Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • पच्चिस हजारको मात्रै ओपिडी सेवा
स्वास्थ्य बिमा पच्चिस हजारको मात्रै ओपिडी सेवा
Terai Report
Terai Report शुक्रबार, फागुन १, २०८२

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले फागुन १ गतेबाट बहिरङ्ग (ओपिडी) सेवा २५ हजारसम्म मात्र लिन मिल्ने व्यवस्था कायम गर्दा वास्तविक बिरामी यो निर्णयबाट समस्या परेका छन् । 

भक्तपुर अस्पतालमा निरन्तर आउनुहुने एक बिरामीले आफूलाई औषधीका लागि मात्र तीन महिनामा १५ हजारको औषधी स्वास्थ्य बिमाबाट लिनुपर्ने बाध्यता सुनाउनुभयो । उहाँ सिन्धुपाल्चोक घर भएका ६८ वर्षीय बिरामी बलबहादुर (नाम परिवर्तन) लाई मधुमेह, उच्च रक्तचापलगायत दीर्घरोग छन् । तीन महिनामा १५ हजार रुपियाँ लाग्दा उहाँलाई वार्षिक ६० हजार रुपियाँको औषधी खानुपर्ने हुन्छ । उहाँ जस्ता सयौँ बिरामीलाई स्वास्थ्य बिमा बोर्डको निर्णयले आघात पुगेको छ । भक्तपुर अस्पतालमा मात्रै होइन, देशभरिका अस्पतालमा स्वास्थ्य बिमाको सहारामा बाँच्ने यस्ता बिरामीलाई ओपिडीमा २५ हजार रुपियाँको मात्र औषधी दिने बोर्डको निर्णयले ठुलो समस्या परेको छ । 

भक्तपुर अस्पतालका फिजिसियन डा. सुनील ढुङ्गेलले खर्च घटाउनका लागि स्वास्थ्य बिमा बोर्डले सही निर्णय गरे पनि मासिक पाँच हजार रुपियाँसम्मको औषधी सेवन गर्नुपर्ने वास्तविक बिरामीका लागि धेरै ठुलो समस्या परेको बताउनुभयो । डा. ढुङ्गेलले कतिपय अवस्थामा दीर्घरोगी र नियमित औषधी सेवन गर्ने बिरामीबाहेकका बिमितलाई २५ हजार रुपियाँ ओपिडी सेवाले पुग्ने भन्दै नियमित औषधी सेवन गर्नेहरूका लागि समस्या भएको जानकारी दिनुभयो । 

उहाँले ओपिडीमा बिरामीले जथाभावी परीक्षण गरेर एक लाख सक्नका लागि दबाब दिने गरेको स्मरण गर्दै त्यस्ता बिरामीका लागि बोर्डको निर्णय सही भएको बताउनुभयो । “छोराछोरी विदेशमा हुन्छन्, उनीहरूले यो यो परीक्षण गर्नु भनेर वृद्धवृद्धाहरू लिस्ट बोकेर आउने गर्छन्,” डा. ढुङ्गेलले थप्नुभयो, “यो अवस्थामा मिल्दैन भन्दा मेरो पैसा तपाईंले मिल्दैन भन्ने भन्दै निहुँ खोज्छन् ।” नियमित औषधी सेवन नगर्नेहरूका लागि २५ हजार रुपियाँको ओपिडी सेवाले पुग्ने उहाँको भनाइ छ ।  यता स्वास्थ्य बिमा बोर्डका निर्देशक डा. कृष्णप्रसाद पौडेलले स्वास्थ्य बिमामा भइरहेको दुरुपयोग रोक्न बोर्डले ओपिडी सेवालाई २५ हजारमा सीमित गर्नु परेको बताउनुभयो । डा. पौडेलले त्रिवि शिक्षण अस्पतालमा २२ हजार रुपियाँमा गरिने शल्यक्रियालाई स्वास्थ्य बिमा बोर्डमार्फत त्यही शल्यक्रिया गर्दा ३५ हजार लिने गरेको उदाहरण दिँदै स्वास्थ्य बिमाबाट हुने सेवा त अझ कम शुल्कमा हुनुपर्ने बताउनुभयो । उहाँले बोर्डले शुल्क समायोजन गर्न लागेको जानकारी दिँदै बिमाबाट गरिने उपचार निजीभन्दा चर्को बनाउन नमिल्ने हुनाले यसलाई घटाउनुपर्ने बताउनुभयो । 

