्ति श्रृंखलामा संकटका कारण उत्पन्न हुने व्यवधान र तिनको न्यूनीकरणका उपायहरुबारे गरिएको अनुसन्धानका मुख्य उपलब्धि सरोकारवालाहरु माझ पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा मुख्य अनुसन्धानकर्ता दीपा देवकोटाले कोभिड जस्ता महामारी र अन्य संकटका बेला महिला र पुरुष कृषकहरुमा फरक किसिमले प्रभाव पार्ने बताइन् ।

उनले चितवन र धादिङका २०० भन्दा बढी तरकारी उत्पादकहरुमाझ गरिएको अनुसन्धानको नतिजाले संकटका बेला उत्पादनमा ह्रास र उत्पादनोपरान्तको क्षति उल्लेखनीय रुपमा बढ्ने गरेको बताइन् । यस्तो संकटको बेला उत्पादन सामग्रीको अभाव हुने र महिला कृषकलाई संकटको बोझ बढी हुने गरेको पाइएको समेत उनले बताइन् ।

यस्ता व्यवधानबाट हुने नोक्सानी न्यूनीकरण गर्न प्रांगारिक मलखादको उपयोग, वीउवृद्धिका कार्यक्रमहरु, उत्पादनोपरान्तका प्रविधिको अवलम्बन, सामुहिक बजारीकरण जस्ता उपाय समेत सुझाइएको उनले बताइन् । कार्यक्रममा प्रस्तुति दिंदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तर्फबाट सुनिता पाण्डेले कोभिड महामारीको बेला अनलाइन मार्केटिंगको अवधारणा प्रभावकारी रहेको र संकटमोचनका उपायहरु वृहत भन्दा स्थानीय र सानो तहमा बढी प्रभावकारी भएको बताइन् ।

bd57fca4-bd54-4e20-904b-2378f71bb00b1706598402.jpg

मूल्यश्रृंखला विकास परियोजनाको तर्फबाट शिवसुन्दर श्रेष्ठले संकट व्यवस्थापनमा स्थानीय सरकारको दायित्व प्रष्ट देखिएको बताए । उनले मूल्य श्रृंखला विकास परियोजनाको कार्यान्वयन पनि कोभिडको संकट उच्च रहेको बेलामा भएको तर नार्कका वैज्ञानिकहरुले उत्पादनोपरान्तका उपयुक्त प्रविधि विकासमा उल्लेखनीय योगदान गरेकाले ती प्रविधिहरु आउँदा संकटमा पनि काम लाग्ने बताए । सभापतिको मन्तव्य राख्दै राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्रका प्रमुख डा. कृष्णप्रसाद तिमसिनाले परियोजनाले संकटका बेला तरकारी व्यवस्थापनका धेरै महत्वपूर्ण पक्षहरु उजागर गरेको र समाधानका उपाय पनि सुझाएको हुँदा ती सझावलाई नीतिगत तहमा लागू गर्न सके किसानका लागि र उपभोक्ताका लागि फलदायी हुने बताए ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले संकट जुनसुकै बेला पनि आउनसक्ने हुनाले नेपालको कृषिमा जोखिम उत्पन्न हुन नदिन यस्ता किसिमका अनुसन्धान र तिनका प्रतिफलहरु उपयोगी हुने बताए । प्राविधिक सत्रका सञ्चालक नार्कका बाली तथा वागवानी अनुसन्धान निर्देशक डा. टिकाबहादुुर कार्कीले कार्यक्रमका प्रस्तुतिहरुले संकटमा तरकारीको आपूर्ति शृङ्खलामा आइपर्ने व्यवधान निवारण गर्न नीतिगत सुझाव दिएको र परियोजनाबाट प्राप्त उपलब्धिहरुलाई अँझै व्यापक रुपमा सरोकारवालाहरु समक्ष पुरयाउनुपर्ने खाँचो रहेको बताए ।

कार्यक्रममा नार्कका योजना तथा समन्यव निर्देशक डा. लुमानिधि पाण्डे, विभिन्न अनुसन्धान केन्द्रका प्रमुखहरु, वैज्ञानिकहरु तथा कृषि प्रसारकर्ताहरूको सहभागिता थियो ।


प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने
पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्