बारा, साउन । पत्रकारिता पेशा भन्दा पनि मानवतामा पत्रकार लागेको देखिन्छ । आफ्नो ज्यानको ख्यालै न गरी करेन्ट लागेर ढलेको एक जना प्रहरी जवानको ज्यान बचाउने कार्यमा लागेको स्थानीयले बताएका छन् ।
सिंहदरबार काठमाडौमा कार्यरत रहेको प्रहरी जवान बाराको देवताल गाउँ पालिका-६ रौवाही टोल भएका प्रहरी जवान सन्देश यादव बिदामा घर आएको बेला कलैया भरत चोकमा विहीबार साझ करिब ६:३५ बजे अचानक करेन्ट लागेर ढलेको थियोे ।
यसरी प्रहरी जवान यादव ढलेको दृश्य स्थानीयले रमिते देखि रहेकोे तथा भिडियो बनाउन लागेको अवस्थामा आफ्नो ज्यानको ख्यालै नगरि गोरखापत्र दैनिकका बारा समाचारदाता शिवशंकर मिश्राले लठिको सहाराले बिघुतको तार चुडाएर करेन्ट मुक्त गराएको नेपाल पत्रकार महासङ बाराका पुर्व उपाध्यक्ष राकेश पाण्डेले बताउनु भयो ।
उहाँको अनुसार प्रहरी जवान यादव पिसाब फेरेपछि हात धुन सोही ठाउको सार्वजनिक चापाकलबाट तल आउने क्रममा बिधुतको तार छुदा उनी करेन्ट लागेर ढलेको थियोे । करेन्ट लागेर बेहोस भएका प्रहरी जवान यादवको कलैया प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरी थप नेशनल मेडिकल कलेज बिरगंजमा उपचार भैइ रहेको बारा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनु भयो ।
करेन्ट लागेर घाइते भएको प्रहरी जवान यादव खतरामुक्त रहेको nmc कलेजका सूचना अधिकारी फिरोज अन्सारीले बताउनु भयो । उहाँको करेन्ट लागेको बायाँ हातमा समस्या देखिएको तथा अहिले पनि सुस्त मनस्थिति रहेकाले चिकित्सक आलोस सिंहको युनिटको जिम्मेवारीमा आइ.यु.सि.ओ.मा भर्ना हुन लागेको अन्सारीले बताउनु भयो ।
विद्युत प्राधिकरण कलैयाको कर्मचारीहरुको लापरबाहीको कारण यसरी भरत चोकमा ज्यान जाने गरी भएको घटना प्रति स्थानीयहरु बिरोध जनाएका छन् । करेन्ट लागेर गम्भीर घाइते भएको प्रहरी जवान यादवको सम्पुर्ण जिम्मेवारी प्राधिकरणले लिने र तार चुडेको खबर कहिबाट आउना साथ छिटो मर्मत सम्भार नगरेमा त्यसको सम्पुर्ण जवाफ प्राधिकरणले लिनुपर्ने स्थानीय युवा राजेश रौनियारले चेतावनी दिनुभयो ।
विद्युतको तार नभएर पोल खडा राख्ने स्पोटिङ तारमा करेन्ट प्रवाह हुँदा यस्तो घटना भएको प्राधिकरण कलैयाका प्रमुख ऋषि कुमार वर्णवालले जानकारी दिनुभयो । कलैया आसपासको क्षेत्रमा ३५-४० बर्ष पुरानो विद्युतको संरचनाहरु रहेकोे तथा नयाँ जडानको लागि टाटा कम्पनीले ठेक्का लिएको उहाँले बताउनु भयो ।