“अहिलेलाई ओपिडीमा २५ हजारको सीमा निर्धारण गरेको हो,” डा. पौडेलले भन्नुभयो, “पछि यसलाई पुनर्विचार गरेर वास्तविक पीडित बिरामीका लागि ओपिडी शुल्क बढाउन सकिन्छ ।” उहाँले बिमितबाट वार्षिक तीन अर्ब ७३ करोड मात्र उठ्ने गरेको जानकारी दिँदै मासिक दुई अर्बभन्दा बढी खर्च हुने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । बिमा बोर्डमा दैनिक आठ करोडको उपचार खर्चबापतको दाबी आउने गरेको सुनाउँदै उहाँले धान्नै नसक्ने अवस्था भएर ओपिडी सेवालाई २५ हजारमा खुम्च्याउनु परेको बताउनुभयो । 

बोर्डका सूचना अधिकृत विकेश मल्लले बिमा बोर्डको बैठकले बिमितले २५ हजारसम्मको मात्र ओपिडी सेवा लिन सक्ने गरी नियम बनाएको जानकारी दिनुभयो । “यसको मतलब एक लाखबाट २५ हजार बनाइएको होइन, मल्लले भन्नुभयो, “ओपिडीबाट २५ हजारसम्मको सेवा पाउँदा बाँकी आकस्मिक सेवा, भर्ना, औषधी, आइसियु, शøयालगायतमा खर्च गर्न मिल्ने बताउनुभयो । सूचना अधिकारी मल्लका अनुसार २५ हजारको सीमा निर्धारण फागुन १ गतेदेखि कार्यान्वयनमा ल्याउन लागिएको हो । हालसम्म बिमितले चाहे जति रकम ओपिडीमा खर्च गर्न सक्ने व्यवस्था थियो । ओपिडीमा मात्र ७३ प्रतिशत खर्च हुने गरेकाले यसलाई घटाउन २५ हजारमा झारिएको उहाँले प्रस्ट पार्नुभयो । 

बिमा कार्यक्रममा वार्षिक झन्डै २४ अर्बभन्दा बढी खर्च हुने गरेको छ । तर सरकारले चालु आर्थिक वर्षमा बोर्डलाई वार्षिक रूपमा १० अर्ब अनुदान दिएको थियो । बोर्डले प्रत्येक महिना सेवाप्रदायक संस्थालाई दुई अर्बभन्दा बढी भुक्तानी गर्नुपर्ने हुन्छ । बोर्डको तथ्याङ्क अनुसार बिमितको प्रिमियमबाट तीन अर्ब ७३ करोेड रकम उठ्ने गरेको छ । बोर्डले लामो समयसम्मको भुक्तानी दिन नसकेपछि ठुला सेवा प्रदायक संस्थाले बिमा कार्यक्रम नै बन्द गरेका छन् । अहिले स्वास्थ्य बिमामा आबद्ध हुन तीन हजार पाँच सय रुपियाँ प्रिमियम तिरेमा पाँच जनासम्म घरका सदस्यले वार्षिक एक लाख रुपियाँसम्मको उपचार सेवा लिन पाउने व्यवस्था छ । सरकारले २०७२ मा सबै नागरिकलाई स्वास्थ्य बिमामा समेट्ने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । पाइलोटिङ कार्यक्रमका रूपमा सुरुमा इलाम, कैलाली र बागलुङबाट स्वास्थ्य बिमा कार्यक्रम सुरुवात भएको थियो । 


प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  ०८:१४
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
आँखा शिविरमा निःशुल्क उपचार, मोतिविन्दूका बिरामीको शल्यक्रिया गरिने
आँखा शिविरमा निःशुल्क उपचार, मोतिविन्दूका बिरामीको शल्यक्रिया गरिने बुधबार, जेठ ६, २०८३
विषाक्त खानाका कारण ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै
विषाक्त खानाका कारण ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै आइतबार, वैशाख २७, २०८३
नेशनल मेडिकल कलेजद्वारा  “निःशुल्क बृहत स्वास्थ्य शिविर” सम्पन्न, १०८२ बिरामी लाभान्वित
नेशनल मेडिकल कलेजद्वारा “निःशुल्क बृहत स्वास्थ्य शिविर” सम्पन्न, १०८२ बिरामी लाभान्वित शुक्रबार, वैशाख ११, २०८३
बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचान गर्न उपकरण प्रदान
बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचान गर्न उपकरण प्रदान आइतबार, चैत २२, २०८२
नारायणी अस्पतालप्रति जिम्मेवार बन्दै सांसद सुशील साह, बेथितिबारे प्रजिअसँग छलफल
नारायणी अस्पतालप्रति जिम्मेवार बन्दै सांसद सुशील साह, बेथितिबारे प्रजिअसँग छलफल मंगलबार, चैत १०, २०८२
स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री
स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री बुधबार, माघ २१, २०८२
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्