वीरगंज । वीरगंज महानगरपालिका वाड नं. ११ श्रीपुरमा गत आइतबार साझ देखी उत्पन्न भएको विवादको विषयमा आज दुवै पक्षबीच बसेर छलफल गरिएको छ ।
श्रीपुरका वडाध्यक्ष अजय चौरसीया, वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख र स्थानीय अगुवा तथा सरोकारवालाहरूको उपस्थितिमा भएको बैठकमा आपसी समझदारी, सहकार्य र सद्भाव कायम राख्ने सहमति भएको जानकारी गराइएको छ ।
बैठकमा सहभागी दुवै पक्षले विगतका घटनालाई संवादमार्फत समाधान गर्दै आगामी दिनमा कुनै पनि प्रकारका गलतफहमी र विवाद नदोहर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, सामाजिक सद्भाव, शान्ति सुरक्षा र आपसी भाइचारा कायम राख्दै अघि बढ्ने निर्णय गरिएको जनाइएको छ ।
छलफलमा स्थानिय नेता सुन्दर कुर्मी, विनोध महतो धानुक, सुन्दर साह कानु, प्रयाग महतो लगायत सोयब अनवर, तैयब हवारी, अब्दुल हवारी, वकील हवारी, राजेश पटेल, शंकर महतो, गजेन्द्र महतो, अजय महतो, पवन ठाकुर, सुरज गुप्ता लगायत अन्य स्थानीयहरुको उपस्थिती रहेको थियो ।
स्थानीय बासिन्दाहरूले पनि आपसी एकता र सहकार्य नै समुदायको बल भएको उल्लेख गर्दै सबैलाई संयमित र जिम्मेवार बन्न श्रीपुरका पुर्व वडाध्यक्ष प्रधुमन सेढाइले आग्रह गरेका छन् । यस सहमतिसँगै श्रीपुर क्षेत्रमा पुनः शान्ति र सद्भावको वातावरण कायम हुने विश्वास लिइएको छ ।