Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • वडासदस्यको नियन्त्रणबाट तीन सय बोरा डिएपी मल बरामद
वडासदस्यको नियन्त्रणबाट तीन सय बोरा डिएपी मल बरामद
Terai Report
Terai Report शनिबार, साउन ९, २०८३

ढल्केबर । धान रोपाइँको मुख्य समयमा किसानले मल अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ नौसय बिघाका वडासदस्य सुरेश साहले लुकाइछिपाइ राखेको अवस्थामा तीन सयभन्दा बढी बोरा डिएपी मल प्रहरीले नियन्त्रणमा लिएको छ।

मलको स्रोत नभेटिएपछि शनिबार नौसय बिघास्थित प्रहरी चौकीले सो मल नियन्त्रणमा लिएको हो। प्रहरी चौकीका इन्चार्ज अजय झाले वडासदस्य साहले शुक्रबार मध्यराति दुई वटा टेम्पोमा मल लोड गरी अन्त लैजान लागेको अवस्थामा स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको बताउनुभयो।

त्यस सम्बन्धमा थप अनुसन्धान गर्दै जाँदा बाहिरबाट ताल्चा लगाएर बन्द गरिएको गोदामबाट तीन सयभन्दा बढी बोरा डिएपी मल बरामद भएको उहाँले जानकारी दिनुभयो।

बरामद गरिएको मलको यकिन सङ्ख्या र त्यसको स्रोतबारे थप अनुसन्धान भइरहेको बताउँदै इन्चार्ज झाले बरामद मल इलाका प्रहरी कार्यालय धनुषाधाम पठाइएको बताउनुभयो। उहाँका अनुसार धनुषाधाम नगरपालिका–५ का वडाध्यक्ष इन्दल महतो सञ्चालक रहेको पर्वता कृषि सहकारी संस्थाको दैनिक कारोबार वडासदस्य साहले गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हाल वडासदस्य साह फरार रहेकाले खोजी भइरहेको प्रहरी इन्चार्ज झाको भनाइ छ।

स्थानीयवासी गोविन्द यादवले कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेच्नका लागि वडासदस्य साहले मल लुकाएर राखेको आरोप लगाउनुभयो। सहकारीमा किसान मल लिन जाँदा वडासदस्यले सकिएको भन्दै फर्काउने गरेको उहाँले जानकारी दिनुभयो। किसानले मल अभाव झेलिरहेका बेला यसरी मल लुकाउने जनप्रतिनिधिलाई कडा कारबाही हुनुपर्ने उहाँको भनाइ छ।


प्रकाशित मिति: शनिबार, साउन ९, २०८३  १८:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मधेशका १० पालिकामा नमुना एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने : मन्त्री चौधरी
मधेशका १० पालिकामा नमुना एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने : मन्त्री चौधरी शनिबार, साउन ९, २०८३
१ वर्षमा वीरगञ्जबाट २ खर्ब ३८ अर्बको इन्धन आयात
१ वर्षमा वीरगञ्जबाट २ खर्ब ३८ अर्बको इन्धन आयात शनिबार, साउन ९, २०८३
शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा
शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा शनिबार, साउन ९, २०८३
चुच्चे नक्सा र आकाश भैरवको चित्रसहित तयार भयो नयाँ सिक्का
चुच्चे नक्सा र आकाश भैरवको चित्रसहित तयार भयो नयाँ सिक्का शनिबार, साउन ९, २०८३
‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द
‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द शुक्रबार, साउन ८, २०८३
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी शुक्रबार, साउन ८, २०८३
Add Add
लोकप्रीय
  • Week
  • Month
वडाध्यक्ष पटेल पक्राउ
वडाध्यक्ष पटेल पक्राउ
पेपर लिकविरुद्ध थप कडा कदम चाल्ने मोदीको घोषणा (भिडियो सहित)
पेपर लिकविरुद्ध थप कडा कदम चाल्ने मोदीको घोषणा (भिडियो सहित)
नेपाल बाल संगठनको अवस्था दयनीय, २० बालबालिकाको उद्धार
नेपाल बाल संगठनको अवस्था दयनीय, २० बालबालिकाको उद्धार
अधिकृतसहित ४२ जनाविरुद्ध सामाजिक सुरक्षा भत्ता हिनामिना आरोपमा मुद्दा
अधिकृतसहित ४२ जनाविरुद्ध सामाजिक सुरक्षा भत्ता हिनामिना आरोपमा मुद्दा
अर्बौंका आयोजनामा हुँदैन तेस्रो पक्षको परीक्षण
अर्बौंका आयोजनामा हुँदैन तेस्रो पक्षको परीक्षण
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो : यातायात कार्यालय कलैया
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो : यातायात कार्यालय कलैया
पूर्वमुख्यमन्त्रीको पहलमा जयपुरबाट ल्याइयो मन्दिरका लागि मूर्ति
पूर्वमुख्यमन्त्रीको पहलमा जयपुरबाट ल्याइयो मन्दिरका लागि मूर्ति
भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक
शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक
गोदाममा मल, खेतमा हाहाकार
गोदाममा मल, खेतमा हाहाकार
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्