Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • सिराहामा निजी स्रोतका शिक्षकले ९ महिनादेखि तलब पाएनन्
सिराहामा निजी स्रोतका शिक्षकले ९ महिनादेखि तलब पाएनन्
Terai Report
Terai Report आइतबार, वैशाख ९, २०८१

सिराहा । सिराहा धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत र सशर्त शिक्षण अनुदानका शिक्षकहरूले ९ महिनादेखि तलब पाएका छैनन् । पालिकामा आन्तरिक स्रोतको कमी र अन्य समस्याका कारण करिब २० जना शिक्षकहरूले तलब भत्ता नपाएका हुन् ।

निजी स्रोतमा सञ्चालित माध्यमिक विद्यालय र आधारभूत विद्यालयका शिक्षकका लागि करिब एक वर्षदेखि नगरपालिकाले तलब भत्ता नपठाएको प्रधानाध्यापकहरूले बताएका छन् । धनगढीमाई–१३ कैलाशपुर भर्लेनीको आधारभूत विद्यालयका प्रधानाध्यापक अमरकुमार योञ्जनले आफ्ना विद्यालयमा कार्यरत दुई जना शिक्षकको तलब भत्ताबापत रकम एक वर्षदेखि विद्यालयको खातामा नआएको बताए । उनले भने, ‘उहाँहरूको तलब भत्ता एक वर्षदेखि आएको छैन, हामीले विद्यालयको स्रोतबाट थोरै पेस्की दिएका छौँ ।’

त्यस्तै धनगढीमाई–१ बाखैरस्थित जनता आधारभूत विद्यालयका प्रधानाध्यापक विनोदकुमार साहले निजी स्रोतका शिक्षकको तलब भत्ता नगरपालिकाले यस आर्थिक वर्षमा एक पटक पनि नपठाएको बताए ।  उनले भने, ‘सशर्त शिक्षण अनुदान र वडा कार्यालयको अनुदानका दुई जना शिक्षकको तलब पालिकाले निकासा दिएको छैन । हामीले शिक्षकहरूलाई विद्यालयको आन्तरिक कोषबाट तलब दिइरहेका छौँ ।’

शिक्षा, युवा तथा खेलकुद शाखाका हरिनारायण सिंहले भने, ‘मैले निजी स्रोत र सशर्त शिक्षण अनुदानमा कार्यरत शिक्षकहरूको तलब भत्ताको सम्पूर्ण कागजात लेखा शाखामा बुझाइसकेको छु, केही दिन अघिसम्म सो रकम गएको छैन भन्ने जानकारी छ । नगरक्षेत्रभित्र ७ जना कम्प्युटर शिक्षकसहित करिब २० जना निजी स्रोतमा कार्यरत शिक्षकलाई पछिल्लो नौ महिनादेखि नगरपालिकाले तलब भत्ता नपाएको भेटिएको छ ।’

यता लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसादले आन्तरिक स्रोतबाट तलब व्यवस्थापन गर्नुपर्ने शिक्षकहरूको तलब सुविधा जान नसकेको बताउँदै यसका लागि भर्खरै बजेट संशोधन गरिएको जिकिर गरे । अब कार्यालय प्रमुख आउने दिन नै पाउनु पर्ने सबै विद्यालयमा रकम जाने उनको भनाई छ ।

‘पहिला स्रोत व्यवस्थापन हुन सकिरहेको थिएन । स्रोत व्यवस्थापन भइसकेपछि कार्यालय प्रमुख सरुवा भएर जाने र आउने प्रक्रिया हुन थालेकाले ढिलो भएको हो । अब चाँडै जानुपर्ने सबैको सेवा सुविधा जान्छ,’ उनले भने, ‘अहिले म पनि बिदामा छु । हाकिम साब पनि बिदामा हुन्छ ।’ यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृतसँग सम्पर्क गरे पनि उनी बिदामा रहेकाले सम्पर्क हुन सकेन ।

नगर प्रमुख शिवशङ्कर महतोले आफ्नो जानकारी अनुसार सबै शिक्षक कर्मचारीको तलब चैत मसान्तसम्मको गइसकेको दाबी गरे । ‘निजी स्रोतकाहरुको पनि दसैँसम्मको तलब खाएका हुन् । गएको रहेनछ भने तत्काल पठाउन लगाउँछु,’ उनले भने । यो प्रशासनको काम भएकाले पनि आफूलाई सबै जानकारी नहुने उनले बताए । साभार : रातोपाटी


प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १९:५१
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग बुधबार, कात्तिक १३, २०८२
धनुषा र रौतहटका एसपी फेरिए
धनुषा र रौतहटका एसपी फेरिए शुक्रबार, कात्तिक १, २०८२
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट शुक्रबार, कात्तिक १, २०८२
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न शुक्रबार, कात्तिक १, २०८२
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा बिहीबार, असोज ३०, २०८२
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता बिहीबार, असोज ३०, २०८२
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न बिहीबार, असोज ३०, २०८२
23 23
लोकप्रीय
  • Week
  • Month
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्