Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • मधेस प्रदेशमा जसपाको सरकार सङ्कटमा, मुख्यमन्त्रीमा कसले मार्ला बाजी ?
मधेस प्रदेशमा जसपाको सरकार सङ्कटमा, मुख्यमन्त्रीमा कसले मार्ला बाजी ?
Terai Report
Terai Report मंगलबार, फागुन २२, २०८०

काठमाडौँ । सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेश सरकारमा पनि हलचल ल्याएको छ । नयाँ समीकरण अनुसार विभिन्न प्रदेशका मुख्यमन्त्री असुरक्षित देखिएका छन् ।

केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै मधेस प्रदेशको स्थायित्वमा पनि प्रश्न उठेको छ । मधेस प्रदेशमा सरोज यादवको नेतृत्वमा सरकार छ । मुख्यमन्त्री यादव जसपाका हुन् । उनलाई कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपा, माओवादीको साथ थियो ।

अहिले बनेको चार दलको गठबन्धनले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई जोगाउन सक्दैन । चार दलमध्ये एमालेको २४, माओवादी केन्द्रको ९ र जनमतको १९ सांसद छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेशमा उपस्थिति शून्य छ ।
मधेस प्रदेशसभामा एमाले, माओवादी र जनमतको सांसद जोड्दा ५२ हुन्छ । त्यसमध्ये एमालेबाटै प्रदेश सभाका सभामुख छन् । उसलाई मतदानको अधिकार हुँदैन । त्यसैले सत्ता गठबन्धनसँग ५१ सांसदमात्र बाँकी रहन्छन् । प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५४ सांसदको समर्थन चाहिन्छ । सत्ता गठबन्धनलाई अझै तीन जना सांसद अपुग छ ।

प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी मधेस प्रदेशसभामा १०७ सांसद छन् । मधेस प्रदेश सभामा पहिलो पार्टी बनेको एमालेको २३ सिट छ भने दोस्रो दल बनेको कांग्रेसको २२, तेस्रो दल जसपाको १९, चौथो दल जनमतको १३, पाँचौँ दल लोसपाको ९, छैटौँ दल माओवादी केन्द्रको ८, सातौँ दल नेकपा एकीकृत समाजवादीको ७ सिट छ । ३ जना स्वतन्त्र सांसदसहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एक–एक सिट छ ।

तीन जना स्वातन्त्र सांसद वा एक सिटे राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीलाई मिलाउन सकेमा तत्कालका लागि एमाले–माओवादी गठबन्धनले सरकार बनाउन सक्छ । तर त्यो टिकाउ हुँदैन । जसपाका एक जना कार्यकारिणी सदस्यले भने, ‘हामीलाई मधेसमा ५४ सिट पु¥याउन गाह्रो छैन, जनमत, कांग्रेस, लोसपा, नेकपा एकीकृत समाजवादीलाई नखोजे पनि तीन जना सांसदको व्यवस्थापन हुन्छ तर त्यो सरकार टिकाउ हुँदैन, जुनसुकै बेला ढल्न सक्छ ।’

सत्ता गठबन्धनमा लोसपा, जनमत, नेकपा एकीकृत समाजवादीलाई ल्याउन प्रयास भइरहेको उल्लेख गर्दै ती नेताले यी दल आएपछि मधेसमा त्यति समस्या नहुने बताए । तर जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सत्ता गठबन्धनमा सहभागी हुनका लागि मधेस प्रदेशको कुरा स्पष्ट हुनुपर्ने अडान राखेका छन् । जनमत पार्टीका उपाध्यक्ष दीपक साहले भने, ‘गठबन्धनमा सहभागी हुने नहुने विषय मधेस प्रदेशसँग जोडिन्छ, विगतमा भएका सम्झौता कार्यान्वयन भएन, यसपटक पनि त्यस्तै सम्झौतामा जनमत पार्टी फस्दैन ।’

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमतको दाबी सुरुदेखि नै रहेको उनको भनाइ छ । यसपटक मधेस सरकारको नेतृत्वका बारेमा स्पष्ट कुरा नभएसम्म गठबन्धनको अन्य विषयमा कुरा नहुने उनले बताए । लोसपाको पनि त्यही अडान छ । मधेस प्रदेशमा आलोपालोको सहमति पहिला नै भएको तर जसपाले विभिन्न बहानामा त्यसलाई कार्यान्वयन नगरेको लोसपाको गुनासो छ ।

लोसपाका उपाध्यक्ष जितेन्द्र सोनलले भने, ‘यसपटक जसपाको मुख्यमन्त्री सरोज यादवलाई कुनै पनि हालतमा निरन्तरता दिन सकिँदैन ।’ यसअघि पनि मुख्यमन्त्री सरोज यादवले संसद्मा विश्वासको मत लिन लाग्दा गठबन्धनकै दलहरूले मत दिन नमानेको स्मरण गर्दै उनले त्यतिबेला पहिला सरकार बचाऔँ, अनि थप छलफल गरौँला भनिएको दाबी गरे । अब कुनै पनि बहानामा जसपालाई मधेस प्रदेश सरकारको नेतृत्व दिने पक्षमा लोसपा नरहेको उनले प्रस्ट पारे । जसपा पनि मधेस प्रदेशको नेतृत्व छाड्ने पक्षमा देखिएको छैन ।

मधेस प्रदेश सरकारको नेतृत्व लिनका लागि नै जसपा नयाँ गठबन्धनमा सामेल भएको हो । जसपाका एक नेताले भने, ‘यो गठबन्धनलाई सहयोग गर्ने हाम्रो कुनै स्वार्थ छैन, हाम्रो ध्यान भनेको मधेस प्रदेशमै हो, हाम्रो लागि प्राथमिकताको विषय संघीय सरकार होइन ।’ मधेस प्रदेशको नेतृत्व आफ्नो हातबाट जाने अवस्था आएमा जसपा अहिलेको गठबन्धनमा नबस्ने ती नेताको भनाइ छ ।

एमाले–माओवादी गठबन्धनमा जसपा नेपाल सामेल भइसकेको छ भने जनमत पार्टी र लोसपा पनि सामेल हुन सकारात्मक छन् । तर यी तीनै दलले मधेस सरकारको नेतृत्वको विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । जसले गर्दा एमाले–माओवादीलाई यी तीनवटै दलको साथ लिन चुनौतीपूर्ण बनेको छ । साभार : रातोपाटी


प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  २०:२५
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग बुधबार, कात्तिक १३, २०८२
धनुषा र रौतहटका एसपी फेरिए
धनुषा र रौतहटका एसपी फेरिए शुक्रबार, कात्तिक १, २०८२
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट शुक्रबार, कात्तिक १, २०८२
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न शुक्रबार, कात्तिक १, २०८२
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा बिहीबार, असोज ३०, २०८२
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता बिहीबार, असोज ३०, २०८२
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न बिहीबार, असोज ३०, २०८२
23 23
लोकप्रीय
  • Week
  • Month
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्