Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • नारायणी अस्पतालका ६८ चिकित्सकद्वारा सामूहिक राजीनामा
नारायणी अस्पतालका ६८ चिकित्सकद्वारा सामूहिक राजीनामा
Terai Report
Terai Report मंगलबार, साउन १२, २०८३

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक सामूहिक राजीनामा दिएका छन् । अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा.उदयनारायण सिंहका अनुसार अस्पतालमा कार्यरत ६८ चिकित्सकले मेडिकल सुपरिन्टेन्डेन्ट डा.चित्तरञ्जन साहसमक्ष सामूहिक राजीनामा बुझाएका हुन । गत साउन ८ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राममाथि कुटपिट हुनुका साथै अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण र अस्पतालमा तोडफोड भएको थियो।

घाइते डा.रामको हाल राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँमा उपचार भइरहेको छ। उक्त घटनापछि चिकित्सकले आकस्मिकबाहेकका सेवा बन्द गरी आन्दोलन गर्दै आएका छन्। डा.सिंहका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू वार्ताका लागि सकारात्मक भएका थिए।

चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिने आश्वासनपछि अस्पतालका चिकित्सकहरू जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताका लागि पुगेका थिए। तर, वार्ताका क्रममा वातावरण तनावपूर्ण बनेको उहाँले बताउनुभयो।

उहाँका अनुसार नेपाल चिकित्सक सङ्घका एक प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको समेत राजीनामा माग्न सकिने धारणा राखेपछि प्रमुख जिल्ला अधिकारी आक्रोशित हुनुभएको थियो। डा.सिंहले भन्नुभयो, “त्यसपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले चिकित्सकप्रति अपशब्द प्रयोग गर्दै प्रहरीलाई नियन्त्रणमा लिन निर्देशन दिनुभयो। वार्ताबाट बाहिर निस्किने क्रममा प्रहरी परिचालन गरी चिकित्सकहरूलाई घेरा हालेर कार्यालयभित्र लगियो र करिब एक घण्टा नियन्त्रणमा राखियो। हामीलाई अपराधीसरह व्यवहार गरियो। त्यसपछि यस्तो वातावरणमा काम गर्न नसकिने निष्कर्षमा पुगेका हौँ।”

उहाँका अनुसार प्रशासनको उक्त व्यवहारपछि सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन्। नारायणी अस्पतालमा भएको घटनाको विरोधमा नेपाल चिकित्सक सङ्घले मङ्गलबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ।

डा.सिंहले भन्नुभयो, “त्यसपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले चिकित्सकप्रति अपशब्द प्रयोग गर्दै प्रहरीलाई नियन्त्रणमा लिन निर्देशन दिनुभयो। वार्ताबाट बाहिर निस्किने क्रममा प्रहरी परिचालन गरी चिकित्सकहरूलाई घेरा हालेर कार्यालयभित्र लगियो र करिब एक घण्टा नियन्त्रणमा राखियो। हामीलाई अपराधीसरह व्यवहार गरियो। त्यसपछि यस्तो वातावरणमा काम गर्न नसकिने निष्कर्षमा पुगेका हौँ।” उहाँका अनुसार प्रशासनको उक्त व्यवहारपछि सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन्। नारायणी अस्पतालमा भएको घटनाको विरोधमा नेपाल चिकित्सक सङ्घले मङ्गलबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ।


प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १५:३७
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
नारायणी अस्पताल घटनाः ५ स्वास्थ्यकर्मी निलम्बित, ७ दिनभित्र छानबिन प्रतिवेदन बुझाउन समिति गठन
नारायणी अस्पताल घटनाः ५ स्वास्थ्यकर्मी निलम्बित, ७ दिनभित्र छानबिन प्रतिवेदन बुझाउन समिति गठन आइतबार, साउन १०, २०८३
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव शनिबार, साउन ९, २०८३
६४औँ इन्जिनियर्स डेका अवसरमा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न
६४औँ इन्जिनियर्स डेका अवसरमा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न आइतबार, साउन ३, २०८३
नेशनल मेडिकल कलेज र नयी दिशा एजुकेशनल सोसाइटी (भारत) बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न
नेशनल मेडिकल कलेज र नयी दिशा एजुकेशनल सोसाइटी (भारत) बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न सोमबार, असार २९, २०८३
धेरैलाई थाहा नहुने नसर्ने रोगको जोखिम बढ्दै : तीन जनामध्ये एक बिरामी
धेरैलाई थाहा नहुने नसर्ने रोगको जोखिम बढ्दै : तीन जनामध्ये एक बिरामी आइतबार, असार २८, २०८३
स्वास्थ्य बिमाको तेइस अर्ब भुक्तानी
स्वास्थ्य बिमाको तेइस अर्ब भुक्तानी आइतबार, असार २१, २०८३
Add Add
लोकप्रीय
  • Week
  • Month
वडाध्यक्ष पटेल पक्राउ
वडाध्यक्ष पटेल पक्राउ
पेपर लिकविरुद्ध थप कडा कदम चाल्ने मोदीको घोषणा (भिडियो सहित)
पेपर लिकविरुद्ध थप कडा कदम चाल्ने मोदीको घोषणा (भिडियो सहित)
तीन दिदीबहिनीले गरे एउटै युवकसँग गरे विवाह
तीन दिदीबहिनीले गरे एउटै युवकसँग गरे विवाह
अर्बौंका आयोजनामा हुँदैन तेस्रो पक्षको परीक्षण
अर्बौंका आयोजनामा हुँदैन तेस्रो पक्षको परीक्षण
शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क तत्काल लागू नहुने
शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क तत्काल लागू नहुने
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो : यातायात कार्यालय कलैया
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो : यातायात कार्यालय कलैया
पूर्वमुख्यमन्त्रीको पहलमा जयपुरबाट ल्याइयो मन्दिरका लागि मूर्ति
पूर्वमुख्यमन्त्रीको पहलमा जयपुरबाट ल्याइयो मन्दिरका लागि मूर्ति
भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक
शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक
गोदाममा मल, खेतमा हाहाकार
गोदाममा मल, खेतमा हाहाकार
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्